Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

किन चाहिन्छ पुस्तकालय ?

Machhapuchchhre Bank Limited

एरिक क्लाइनबर्ग

अनुवाद

 

ठ्याक्कै हामीलाई चाहिएको बेला यो महत्वपूर्ण संस्था बेवास्तामा परेको छ

के सार्वजनिक पुस्तकाय असान्दर्भिक छन् ?

समाजका धेरै शक्तिशालीले यस्तै सोच्छन्। पछिल्ला केही वर्षदेखि किताब वितरण गर्ने प्रचलनमा कमी आइरहेको छ। यही ओरालो यात्रालाई लिएर केही आलोचकले पुस्तकालयले आफ्नो ऐतिहासिक भूमिका गुमाइरहेको टिप्पणी गर्ने गरेका छन्। केही निर्वाचित अधिकारीले पनि एक्काईसौं शताब्दीमा पनि किन किताब चाहियो भन्ने तर्क गर्छन्। प्रशस्त किताबलाई डिजिटल स्वरूपमा परिवर्तन गरिसकिएको र आम मानिसले इन्टरनेटको उपयोग गर्न थालेकाले पुस्तकालयको आवश्यकता सकिएको उनीहरूको तर्क छ।

त्यसो त, पुस्तकालयहरूले धेरै पहिलादेखि नै सहयोग पाउन छोडेका छन्। अटलान्टाजस्ता अमेरिकी सहरमा पुस्तकालयहरू बन्द भइसकेका छन्। सान जोसे, क्यालिफजस्ता सहरहरूमा सार्वजनिक पुस्तकालयलाई छुट्ट्याइने बजेट घट्न थालेको छ। त्यसैले ती पुस्तकालयले २० डलरभन्दा बढी शुल्क तिर्न बाँकी रहेकालाई पुस्तक लिन र कम्प्युटर प्रयोग गर्न प्रतिबन्ध लगाउने गरेका छन्। पुस्तकालयहरूले भोगिरहेको यो समस्या आजको समयमा असान्दर्भिक होइन।

वास्तवमा न्युयोर्कलगायत धेरै सहरमा पुस्तकालय घुम्ने, कार्यक्रममा भाग लिने र घुमघाममा बिताउने समय बढिरहेको छ। पुस्तकालयले भोगेको वास्तविक समस्या के हो भने धेरैले यसको उपयोग गर्न थालेका छन्। विभिन्न प्रयोजनका कारण बढेको यसको उपयोगिताबाट पुस्तकालय प्रणाली र तिनका कर्मचारी बढी नै उल्लासित भएका छन्। पिऊ अनुसन्धान केन्द्रले सन् २०१६ मा गरेको सर्वेक्षणअनुसार विगतका वर्षमा सोह्रबर्से उमेरका अमेरिकीमध्ये आधाजसो पुस्तकालय गएका थिए। दुईतिहाइले पुस्तकालयका स्थानीय शाखाहरू बन्द गर्दा ‘आफ्नो समुदायमा गम्भीर असर’ पर्ने धारणा राखेका थिए।

ठ्याक्कै यही बेला पुस्तकालयहरू अपमानित भएका छन्। तिनलाई बेवास्ता गरिएको छ। आखिर किन यस्तो भइरहेछ रु एउटा कारण हो, पुस्तकालयको मुख्य सिद्धान्त नै अहिले शासन गरिरहेको बजारको तर्कभन्दा बाहिर छ। पुस्तकालयको आधारभूत सिद्धान्त हो– साझा संस्कृति र सम्पदासम्मको खुला पहुँचमा आम मानिस स्वतन्त्र छन्। पुस्तकालयलाई बेवास्ता गरिनुको अर्को कारण पनि छ। त्यो के हो भने निकै प्रभावशाली मानिएकामध्ये निकै कम मानिसले मात्र आधुनिक समाजमा पुस्तकालयको बढ्दो भूमिका बुझ्छन्।

