IME Life
NIMB

सलामको जीएसए व्यवस्थापनमा आइएमई ग्रुप आवद्ध

NIMB
Himalayan Bank


भदौ २६, काठमाडौं । सलामको एयरलाइन्स सेवालाई आइएमई ग्रुपले अबदेखि नेपालमा पनि सञ्चालनमा ल्याएको छ । सलाम एयरको पहिलो उडान मंगलबार काठमाडौंमा अवतरण भएसँगै अबदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ भने एयरलाइन्सको जीएसए (जनरल सेल्स ऐजेन्ट) को व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनल ट्राभल प्रा.लि.ले गर्ने भएको छ ।
एयरलाइन्सले लाईट, फ्रेन्डली र फ्लेक्सी गरी जम्मा ३ किसिमका हवाई भाडा निर्धारण गरेको छ जसले गर्दा भविष्यमा अन्य विभिन्न आन्तरिक तथा वाह्य क्षेत्रमा उडान विस्तार गरी हवाई यात्रुहरुको सेवा र सुविधामा लाभ पुग्ने विश्वास लिएको छ । आइएमई ग्रुपले प्रवद्र्धन गरेको चन्द्रागिरी हिल्सले सलाम एयरलाइन्सको पहिलो उडानबाट यात्रा गर्ने यात्रुहरुलाई उपहार स्वरुप पचास प्रतिशत र त्यसपछिका दिनहरुमा यात्रा गर्ने यात्रुहरुलाई चन्द्रगिरिको टिकटमा पच्चिस प्रतिशत छुटको व्यवस्था गरेको छ । ग्राहकले यो सेवा लिनका लागि थानकोटमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडको टिकट काउन्टरमा आफुले यात्रा गरेको सलाम एयरको बोर्डिङपास देखाउनुपर्नेछ । आइएमई ग्रुपद्वारा उत्पादित अन्य विभिन्न सेवाहरुमा पनि विशेष ग्राहयता दिने योजना रहेको बताएको छ भने यस एयरलाएन्सले नेपाल नागरिक उडड्यान प्राधिकरणले दिएको समय तालिका अनुसार काठमाडौंका लागि अवतरण ८ः०० बजे र ८ः४० मा उडान भर्ने तालिका तोकिएको छ । साथै यस एयरले यात्रुहरुको सेवाको भावना तथा व्यवसायिक क्षमता अभिवृद्धि गर्न यात्रुले एक वर्ष भरिमा सलाम एयरलाइन्सबाट कुनैपनि गन्तब्यमा दश पटक यात्रा गरेको दश वटा बोर्डिङ पास सम्बन्धित कार्यालयको टिकट काउन्टरमा बुझाएपछि एउटा टिकट निशुल्क दिने व्यवस्था पनि गरेको छ ।
सलाम एयरलाइन्सले ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापित भई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेपछि मस्कटलाई आफ्नो हब बनाई एक सय चौहत्तर सिट क्षमता रहेको एयरबस ३२०÷२१४ द्वारा हालसम्म ढाका, टिवलिस, सिलकोट, दोहा, दुवई, बाकु, कराँची, खार्तुम, जेद्दा, मुल्तान लगायत तेह्र वटा बाह्य तथा सलाल र सुहार गरी दुई वटा आन्तरिक उडान भर्दै आएको र हाल काठमाडौंमा थप एक सहित जम्मा सोह्र वटा स्थानमा आफ्नो हवाई सेवा विस्तार गरेको छ । यस एयरले ओमान लगायत अन्य मुलुकहरुमा तुलनात्मक रुपमा सस्तो र सुलभ भाडादर कायम गरेको छ जसले गर्दा वैदेशिक रोजगारीमा जाने मध्यपूर्विय एसियन राष्ट्रहरुमा यात्रा गर्ने नेपालीहरुले प्रत्यक्ष लाभ लिने देखिनुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि लाभ मिल्ने देखिन्छ ।


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सलाम एयरको पहिलो उडान अवतरण गरेको अवसरमा आइएमई ग्रुपले अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो र उक्त सम्मेलनमा नागरिक उडड्यान प्राधिकरणका महानिर्देशक सजीव गौतम, महाप्रबन्धक जाकुमार क्षेत्री, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय प्रमुख सुरक्षा अधिकृत कमल बहादुर जीटी, नाट्टाका अध्यक्ष सिएन पाण्डे, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमद, आइएमई ट्राभलका सञ्चालक तथा निर्देशक अर्जुन पौडेल शर्मा र आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत रुद्र प्रसाद सापकोटा (बिनोद), सलाम एयरका सेल्स प्रमुख मोहम्मद देसुकी एवं सम्बन्धित निकायका उच्च पदस्थ महानुभावहरुको उपस्थिति रहेको थियो । भने सम्मेलनमा नागरिक उडड्यन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीले सलाम एयरको हवाई सेवा सुरु भएपछि सर्वप्रथमत वैदेशिक रोजगारीमा जाने आउने नेपाली यात्रुहरुलाई आवतजावत गर्न सहज हुनेछ भने मध्यपूर्वी देशहरुबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुलाई पनि अति उपयुक्त हुने प्रतिक्रिया दिनुभयो । स्थापित ब्राण्ड आइएमईसँग व्यवसायीक सम्बन्ध स्थापित गर्न सफल भएकोमा खुशी रहेको सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमदले व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमका लागि मध्यपूर्वीय विभिन्न देशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई रेमिटेन्स सेवाका अतिरिक्त बजेट एयरलाइन्स मार्फत हवाई सेवा प्रदान गर्न पाएकोमा खुशि व्यक्त गर्नुभयो । उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष समेत रहनुभएका अध्यक्ष ढकालले मध्युपूर्वका थुपै्र देशहरुमा आवतजावत गर्नेका लागि नेपालको सिधा सम्पर्क स्थापित हुनुका साथै ती देशबाट नेपाल भ्रमणमा आउने बाह्य पर्यटनलाई समेत सहज हुने कुरा बताउनुको साथै नेपालकै समग्र पर्यटन प्रवद्र्धनका साथसाथै नेपाल सरकारद्वारा घोषित पर्यटन वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विशवास व्यक्त गर्नुभयो ।
त्यसै गरी आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले दिगो आर्थिक विकासको आधार पर्यटन भएको उल्लेख गर्दै आइएमई ग्रुपसँग जोडिएको सलाम एयरको समबन्धले नेपालको पर्यटन प्रवद्र्धनमा निक्कै ठूलो योगदान पुग्ने विश्वास रहेको बताउनुभयो । सलाम एयरको पहिलो उडान अवतरणको अवसरमा उपस्थित हुनुभएका नियामक निकाय, सरोकारवाला संघ–संस्था, सञ्चारकर्मी प्रति सबैमा आइएमई इन्टरनेशनल ट्राभल प्रा.लि.ले धन्यवाद व्यक्त गरेको थियो ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...