IME Life
NIMB

बहुमुल्य पत्थर रुबीका कारण १२ हजार घरपरिवार उठिबास

NIMB
Himalayan Bank

 

मोजाम्बिकको उत्तरी क्षेत्रका गाउँलेहरुले माणिक, पद्मराग, मणी, रत्नजस्ता विभिन्न नामले चिनिने बहुमूल्य रुबीको उत्खनन् गर्न थालेको एक दशक बितिसकेको छ ।

परम्परागत स्थानीय शासक क्रिस्टीना जोकिमले यो रुबी गाउँलेका लागि विषाक्त भाँडो मात्र भएको बतएकी छिन् ।

रुबीबाट धनदौलत र पुरस्कार पाउनुको साटो यहाँका गाउँलेले उत्पीडन र हिंसामात्र होइन स्थानीय प्रशासनले रुबीको प्रलोभनमा खेतीपाती गर्नबाट स्थानीयबासीलाई रोकेको छ । रुबीको भण्डार रहेको एन्थोरो गाउँ सबैजसो लडाकू समूह (ग्याङ) को पहिलो निशानामा पर्ने गरेको छ । प्रहरीको समेत संलग्नतामा यो समूहले स्थानीयका घरहरु भत्काउनुका साथै मानिसहरुलाई त्यहाँबाट लखेट्न शक्तिको प्रयोग गरेको पाइएको छ ।

 

सन् २०१४ देखि जुन २०१७ को अवधिमा एमआरएमले मोजाम्बिकले आठ पटक रुबीको खानी सञ्चालन गर्न लिलामी गरिसकेको छ । सरकारी विवरण अनुसार यसबाट मोजाम्बिकले २८ करोड अमेरिकी डलर राजश्व प्राप्त गरेको छ ।

 

‘यो गाउँमा हाम्रो जीवन अति आरामदायी थियो, तर गाउँमा उत्खननका कार्य शुरु भएयता सबै परिवर्तन भइसक्यो ।’ क्वीन क्रिस्टिनाले बताइन् । ‘सरकारले हामीलाई पुनर्वास गराउने भन्दैछन्, उनीहरुले हामीलाई खेतीपाती गर्न, नयाँ घरहरु बनाउन पनि दिएका छैनन् । धेरै मानिसले प्रहरीको यातना, भोकमरी, आगजनीका कारण आफ्ना घरगाउँ छाडेका छन् । केही मानिसमात्र जबर्जस्ती यो गाउँमा बसिरहेका छन् ।’

 

एन्थोरो गाउँका सर्वसाधारणको जीवन कष्टसाध्य भए पनि यहाँ रुबीका कारोबारीको रवाफ हेर्दै लोभलाग्दो छ । केहीले बिहेबारीमा दुलहीलाई २१ हजार डलरसम्मका औंठी पनि दिएका छन् ।
काबो डेल्गाडो प्रान्तको मोन्टेपुज जिल्लामा अवस्थित एन्थोरोमा खानेपानी वा विद्युतको सुविधा छैन । यहाँका घरहरु काठ र सुकेका घाँसपरालले बनाइएका छन् ।

 

गाउँको वरिपरि एउटा सुरक्षा घेराबारा लगाइएको छ, र गाउँलेको ओहोरदोहोर निगरानी गर्न एउटा मात्र प्रवेशद्वार राखिएको छ । बाक्लो जङ्गल काटेर बसाइएको एन्थोरोमा आँप, नरिवल र अम्बाका बोटबिरुवा रोपिएका छन् । गाउँका फोहोर नालामा कुखुरा कराएको आवाज सुन्न सकिन्छ ।

 

सरकारी सेवाको नाममा यहाँ एउटा प्रहरी पोष्ट मात्र छ । यहाँ नागरिक प्रहरी होइन, विशेष सैनिक प्रहरीहरु तैनाथ छन् । क्रिस्टिनाको विचारमा प्रहरीहरु नै यहाँका स्थानीयबासीलाई पुनर्बास गराउनुको साटो अन्यत्र आफुखूशी पलायन होऊन् भन्ने चाहन्छन् । ‘मेरो आग्रह नै यहाँका गाउँलेलाई पुनर्वास गर्नुपर्छ भन्ने हो । हामी यो नर्कबाट मुक्ति चाहन्छौं । हामीले सदैब यो विषयलाई सरकार समक्ष उठाइआएका छौं, तर सरकारले कहिल्यै जवाफ दिँदैन,’ क्रिस्टिना भन्छिन् ।

 