पुस्तकालयहरू ‘सामाजिक पूर्वाधार’ का उदाहरण हुन्। यी यस्ता भौतिक स्थान र संस्था हुन्, जसले मानिसले गर्ने अन्तरक्रियाको आकार कोर्छन्। पुस्तकालयहरूले पुस्तक र अन्य सांस्कृतिक वस्तुमा खुला पहुँच मात्र उपलब्ध गराउँदैनन्, तिनीहरूले वृद्धहरूलाई मित्रता प्रदान गर्छन्, व्यस्त अभिभावकका बच्चालाई वास्तविक स्याहार उपलब्ध गराउँछन्, आप्रवासीहरूलाई भाषा सिकाउँछन् र गरिब, घरवारविहीन युवाहरूलाई सार्वजनिक स्थान (पब्लिक स्पेस) उपलब्ध गराउँछन्।

हालै मात्र मैले न्युयोर्कका पुस्तकालयहरूको इथ्नोग्राफिक (नृवंशशास्त्रीय) अनुसन्धानमा एक वर्ष बिताएँ। यो क्रममा मैले पटकपटक पुस्तकालयहरू कसरी आवश्यक छन् भन्ने महसुस गरें। छिमेकीसँग सम्बन्ध विस्तार गर्न मात्र होइन, व्यक्तिगत समस्या समाधान गर्न पनि यी आवश्यक छन्।

वृद्ध मानिस, खासगरी एकलहरूका लागि पुस्तकालयहरू संस्कृति र साथी भेट्टाउने ठाउँ हो। बुक क्लब, मुभीनाइट, विभिन्न समूह र कला र सामयिक विषयबारेका कक्षा र कम्प्युटरमार्फत उनीहरू नयाँनयाँ संस्कृतिसँग साक्षात्कार गर्छन्। नयाँनयाँ साथी भेट्टाउँछन्। धेरैका लागि त पुस्तकालयहरू फरक पुस्ताका सदस्यसँग अन्तरक्रिया गर्ने चौपारी हो।

बालबालिका र किशोरका लागि पुस्तकालयहरूले उनीहरू आफैंप्रति र छिमेकीप्रति जिम्मेवारीबोध गर्न सघाउँछन्। सार्वजनिक सामग्री ल्याउनु, त्यसको स्याहार गर्नु र त्यसलाई फेरि अरूले पनि उपयोग गर्न सक्ने गरी फर्काउनु, यस्तो अभ्यासले उनीहरूलाई जिम्मेवारीबोध सिकाउँछन्। साना बच्चा देखेरे उल्लासित हुने भर्खरै बनेका आमाबाबु नयाँ हजुरबा, हजुरआमा र केयरटेकरका लागि पुस्तकालयहरू त भगवान्ले दिएका उपहार हुन्।

पुस्तकालयहरूले पुस्तक र अन्य सांस्कृतिक वस्तुमा खुला पहुँच मात्र उपलब्ध गराउँदैनन्, तिनीहरूले वृद्धहरूलाई मित्रता प्रदान गर्छन्, व्यस्त अभिभावकका बच्चाहरूलाई वास्तविक स्याहार उपलब्ध गराउँछन्, आप्रवासीहरूलाई भाषा सिकाउँछन् र गरिब तथा घरबारविहीन युवाहरूलाई सार्वजनिक स्थान ९पब्लिक स्पेस० उपलब्ध गराउँछन्।

स्कुलपछिका गतिविधिमा व्यस्त नबनाइएका धेरै तन्नेरीमाझ पुस्तकालयहरू लोकप्रिय छन्। खासगरी आफ्ना उमेर समूहका अरूसँग समय बिताउन चाहने किशोर–किशोरीमाझ पुस्तकालयहरू लोकप्रिय छन्। त्यसको एउटा मुख्य कारण हो– पुस्तकालयहरू खुला, पहुँचयुक्त र निःशुल्क हुन्छन्। अर्को कारण हो– पुस्तकालयका कर्मचारीहरूको भूमिका। पुस्तकालयका कर्मचारीले ती किशोरकिशोरीलाई स्वागत गर्छन्। कतिपय पुस्तकालयमा त कर्मचारीहरूले किशोरहरूलाई किताब पढ्ने गृहकार्यसमेत दिन्छन्।

