CG Electronics
IME Life
NIMB

प्रचण्डले भने नारायाणकाजीको राजिनामा स्वीकृत भएको छैन, प्रबक्ता उनै हुन

NIMB
Himalayan Bank

साउन ७ गते बसेको नेकपा सचिवालयको बैठकमा गोविन्द केसी प्रकरणले छलफलमा प्रवेश पायो । प्रवेश पाएलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैबाट गोविन्द केसीलाई उचालेको आरोप लगाए। ओलीले गंगामायाको अनसन प्रकरण पनि त्यसमा जोडे ।

आफ्नो चीन भ्रमण अघि नै गंगामाया अनशन तोडन तयार भए पनि पार्टी भित्रैबाट उनलाई पनि उचालेर लम्बाएको गुनासो प्रधानमन्त्रीको थियो।

त्यो श्रृखंला चल्दै जाँदा प्रवक्ता नारायाकाजीले अनसनमा बसेका डा।गोविन्द केसीलाई भेटेर ठीक नगरेको भन्दै श्रेष्ठको आलोचना गर्न थाले । श्रेष्ठले भने कसैको उक्साहटमा नभई मानवीय हिसावमा केसीलाई भेटेको भन्दै आफ्नो बचाउ गरे । उनले केसीको जीवन रक्षा गर्ने र अनसन तोडाउने पार्टीको नीति अनुसार नै भेटेको दावी गरे। उनले प्रवक्ता भनेको कसैले बोल नबोल, उठ(बस गराउने पद नभएको बैठकमा दावी गरे।

प्रधानमन्त्री ओलीपछि अध्यक्ष प्रचण्ड पनि श्रेष्ठतर्फ नरम तरिकाले खनिए। उनले त्यसरी भेट गर्नु राम्रो नभएको भन्दै असन्तुष्टि पोखे। आफुले बचाउको आशा गरेका अध्यक्ष प्रचण्ड पनि आफु तर्फ खनिएपछि श्रेष्ठले बैठकमा रहेको एउटा चिर्कटोमा मलाई अब यो प्रवक्ता चाहिएन भन्दै राजीनामा ओली प्रचण्डको अगाडि राखि दिए । अनि त्यहाँबाट टाप कसे। श्रेष्ठलाई ओली र प्रचण्डले सम्झाउने प्रयास गरेका थिए। तर उनले कुनै कुरा सुनेन्।

आफु निकटका नेता तथा कार्यकर्तासँग आफुले कुनै हालतमा राजीनामा फिर्ता नलिने बताउदै आएका छन् । उनलाई सचिवालय सदस्य माधवकुमार नेपालले मनाउने प्रयास गरेका छन् । स्रोतका अनुसार यसबीचमा नेपाल र श्रेष्ठबीच भेटेर र टेलिफोन मार्फत सम्पर्क भईरहे पनि श्रेष्ठले राजीनामा फिर्ता लिन मानेका छैनन् । नेपाल र श्रेष्ठबीच बिगत लामो समयदेखि नै अत्यन्त निकट सम्बन्ध रहदै आएको छ । श्रेष्ठले आफू निकटहरुसँग आफ्नो भूमिकाको कदर नभएको र एकीकरणको स्प्रिीटअनुसार पार्टी अघि बढ्न नसकेको गुनासो गर्दै आएका छन्।

एकीकृत पार्टीभित्रको आन्तरिक समीकरणमा नारायकाजीको अर्थपूर्ण भूमिका हुने भएकोले उनलाई गुमाउन प्रचण्ड र ओली चाहदैनन् । माधव नेपाल र नारायणकाजी मिलेर मध्यमार्गी समूह हावी नहोस् भन्नेतर्फ प्रचण्ड र ओली सचेत देखिन्छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड श्रेष्ठको राजिानामा स्वीकृत गर्ने पक्षमा नरहेको नेकपा स्रोतले बतायो। अध्यक्ष प्रचण्डले मंगलबार बीरगञ्जमा संचारकर्मीहरुसंग कुरा गर्दै श्रेष्ठ अहिले पनि पार्टीको प्रवक्ता रहेकोले राजिनामा अस्वीकृत भएको बताएका छन् । स्रोतका अनुसार श्रेष्ठलाई माधव नेपालले मनाउने कुरामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड ढुक्क छन् ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...