CG Electronics
IME Life
NIMB

देउवाको बाटोमा यसरी हाल्दैछन् पौडेल र सिटौलाले भाँजो, केन्द्रीय समितिको बैठकमा महासमितिको विषय उठाउने यस्तो छ सदस्यको तयारी

NIMB
Himalayan Bank

नेपाली कांग्रेसभित्रको विवाद पछिल्लो समय मथ्थर भएको जस्तो देखिन्छ। कांग्रेसले सरकारको विरोधमा सडक र सदनबाट आन्दोलन सुरु गरेसँगै पार्टीको आन्तरिक विवाद खासै चर्चामा आउन छाडेको छ।

तर, कांग्रेसभित्रको संगठन भने असरल्ल छाडिएका छन्। महाधिवेशन भएको दुई महिनाभित्र गठन गर्नुपर्ने विभागहरू दुई वर्षभन्दा लामो समय बितिसक्दा पनि गठन हुन सकेको छैन। यस्तै, भदौमा महासमितिबाट विधान परिमार्जन गर्ने कांग्रेसले निर्णय गरेको छ।

तर, विधानको मस्यौदा तयार पार्न अहिलेसम्म समिति गठन हुन सकेको छैन। पार्टी संगठनको संरचना निर्माणका लागि अहिले नेतृत्व अलमलमा छ। संविधानले संघीयता लागू गरेको दुई वर्ष पूरा भइसकेको अवस्था छ। तर, पार्टीको संगठन भने अहिले परम्परावादी शैलीमै चलिरहेको छ। यसलाई परिमार्जन गरेर विधान तयार गर्नुपर्ने नेताहरूले माग गर्दै आएका छन्।

तर, पछिल्लो समय सरकारविरुद्धको आन्दोलनमा कांग्रेस लागेको भन्दै पार्टीका संगठनहरू अलमलमा छाडिएका छन्। भ्रातृ संगठनका विवादहरू पनि उस्तै छन्। सभापति शेरबहादुर देउवा पछिल्लो समय पार्टी र संगठन कसरी सञ्चालन गर्ने भन्ने अलमलमा परेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको समूहले सहयोग नगर्दा पनि पार्टी सञ्चालनमा देउवालाई निकै कठिनाइ छ।

पछिल्लो समय देउवाले संगठनभन्दा बाहिर ध्यान मोड्ने प्रयास गरेको पार्टीका एक नेताले बताए। ‘अहिले सभापतिले आन्दोलन गर्ने भन्दै ध्यान अन्तै मोड्न खोज्दै हुनुहुन्छ’, उनले भने, ‘हामीले भन्यो भने अहिले मसँग लड्नुहुन्छ कि सरकारसँग भन्नुहुन्छ।’ पार्टीभित्रको विवादलाई किनारा लगाएर सरकारविरुद्ध सशक्त ढंगबाट अघि बढ्नुपर्ने देउवाइतर पक्षका नेताहरूले बताउँदै आएका छन्। ‘सरकारविरुद्धको आन्दोलनमा त लाग्नैपर्छ।

लोकतन्त्र खतरामा पर्न दिनुहुँदैन’, पार्टी नेता अर्जुननरसिंह केसीले भने,‘पार्टीभित्रको संगठनलाई पनि दह्रो बनाएर अघि बढ्नुपर्छ।’ मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा पनि देउवाइतरका नेताहरूले संगठन सुधारको विषयलाई प्राथमिकतामा राख्ने भएका छन्। उनीहरूले पार्टी संगठन भद्रगोल भएको भन्दै संगठन सुधारको विषय राख्ने योजना बनाएका हुन्। तर, बैठक भने समसामयिक विषयमा राजनीतिक विषयमा केन्द्रित रहने पार्टीले जनाएको छ।

पछिल्लो समय सरकारले दुईतिहाइको बलमा प्रस्तावित प्रधान्यायाधीशको नामलाई संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गरेको विषय र अब कांग्रेसले यस विषयमा कसरी अघि बढ्ने भन्ने धारणा राख्न बैठक बोलाइएको बताइएको छ। ‘संगठनका कुरा त पक्कै अउँछन्’, केन्द्रीय सदस्य धनराज गुरुङ भन्छन्, ‘तर, बैठक आकस्मिक रूपमा बोलाइएको छ।

समसामयिक विषय मात्र हुन सक्छ। त्यो भयो भने संगठनका कुरा नउठ्न सक्छ।’ बैठकमा विषेश गरे महासमिति तोकिएकै समयमा गर्नुपर्ने धारणा राख्ने केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन्। ‘पार्टी सुदृढीकरणका लागि विधान परिमार्जन आवश्यक छ। त्यसका लागि महासमिति बैठक बस्नुपर्छ’, उनले भने, ‘महासमिति समयमै राख्नुपर्छ भने हामी धारणा राख्छौँ।’ यस्तै विभाग गठनका विषयमा पनि धारणा राख्ने उनले बताए। कांग्रेसले महासमितिको बैठकमा पेस हुने विधान परिमार्जनका लागि विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो।

तर, पार्टीभित्रको गुटगत विवादका कारण अहिलेसम्म मस्यौदा समिति गठन गर्न सकेको छैन। ९ सदस्यीय बन्ने मस्यौदा समितिमा सभापति पक्षबाट संयोजकसहित पाँच जना र पौडेल समूह चारजना रहने आन्तरिक सहमति भएको छ। उक्त समितिको संयोजक महामन्त्री पूर्णबहादुर खड्का रहने पक्का जस्तै छ। तर वरिष्ठ नेता पौडेल समूहले नाम दिन नसक्दा अहिलेसम्म मस्यौदा समिति गठन हुन सकेको छैन।

‘सभापति सहमतिका लागि नरम हुँदा यो अवस्था आएको हो’, देउवा निकट एक नेता भन्छन्,‘उहाँले अधिकार प्रयोग गरेको भए पहिल्यै बनिसक्ने थियो।’ देउवाइतर पक्षका एक नेताले देउवाकै कारण मस्यौदा समिति गठनका ढिलाई भएको दाबी गरे। ‘पदाधिकारी मनोनयन गर्दा चाहिँ सहमति नचाहिनेरु अहिले चाहिँ सहमति चाहियोरु’, उनले भने,‘अधिकार प्रयोग गरेर गठन गरे भइगयो नि१’ पार्टी सहमहामन्त्री डा। प्रकाशशरण महतले भने महासमिति बैठक तोकिएको समय भदौ अन्तिममै गर्ने तयारी भइरहेको बताए।

‘समयमै गर्ने तयारी भइरहेको छ’, उनले भने,‘यदि मस्यौदा समिति गठनमा ढिलाइ भएकै कारण ढिला भयो भने पनि असोजमा हुन्छ।’ मंगलबारकै बैठकमा मस्यौदा समिति गठनको तयारी भइरहेको सहमहामन्त्री महतले बताए। ‘वरिष्ठ नेता पौडेल समूहबाट स्पष्ट नाम आइसकेको छै’, उनले भने, ‘आजको बैठकमै मस्यौदा समिति गठनको तयारी हुन्छ।’

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...