IME Life
NIMB

कम्युनिस्ट आन्दोलनका समस्या

NIMB
Himalayan Bank

सागर कुँवर

 

नेपालको कम्युनिस्ट आन्दोलनमा मूल ट्रेन्डमा कैयौँ समयमा विवाद हुने गरेका छन् । त्यसको इतिहासतर्फ नलागाँै । मूल ट्रेन्ड भनेको कम्युनिस्ट आन्दोलनको लक्ष र उद्देश्यमा पुग्नका लागि माक्र्सवादी लेनिनवादी सिद्धान्तअनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरूपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट बताउने सबै शक्तिहरूले समाजवाद–साम्यवादलाई आफ्नो अन्तिम गन्तव्य बताएका छन् । तर उनीहरूका बीचमा समाजवाद–साम्यवादमा पुग्नका लागि उचित कार्यदिशा के भन्नेमा भने दशकौंदेखि मतभेद रहेको छ । यस प्रकारको मतभेद नेपालको कम्युनिस्ट आन्दोलमा मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनको नै मुख्य समस्याको विषय बन्दै आइरहेको छ । त्यही मतभेदका कारण कैयौं पटक पार्टीहरू विभाजन हुँदै आएको छन् ।

समाजवाद–साम्यवादमा पुग्ने लक्ष राखे पनि तत्कालीन राजनीतिक कार्यदिशा र कार्यक्रम परिस्थिति अनुकूल बन्छ वा बन्दैन, त्यो महत्वपूर्ण हुन्छ । वर्तमानमा गलत कार्यक्रम बनाएर भविष्य सुन्दर बन्दैन । कम्युनिस्ट आन्दोलनको उज्ज्वल भविष्यका लागि वर्तमानमा उज्ज्वल भविष्यसँग जोडेर कार्यदिशा निर्धारण गर्नुपर्दछ । विशेष गरेर समाजवाद–साम्यवादमा कसरी पुग्ने भन्ने सवाल निकै नै महत्वपूर्ण छ । वर्गसङ्घर्षको माध्यमबाट पुग्ने कि वर्गसमन्वयको माध्यमबाट । सिद्धान्ततः वर्गसङ्घर्षलाई स्वीकार गर्ने तर वर्ग सङ्घर्षको बाटो अवलम्बन नगर्ने, वर्ग सङ्घर्ष भन्दा बित्तिकै हतियारबद्ध आन्दोलन हो भनेर बुजिहाल्ने मनोदशाले अन्ततः वर्गसमन्वयलाई नै सहयोग गर्दछ । यस प्रकारको रूपमा वर्ग सङ्घर्षको पक्षमा देखिएर सारमा वर्गसमन्वयको रथमा हिँड्ने समूहले तत्कालीन राजनीतिक कार्यदिशालाई कम्युनिस्ट पार्टीको रणनीतिक योजनालाई सहयोग पुर्याउने हिसाबले होइन, केवल कार्यक्रमको लागि कार्यक्रम मात्र बनाउने गर्दछन् । त्यो नेपालको सन्दर्भमा पनि लागू भएको छ ।

माक्र्सवाद–लेनिनवाद मान्नु, सिद्धान्तमा सशस्त्र सङ्घर्षलाई स्वीकार गर्नु, लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई सैद्धान्तिक हिसाबले मान्नुलाई मात्र मूल ट्रेन्ड बताएर उम्कने कि समाजवाद–साम्यवादसम्म पुग्नका लागि माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुसार सङ्गठन, कार्यदिशा बनाउने र त्यसलाई व्यवहार लागू गर्ने रु यो टड्कारो विषय हो । नेपालमा कैयौं समूहहरूले सिद्धान्ततः माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई स्वीकार गर्छन्, दीर्घकालीन सशस्त्र सङ्घर्षलाई पनि स्वीकार गर्छन, सर्वाहारा अधिनाकत्वलगायत माक्र्सवादका आधारभूत सिद्धान्तलाई लिखितम रूपमा स्वीकार गर्दछन् तर व्यवहारमा त्यस प्रकारको कार्यदिशा अवलम्बन गर्दैनन् । यो निकै नै गम्भीर समस्या हो । यस्ता समूहहरूले असल क्रान्तिकारी कार्यकर्तामा असल कम्युनिस्टको भ्रम छरेर जानिदो नजानिदो तरिकाले अन्ततः दक्षिणपन्थी अवसरवादलाई नै सहयोग पुर्याइरहेका हुन्छन् । दक्षिणपन्थी संशोधनवादमा विसर्जन भइसकेका समूहहरूले समाजवादी राज्यव्यवस्थाका लागि हामी छौँ भनेर भ्रम छरिरहेको समयमा माक्र्सवाद–लेनिनवादको स्वीकारोक्तिका नाममा कैयौं कम्युनिस्ट समूहहरूले समेत छद्म रूपमा प्रकारान्तले दक्षिणपन्थीहरूको यात्रामा सारसङ्ग्रहित हुने अवसरवादी यात्रा तय गर्दै गइरहेको वर्तमान परिदृश्यमा वास्तवामा क्रान्तिकारी पार्टी निर्माण एतिहासिक आवश्यकता हो ।

