मुक्तिनाथ बैंकद्वारा सेयरधनीलाई १९.२१% लाभांश वितरणको घोषणा
![Icon Icon](https://aarthikplus.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
Thursday Sep 13, 2018
वि.सं.२०७५ भदौ २८ बिहीवार ०६:५१
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई १९.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
कम्पनीको भदौ २७ गते बसेको २०० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १८.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।
हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३ सय १७ रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ४७ करोड २९ लाख ९६ हजार ८ सय ६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि २ करोड ४८ लाख ९४ हजार ५ सय ६९ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।
बोनस सेयरपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ६ करोड भन्दा बढी हुनेछ ।