पुस्तकायलयको यो भूमिका किन प्रशंसायोग्य छ भने जान्न पुस्तकालयले बनाएको सामाजिक भूमि ९सोसल स्पेस० र स्टारबक्स वा म्याकडोनाडजस्ता व्यावसायिक प्रतिष्ठानहरूले बनाएको सामाजिक भूमिबीच तुलना गरे पुग्छ। स्टार बक्स निकै धेरै शाखाहरू भएको क्याफे हो भने म्याकडोनाल्ड प्रशस्त शाखाहरू भएको रेस्टुराँ हो। यी व्यावसायिक प्रतिष्ठान पनि सामाजिक पूर्वाधारका महत्वपूर्ण हिस्सा हुन्, तर यिनमा पुस्तकालयमा जस्तो सबैको सहज पहुँच हुँदैन। यिनमा ग्राहकलाई लामो समय बस्न सहज पनि हुँदैन। वृद्ध र गरिबहरू स्टारबक्स जाने गर्दैनन्। ती निकै महँगा हुन्छन् र त्यो वर्गका मानिस यी स्थान आफ्ना लागि होइनन् भन्ने ठान्छन्। न्युयोर्कमा मैले भेटेका वृद्धहरूले बताएका थिए, यस्ता कफी सप, बार र रेस्टुराँहरूमा आफूहरूलाई कमै मात्र स्वागत गरिएको महसुस गर्छन्।

गरिब र घरवारविहीनले त यस्ता ठाउँमा पस्ने परिकल्पना पनि गर्न सक्दैनन्। उनीहरूलाई थाहा छ– यस्ता खाने ठाउँअगाडि लामो समयसम्म उभिँदा म्यानेजरले प्रहरी बोलाउन सक्छ। तर पुस्तकालयमा प्रहरी भेटिनु त दुर्लभ घटना हो। यसको अर्थ पुस्तकालयहरू सधैंभरि शान्त र निर्मल हुन्छन् भन्ने होइन। अनुसन्धानका क्रममा मैले कतिपटक तात्ताता बहस, भौतिकरूपमै झैझगडा र अस्वाभाविक अवस्था उत्पन्न भएको देखें। कहिलेकाहीं त यस्ता घटनामा संलग्न मानिसहरू मानसिक बिरामी र औषधीको असरमा रहेकाहरू पनि हुन्थे। खुला पहुँच भएका सार्वजनिक संस्थाहरूमा यस्ता समस्या आउनु अस्वाभाविक पनि होइन। खासगरी त्यतिबेला जब क्लिनिक, संरक्षण गृह र खाद्य संस्थानहरू बन्द हुन्छन् र तिनका लागि एउटै विकल्प पुस्तकालय हुन्छ। सबैभन्दा महत्वपूर्ण विषय त कति कम मात्रामा यस्ता घटना हुन्छन्, कसरी सौहाद्रतापूर्वक यी समस्या समाधान गरिन्छन् र कति छिटो पुस्तकालय पूर्ववत् सञ्चालनमा आउँछ भन्ने हो।

पुस्तकालयमा हुर्किएको खुलापन र विविधता एकताका सहरी सभ्यताको निसानी थियो, तर अहिले त्यो निसानी फेरिएको छ। अमेरिकी सहरहरू अझै बढी जातीय र सांस्कृतिक विविधतासँगै हुर्किरहेछन् तथापि यी त्यति नै मात्रामा विभाजित र असमान छन्। यस्तो विभाजन कहिलेकाहीं जानाजान त कहिलेकाहीं अन्जानवश नै भइरहेको हुन्छ। खासगरी जाति र समाजिक वर्गको सवाल आउनासाथ विभाजन बढ्न थाल्छ।

