Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बलात्कार घटनाको अनुसन्धानमा गम्भीर हुन आईजीपीलाई गृहमन्त्रीको कडा निर्देशन


गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घृणित कार्य रोक्नका लागि विशेष योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

बलात्कारका घटना न्यूनीकरणका लागि देशव्यापीरुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने मन्त्रालयले ठहर गरेको छ । गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध हो भन्दै कहीँकतै त्यस्तो भए उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिनुभयो ।

महिला हिंसा एवं बलात्कारका घटनाका उजुरीमा लापर्वाही नगरी गम्भीरतापूवर्क कारवाही अघि बढाउन उहाँले प्रहरीलाई निर्देशन दिनुभयो । गृहसचिव प्रेमकुमार राईसमेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरमा बालिका मृत्यु घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि गठित छानबिन समितिलाई सहयोग पुग्ने गरी सबै पक्षले काम गर्नुपर्ने बताउनुभयो ।

अभियान शुरु गर्दै

अनियन्त्रित मदिराको बिक्रीवितरण र लागूपदार्थको सेवनलगायत कारणले बलात्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यसविरुद्ध मन्त्रालयले अभियान शुरु गर्ने भएको छ । मन्त्रालयले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागूपदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित बिक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा लैजानका लागि तयार पारेको छ ।

सो प्रस्ताव पारित भएलगत्तै यही भदौ मसान्तभित्रै सो अभियान घोषणा गर्ने मन्त्रालयको तयारी छ । इन्टरनेटमार्फत अश्लीलता बढेका कारण पनि बलात्कारका घटना वृद्धि भएकाले यसको नियमनबारेमा समेत मन्त्रालयले छलफल शुरु गरेको छ ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...