IME Life
NIMB

किन चर्कियो अमेरिका-चीन व्यापार युद्ध

NIMB
Himalayan Bank

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेपछि दुई आर्थिक महाशक्तिबीच जारी व्यापार युद्ध थप चर्किएको छ।

राष्ट्रपति ट्रम्पले सोमबार सेप्टेम्बर २४ देखि दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा थप दश प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।

चीनले अमेरिकी माग पूरा नगरे आगामी जनवरी १ देखि भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने पनि उनले घोषणा गरेका छन्।

अमेरिकाले आफ्नो बजारमा चिनियाँ उत्पादन र कम्पनीलाई दिएको प्रवेशसरह नै अमेरिकी उत्पादनलाई चिनियाँ बजारमा प्रवेश दिनुपर्ने माग गर्दै आएको छ।

यसअघि नै अमेरिका तथा चीनले एक अर्काका ५० अर्ब डलर बराबरका उत्पादनमा भन्सार शुल्क बढाएका थिए। अमेरिकाले ५० अर्ब डलर बराबरको चीनबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाएपछि चीनले पनि त्यति नै मुल्य बराबरको अमेरिकी आयातमा भन्सार शुल्क बढाएको थियो।

यसपालि पनि चीनले अमेरिकी शुल्कको प्रतिवाद गर्दै अमेरिकी सामानमा पनि शुल्क लगाएको खण्डमा थप २ सय ६७ अर्ब बराबरको चिनियाँ सामानमा शुल्क बढाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन्।

ट्रम्पले यसअघि नै चीनले आफ्ना माग पूरा नगरे चीनबाट आयात हुने पाँच सय अर्ब डलर बराबरका सबै सामानमा शुल्क बढाउने घोषणा गरिसकेका छन्।

अब चीनले पनि अमेरिकी सामानको आयातमा भन्सार शुल्क बढाउने अनुमान कतिपयले गरेका छन्।

अमेरिकाको चीनसँग संसारकै सबैभन्दा ठूलो ३ सय ७५ अर्ब डलरको व्यापार घाटा छ। अमेरिकाले चीनसँग अघिल्लो वर्ष ५ सय ५ अर्ब डलरको सामान खरिद गरेको थियो भने १ सय ३० अर्बको मात्र सामान चीनमा निर्यात गरेको थियो।

चीनले विदेशी कम्पनीलाई मिडिया, टेलिकम, अटोमा लगानी प्रतिबन्ध लगाउँदै आएको छ। चीनले विदेशी कम्पनीलाई आफ्ना स्थानीय कम्पनीसँग साझेदार गर्न र प्रविधि हस्तान्तरण गर्न बाध्य पार्दै आएको आरोप अमेरिकाको छ।

चिनियाँ निर्यातका लागि अमेरिका सबैभन्दा ठूलो बजार हो भने अमेरिकी सामानका लागि चीन तेश्रो ठूलो बजार हो। अमेरिकाले चीनमाथि लगाएको कतिपय भन्सार शुल्कले अमेरिकन कम्पनीलाई मार पार्नेछ। एप्पल कम्पनीले चीनमा बन्ने कतिपय आफ्ना उत्पादन अमेरिकामा महङ्गो हुने ट्रम्प प्रशासनलाई चिठ्ठी लेखेको थियो।

सो चिठीपछि एप्पलका स्मार्ट घडी लगायतका कतिपय उत्पादन अमेरिकी सरकारको नयाँ भन्सार शुल्कको सूचीबाट हटाइएका थिए। अमेरिकाले २ सय अर्बको शुल्क थप गर्ने घोषणा गरेलगत्तै चीन र हककङको स्टक मार्केट तल झरेको छ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...