Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

निर्मला हत्याकाण्डबारे के भन्दैछन् आरोपित बम दिदीबहिनी ?,के हुँदैछ छानबिन ?

Machhapuchchhre Bank Limited

१३ वर्षीया निर्मला पन्त हत्याको अनुसन्धानका लागि भदौ ९ गते शनिबार पक्राउ परेका रोशनी र उनकी दिदी बबिता बमसँग प्रहरीले सोमबारदेखि बयान लिन शुरु गरेको छ।

कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्ट निलम्बनमा नपरुञ्जेलमा प्रहरीकै निगरानीमा बस्दै आएका बम दिदी बहिनी शनिबारदेखि नै जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेपनि, उनीहरुमाथि सोमबारदेखि मात्रै सोधपुछ गर्न थालिएको हो।

एसपी बिष्टको नेतृत्व रहँदासम्म त उनीहरुलाई छुने हिम्मत कसैको थिएन, प्रहरीको समेत । पक्राउ परे पनि दुई दिनसम्म निर्मला हत्या काण्डबारे वास्तै नगरेको प्रहरीले जिल्ला अदालतबाट ६ दिन हिरासतमा राख्ने अनुमति लिएसँगै उनीहरुसँग सोधपुछ गर्न थालिएको हो । सोधपुछ र अनुसन्धानका क्रममा बम दिदी बहिनी नर्भस बनेको श्रोतले जनाएको छ ।

सोमबार बयान लिने क्रममा उनीहरुको मुख सुकेको र धेरै समय बयान दिन नसकेको बुझिएको छ। प्रहरीले आफ्नो विशेष मेथड प्रयोग गरेर उनीहरु अनुसन्धान भइरहेको र अनुसन्धान जारी रहेको जनाएको छ।

प्रहरीको हिरासतमा पर्दा मान्छेको अबस्था जस्तो हुन्छ उनीहरुको हालत पनि त्यो भन्दा भिन्न नभएको प्रहरीको भनाइ छ । तर उनीहरुले सत्यतथ्य बताउनेमा आफुहरु विश्वस्त गरेको अनुन्धानमा खटिएका प्रहरी अधिकृतहरुको दाबी गरेका छन्। अबको एक दुई दिनमै निर्मला हत्याकाण्डबारे थुप्रै प्रमाण फेला पर्ने पनि उनीहरुले दाबी गरेका छन्।

रोशनी र बबिता बमलाई भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित उनीहरुकै घरबाट नियन्त्रणमा लिइएको हो। उनीहरुसँग निर्मलासँगको चिनजान र सम्बन्ध, साउन १० मा घटना भएको दिनको बसाइ, अम्बाको बोट काट्नुको कारण, घरमा रंगरोगन गर्नुको कारणबारे सोधपुछ भइरहेको विशेष श्रोतले जनाएको छ।

निर्मला हत्याकाण्डबारे अनुसन्धानका लागि कञ्चनपुर प्रहरीले, डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको छ।

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...