युरोप बाट गुञ्जियो “मेरो देश मेरो नेपाल”
Monday Sep 10, 2018
वि.सं.२०७५ भदौ २५ सोमवार ०९:२८
बिगत लामो समय देखि प्रबासमा बसेर सगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हुन् तुलसी सिवाकोटी । यूरोप जस्तो व्यस्त ठाउमा बसेर आफ्नो कला विभिन्न देश सम्म पुराउनु कुनै चुनौती भन्दा कम छैन । यूरोपमा उनको लोकप्रियता राम्रो छ । उनै लोकप्रिय गायकले अहिले नयाँ देशभक्ति गित “मेरो देश मेरो नेपाल” लिएर आएका छन् । बार्सिलोनामा एक भब्य समारोह बीच सो गीतको म्युजिक भिडियो सार्वजनिक गरियो ।रोजी लाबुंगरिको शब्द निरज श्रेष्ठको संगीत रहेको गित स्पेनमा रहेको उम्मारोंन क्रिएसन मार्फत बजारमा आएको सो गितको छायांकन सम्पादन तथा निर्देशन गङ्गाराम सापकोटाको रहेको छ ।
https://youtu.be/8GKYcYz0KJo?t=45