CG Electronics
IME Life
NIMB

भक्तपुरमा ११ वर्षिय बालक अपहरण गरि हत्या हत्याराहरु प्रहरी इन्काउन्टरमा मारिए

NIMB
Himalayan Bank

काठमाडौं ः काठमाडौंको काडाँघारीमा सामान्य चिया खाजा पसल चलाउँदै आएको चमेली खड्काकी ११ वर्षिय छोरा निशान खड्काको अपहरण पछि हत्या भएको छ । निशानको बुवा भने केहि वर्ष यता देखि वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका छन् । आइतबार दिउँसो गोपाल तामाङ र निशान खड्का ११ सय रुपैयाँ पर्ने मोवाइल सेट पसलमा गई किनेर ल्याएका थिए र त्यसमा सिम हालेर स्वीच अन गरि राखेर निशान बाहिर खेल्न निस्केका थिए । यता चमेली चाहीँ छोरा सदाझैँ बाहिरा साथीहरुसँगै खेली रहेको होला भन्ने ठानी आफ्नै काममा व्यस्त रहिन् ।
साँझ हुँदै गएपछि चमेली छोराको खोजी गरिन् तर छोरा कतै भेटिएन त्यसपछि करिब ९ बजेतिर तिम्रो छोरा हाम्रो कब्जामा छ छोरा सकुशल चाहिने भए २ करोड रुपैयाँ लिएर आउनु भन्ने फोन आएपछि छोरा अपहरणमा परेको कुरा उनलाई थाहा भयो । त्यसपछि उनी अचेत जस्तै भइन् । केही बेरमा फेरी आर्को फोन आयो । फोन गर्नेले फेरी छोरा सकुशल चाहिने भए ४० लाख लिएर आउनु र प्रहरीलाई खबर गरेमा तिम्रो छोरालाई मारिदिन्छु भन्ने धम्कि दियो । त्यसपछि चमेलिले तुरुन्तै प्रहरीलाई खबर गरिन् । त्यहि राती देखि प्रहरी निशानको खोजिमा परिचालित भए तर फेला पार्न सकेनन् ।
सोमबार दिउँसो १२ बजेतिर भक्तपुरमा नयाँ घर बनाईरहेको ठाउँमा खाल्डो खनेर शव गाडिएको शंका भएको भनि प्रहरीलाई फोन आयो । लगत्तै प्रहरी त्यहाँ पुगी हेर्दा श्याम लबटको घर बन्दै गरेको ठाउँमा खाल्डोमा घोप्टो परेर टाउको जोतेको अवस्थामा बालकको शव बरामद ग¥यो ।
शव बरामद गरेपछि अपहरणकारीको पहिचान गर्न प्रहरीले अनुसन्धान शुरु ग¥यो यसै क्रममा निशानकी आमा चमेलीसँग सोधपुछ गर्दा चमेलीकै पसलमा सधैँ चिया खाजा खान आउने गोपाल तामाङ र अजय तामाङनै अपहरनकारी भएको यकिन भयो ।
त्यसपछि महानगरी प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर भक्तपुर र महानरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले भक्तपुर ठिमी आसपासमा अपहरणकारीको मोबाइल लोकेसन सर्च अभियान सञ्चालन ग¥यो । यसरी अपहरणकारीले निशनकी आमा चमेलीलाई फोन गरेको सिम लोकेशन ट्रयाक गर्दै जाँदा उनिहरुलाई डोलेश्वर जंगलमा फेला पारेको थियो । त्यस क्रममा प्रहरी र अपहरणकारीबीच मुठभेड भयो । त्यसपछि प्रहरीको गोली लागी दुई अपहरणकारी नुवाकोट समरी घर भएको २२ वर्षिय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली १ घर भएका २३ वर्षिय अजय तामाङ को मृत्यु भएको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...