पार्टीभित्र मतभेदहरू हुन्छन्, तिनीहरूको मैत्रीपूर्ण तरिकाले समाधान गर्ने, बहस–छलफल चलाउने, माक्र्सवादी–लेनिनवादी पद्धतिअनुसार यसको सही निष्कर्षमा पुग्नुपर्नेमा त्यसको सैद्धान्तिक दुहाइ दिएर व्यावहारिक हिसाबले त्यसलाई कार्यन्वयन गरेको पनि पाइँदैन । स्वस्थ र मैत्रीपूर्ण तरिकाले उल्लेखित समस्याको समाधान नगरिकन गुटबन्दी गरेर, कैयौँ विधि–प्रक्रिया र पद्धतिहरू मिचेर कृत्रिम समाधान निकाल्ने कार्य नेपालको कम्युनिस्ट आन्दोलनमा निकै नै ठूलो समस्या बनेको छ ।
क्रान्तिकारी पार्टी निर्माण कुनै दस्तावेज मात्र तयार गरेर निर्माण हुँदैन । दस्तावेजमा माक्र्सवाद ९लेनिनवाद–माओविचारधारा, लेनिनवादि सङ्गठनात्मक सिद्वान्त ९जनवादी केन्द्रीयता०, पार्टी नेतृत्व, सर्वाहारा अधिनायकत्व, सर्वाहारा विश्व दृष्टिकोण, वर्ग सङ्घर्ष, हिंसात्मक क्रान्ति ९बल प्रयोगको सिद्धान्त० लाई लेखेर मात्र क्रान्तिकारी पार्टी निर्माण हुँदैन । क्रान्तिकारी पार्टी निर्माणको लागि उल्लेखित प्रस्थापनाहरूलाई व्यावहारिक रूप दिनुपर्दछ । वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई पथप्रदशक सिद्धान्त बताउने केही समूहहरू प्रतिक्रियावादी राज्यसत्ताको चौकीदार बन्नका लागि समेत तयार हुने, उत्पीडित जनताको पक्षमा भन्दा पनि शोषकहरूको राज्यव्यवस्थामा रमाउन चाहने व्यावहारिक प्रयोगहरू हुँदै आइरहेका छन् । ठोस परिस्थितिको ठोस विश्लेषण र कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थाको हवला दिएर एउटा प्रतिक्रियावादी राज्यसत्ताको हिस्सेदार बन्ने कम्युनिस्ट आन्दोलनको नवीन प्रवृत्ति सर्वहारा वर्गको समाजवादी राज्यवस्थामा पुग्ने बाटो माथिको गम्भीर धक्का हो ।

नेपालमा विशेष गरेर तत्कालीन राजनीतिक कार्यदिशामा देखिने मतभेद नै मुख्य मतभेदको विषयवस्तु बनेर कम्युनिस्ट आन्दोलनमा टुट–फुट र विभाजनसमेत हुँदै आएको छ । रणनीतिक उद्देश्य पूरा गर्ने सवालमा भन्दा पनि तत्कालीन राजनीतिक कार्यदिशा के हुने भन्ने मतान्तरले नै कम्युनिस्ट आन्दोलन कैयौँ शिराहरूमा विभाजन भएर दक्षिणपन्थी दिशा समात्दै घोर प्रतिक्रियावादमा विलिन भएका कैयौँ तथ्यहरू हाम्रो अगाडि दिनको घामझैँ छर्लङ्ग छन् । खास गरेर दुई लाइन सङ्घर्ष सञ्चालनमा देखिएको अधिभूतवादी चिन्तन र कम्युनिस्ट आन्दोलनको गम्भीर समस्यामा रहेको निम्न पुँजीवादी चिन्तनका कारणले कम्युनिस्ट आन्दोलनले नराम्रोसँग सेटब्याक खाँदै आएको छ । आफूलाई माक्र्सवादी–लेनिनवादी बताउने शक्तिहरूले पनि दुई लाइन सङ्घर्षलाई ठोस ढङ्गले अगाडि बढाउने गरेको प्रयत्नहरू खासै पाइँदैन ।