एमआरएमको ७५ प्रतिशत हिस्सा जेमफिल्ड्सले लिएको छ र बाँकी हिस्सा सैनिक जनरल राइमुन्डो पाचीनुआपाको अर्धस्वामित्वमा रहेको मोजाम्बिक कम्पनी एम्वीरिटी लिमिटाडाको छ । उनी सत्तारुढ फ्रेलिमो पार्टीका वरिष्ट सदस्य पनि हुन् । एन्थोरोबाट १० मिनेटमात्र टाढा रहेको उत्खनन कम्पनीको मुख्य शिविरमा विद्युत, खानेपानी, रेष्टुरेन्ट र स्वास्थ्य चौकी रहेको छ ।

 

एन्थोरोका बासिन्दा एमआरएमको प्रभाव इलाकाका बसोबास गर्ने हजारौंमध्येकै हुन् । यी मानिसहरु मोजाम्बिकको कानुन अनुसार पुनर्बासको पर्खाइमा रहेका छन् । ‘हामीसँग अब खेतीपाती गर्ने जग्गाजमिन छैन । उत्खनन गर्ने कम्पनीले हामीलाई रोक्दछ ।

 

हामी स्वतन्त्र किसिमबाट हिँडडुल गर्न पनि पाउँदैनौं किनभने कम्पनीले यताउता हिँड्न रोक लगाइरहेको हुन्छ,’ अर्का सामुदायिक नेता जोआ कारिमोले दुःखेसो पोखे । ‘हाम्रो घरमा आगो लगाउनेहरु प्रहरी र कम्पनीका सुरक्षा गार्ड नै हुन् ।’ उनले आरोप लगाए । प्रहरीले भने गाउँलेको आरोपमा सत्यता नरहेको बताएको छ ।

 

गाउँलेको पक्षबाट करिब १०० जना मोजाम्बिकका नागरिकले स्थानीयबासीको मानव अधिकार उल्लङ्घन भएको आरोपमा बेलायतमा मुद्दा दायर गरेका छन् । मुद्दा दर्ता गर्नेहरुले स्थानीय प्रहरी र सुरक्षागार्डले गाउँलेमाथि गोली चलाएको, कुटपिट गरेको र कानुन विपरीत थुनामा राखेको आरोप लगाएका छन् । चारवटा परिवारले आफ्ना छोराहरुलाई प्रहरीले गोली हानेर हत्या गरेको उजूरी दिएका छन् ।

 

जेमफिल्ड्सले अदालती प्रक्रियामा रहेको विषयमा एएफपीलाई कुनै प्रतिक्रिया नदिने जनाएको छ तर कम्पनीले स्थानीयबासीका चासो र सरोकारलाई गम्भीरतापूर्वक लिएको र कुनै पनि किसिमको हिंसा वा दुव्र्यवहार आफ्ना लागि स्वीकार्य नहुने जनाएको छ ।

 

कम्पनीले एन्थोरोका १०५ परिवारलाई एक करोड डलरको एक परियोजना मार्फत गाउँ नजिकै पुनर्वास गराइने जनाएको छ । नयाँ बस्तीमा खानेपानी, विद्युत, स्कुल, बजार, मस्जिद र चर्च बनाइनेछ ।
जेमफिल्ड्सले गत अप्रिलमा आवास निर्माणका लागि शिलान्यास गरिसकेको र आगामी दुई वर्ष्भित्रै घरहरु निर्माण भइसक्ने पनि जनाएको छ ।

 

स्थानीय सरकारले पनि आवास निर्माणमा भइरहेको ढिलाइप्रति कम्पनीमाथि दबाब सिर्जना गरेको छ । ‘उनीहरुले यही वर्ष घर निर्माण शुरु गरिसक्नु पर्ने थियो, त्यही कारण हामीलाई चिन्तित बनाएको छ,’ जिल्ला सरकारी कार्यालयका एक अधिकारी फाबिओ नामिभाले बताए ।

 

फाबिओ भन्छन्, ‘तर कम्पनीले पनि त हाम्रा लागि केही गरिरहेको छ, कर बुझाउँछ र घुम्ती शिविर र रोजगारी तालिम दिन्छ । यसबाट समुदायले फाइदा पनि लिइरहेका छन् । एउटा मात्रै सबाल भनेको पुनर्बासको हो ।’

 

एकजना गाउँले जेरोनिमो अमाडेको विचारमा रुबीले गाउँबासीलाई अन्यत्र सारेको मात्रै छ । ‘मैले सायद क्षतिपूर्ति पाउँछु र मैले यो थातथलो छाड्नुपर्ने छ,’ उनले भने । ‘मैले यहाँ मानिसहरु मारिएको देखें, धेरै घरहरुमा आगो लगाइयो । यो सबै हाम्रो जमिनमा पत्ता लागेको यो अभागी रुबीकै कारण हो ।’

एएफपी

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...