CG Electronics
IME Life
NIMB

च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड र डर्टमण्ड विजयी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । च्याम्पियन्स लिगको समूह ए मा रहेको एट्लेटिको मड्रिडले फ्रान्सको मोनाको क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

मंगबार राति भएको खेलमा मोनाको कै घरेलु मैदानमा एट्लेटिको मड्रिडले रोमाञ्चक जित हात पारेको हो । मोनाकोले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा पाहुना टोली एट्लेटिको मड्रिडसँग पराजित हुन पुग्यो ।

खेलको १८औं मिनेटमा नै मोनाकोका सामुएल ग्रान्डसिरले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३१औं मिनेटमा डिएगो कोष्टाले गोल गर्दै एट्लेटिको मड्रिडलाई बराबरीमा पुर्‍याएका थिए । पहिलो हाफको अन्तिम समयमा एथ्लेटिको मड्रिडका गिमिनेजले गोल गर्दै २-१ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २-१ गोललेअघि रहेको एट्लेटिको मड्रिडले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

त्यस्तै, समूह ए अन्तर्गत नै भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले पनि विजयी सुरुवात गरेको छ । डर्टमण्डले बेल्जियमको क्लब ब्रुग केभीलाई १-० गोलले पराजित गरेको हो । डर्टमण्डको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरेका थिए ।

च्याम्पियन्स लिग अन्तर्गत नै समूह ‘डी’ मा गालातासारेले लोकमोतिभ मस्कोलाई ३-० ले पराजित गर्दा यही समूहको अर्को खेलमा शाल्के र पोर्टोले १-१ गोलको बराबरी खेलेका छन् ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...