कम्युनिस्ट आन्दोलनमा विशेष गरेर जुन समूह पार्टीभित्र बहुमतमा हुन्छ, बहुमत पक्षले अल्पमत पक्षलाई प्रायः अनुशासनको नाममा अनावश्यक लाञ्छना लगाएर यो वा त्यो बाहनामा कारवाही गर्ने र कारवाही पर्ने बित्तिकै उक्त पार्टी छाड्ने प्रवृत्तिले दुई लाइनको सङ्घर्षलाई उचित ढङ्गले अगाडि बढाएको पाइँदैन । पार्टीभित्र मतभेदहरू हुन्छन्, तिनीहरूको मैत्रीपूर्ण तरिकाले समाधान गर्ने, बहस–छलफल चलाउने, माक्र्सवादी–लेनिनवादी पद्धतिअनुसार यसको सही निष्कर्षमा पुग्नुपर्नेमा त्यसको सैद्धान्तिक दुहाइ दिएर व्यावहारिक हिसाबले त्यसलाई कार्यन्वयन गरेको पनि पाइँदैन । स्वस्थ र मैत्रीपूर्ण तरिकाले उल्लेखित समस्याको समाधान नगरिकन गुटबन्दी गरेर, कैयौँ विधि–प्रक्रिया र पद्धतिहरू मिचेर कृत्रिम समाधान निकाल्ने कार्य नेपालको कम्युनिस्ट आन्दोलनमा निकै नै ठूलो समस्या बनेको छ ।

कम्युनिस्ट पार्टीको महाधिवेशन, राष्ट्रिय सम्मेलन वा भेलाहरूमा प्रस्तुत गरिने राजनीतिक प्रस्तावमा मूल ट्रेन्डको नाममा तत्कालीन राजनीतिक कार्यदिशा माथि यथेष्ट मात्रामा बहस–छलफल भएको कमै मात्रमा पाइन्छ । विश्व सर्वहारा वर्गका महान नेता क। माओत्सेतुङले राजनीतिक कार्यदिशा सही हुनु र नहुनुले सबै चीजको फैसला गर्दछ भनेका छन् । कुनै पनि आफूलाई कम्युनिस्ट बताउने पार्टीले माक्र्सवाद–लेनिनवाद, समाजवाद–साम्यवाद त भनेकै हुन्छन् । घोर दक्षिणपन्थमा विलिन भइसकेकादेखि अवसरवादी बाटो समातेका कम्युनिस्ट नामधारी पार्टीहरूले ९जसले हसिया–हथौडा अङ्कित झण्डालाई आफ्नो झण्डा बताएर त्यसको प्लेटफर्म प्रयोग गरि नै रहेका छन्० आफूलाई समाजवादी व्यवस्थाको हिमायती बताउन छाडेका छैनन् । तर उनीहरूले तत्कालीन सङ्घर्षको पक्षलाई समाजवाद–साम्यवादमा पुग्ने सङ्घर्ष गर्नका लागि कुनै गुणात्मक प्रकारका कार्यक्रमहरू बनाएका छैन । कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थाको हवला दिएर ठोसमा क्रान्तिकारी कार्यदिशालाई रोक्ने प्रयत्न नेपालको कम्युनिस्ट आन्दोलनमा बारम्बार भइरहेको छ । कुनै पनि कार्यक्रमको तय गरेपछि त्यसपछिको अर्को स्टेप के हो भन्नेमा नै अन्यौल देखिन्छ । कुनै पनि कार्यक्रमलाई ठोस उचाइमा पुर्याउनभन्दा पनि उठान गर्ने र बीचबाटोमा नै छाड्ने प्रवृत्तिले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको देखिन्छ ।

माक्र्सवादी–लेनिनवादीहरूले आफ्ना तत्कालका कार्यक्रमहरू बनाउँदा त्यसले कम्युनिस्ट पार्टीको रणनीतिक उद्देश्यलाई सहयोग गर्दछ वा गर्दैन भन्ने सवालमाथि विशेष ध्यान दिएर कार्यक्रमहरू निर्धारण गर्ने र ती कार्यक्रमको उचित कार्यान्वयन गर्ने गर्दछन् । यदि ठोस परिस्थितिको ठोस विश्लेषणमा कार्यक्रमहरू नबनेको अवस्थामा त्यसमा आत्मालोचित हुँदै रणनीतिक उद्देश्यलाई सहयोग गर्ने तत्कालीन कार्यक्रम बनाइन्छन् । कम्युनिस्ट पार्टीले गर्नुपर्ने पनि त्यही हो । तर विडम्बना बन्नुपर्छ, कुनै पार्टीले बनाएका कार्यक्रम पार्टीको रणनीतिक उद्देश्यलाई सहयोग गर्ने खालका थिएनन् भने पनि त्यसको समीक्षा गर्ने र गल्ती स्वीकार गर्दै नयाँ शिराबाट अगाडि बढ्ने गरेको पाइँदैन । हामीले जे गरेका थियौँ, सही गरेका थियौँ भनेर अनेकौँ उदाहरणको पर्दा हालेर गलतलाई पनि सही ठहराउने प्रवृत्ति नेपालको कम्युनिस्ट आन्दोलनको थप गम्भीर समस्या नै हो ।

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...