IME Life
NIMB

उद्योगीहरूद्वारा कर नीतिको यस्तो गरे आलोचना

NIMB
Himalayan Bank

 

उद्योगी, व्यवसायीहरुले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरे।

 

 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले तत्काल कर नीति परिवर्तन नगरे नेपालमा कुनै पनि व्यवसाय संचालन हुन नसक्ने चेतावनी दिए।

 

उनले विद्यमान कर नीतिले करको दायरा पनि नबढाउने दावी गरे। उपाध्यक्ष अधिकारीले करको दायरा बढाउन पनि तत्काल उचित र व्यवहारिक कर नीति ल्याउन सरकारसँग माग गरे।

 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले कर असुलीलाई पारदर्शी बनाउन सरकारसँग माग गरे। उनले जनताबाट लिएको कर सदुपयोग गरेको पुष्टि हुनेगरी कर असुली गर्न सरकार लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

 

करको सदुपयोग गरे मात्रै कर असुली पनि सहज हुने उपाध्यक्ष प्रधानको भनाई छ। उद्योगीहरुले दोहोरो करको मारमा नपार्न पनि सरकारलाई दवाव दिँदै आएका छन्।

 

उनीहरुले स्थानीय तहले जथाभावी कर उठाएको भन्दै तत्काल नियन्त्रण गर्न पनि सरकारसँग आग्रह गर्दै आएका छन्।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...