पुस्तकालय भने यी विभाजित सहरभन्दा फरक खालका हुन्छन्। पुस्तकालय मात्रै यस्तो ठाउँ हो, जहाँ फरक पृष्ठभूमि, लगाव र रुचि भएका मानिस जिउँदो प्रजातान्त्रिक संस्कृतिमा रमाउन सक्छन्। पुस्तकालय मात्र यस्तो ठाउँ हो, जहाँ सार्वजनिक, निजी र लोककल्याणकारी क्षेत्रहरू मिलेर औसत रेखाभन्दा माथि उठ्ने प्रयत्न गर्न सक्छन्।

यही गर्मी महिनामा फोब्र्स म्यागेजिनले पुस्तकालयको सामयिकताबारे एउटा लेख प्रकाशन गरेको थियो। उक्त लेखमा पुस्तकायलयहरूले उद्देश्यअनुरूप काम गर्न नसकिरहेको र सामाजिक सहयोग पाउन योग्य नभएको दाबी गरिएको थियो। उक्त लेखका लेखक एक अर्थशास्त्री थिए। ती अर्थशास्त्रीले पुस्तकालयको ठाउँमा अमेजनजस्ता वेबसाइटहरूले लिएको र अमेरिकीहरूले खुला बजारको विकल्पलाई जोड दिने तर्क गरेका थिए। उक्त लेखको विपक्षमा खासगरी पुस्तकालय अध्यक्ष तथा सरकारी अधिकारीहरू र सर्वसाधारण नागरिकले टिप्पणी गरेका थिए। फोब्र्सले उक्त लेख इन्टरनेटबाट हटाएकोमा उनीहरू रुष्ट थिए।

हामी सावधान हुन जरुरी छ। सहरहरू र उपनगरहरूले आफैंलाई पुनः आविष्कार गर्दैछन्। केही आलोचकहरू सरकारले यो पुनः आविष्कारमा कुनै योगदान नगरेको भनी आलोचना गर्छन्। पुस्तकालयहरू जस्ता संस्थाहरूले आफूयोग्य स्वीकार्य पाउनु महत्वपूर्ण छ। नबिर्सौं, पुस्तकालयको ल्याटिन रूप ‘लाबर’ हो, जसको अर्थ ‘पुस्तक’ र ‘स्वतन्त्रता’ दुवै हुन्छ। जब प्रतिरोधको आवश्यकता पर्छ, पुस्तकालयहरू उदाहरण बनेर उभिन्छन्। पृथकीकरण, ध्रुवीकरण र असमानताको आजको युगमा पनि यिनले नागरिक समाज (सिभिल सोसाइटी) लाई आधार प्रदान गर्छन्।

समाजलाई सुन्दर बनाउने मौका हामीले पाउँछौं भने पुस्तकालयजस्ता सामाजिक पूर्वाधारहरू ठ्याक्कै हाम्रा आवश्यकताअनुसारका हुनेछन्।

(न्युयोर्क विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक रहेका क्लिनबर्गको यो लेख उनको प्रकाशोन्मुख पुस्तक ‘प्यालेसेज फर द पिपल’ बाट उद्धृत गरी द न्युयोर्क टाइम्सले प्रकाशन गरेको थियो। अनुवाद लक्ष्मण श्रेष्ठ)

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

कक्षा १२ परीक्षा सुरक्षार्थ कर्मचारी खटाउन जिप्रका धनुषाको आग्रह

कक्षा १२ परीक्षा सुरक्षार्थ कर्मचारी खटाउन जिप्रका...

वि.सं.२०८२ वैशाख ९ मंगलवार २३:२४

  जनकपुर । धनुषा जिल्लामा वैशाख ११ गतेदेखि सुरु हुन...

नेपाल–भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि महत्वपूर्ण सम्झौता

नेपाल–भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण...

वि.सं.२०८२ वैशाख ९ मंगलवार २३:११

  काठमाडौँ, ९ वैशाख। नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय...

कर लिएपछि सुविधा बढाउने नीतिअनुरुप करका दर र दायरा निर्धारण

कर लिएपछि सुविधा बढाउने नीतिअनुरुप करका दर...

वि.सं.२०८२ वैशाख ९ मंगलवार २३:०६

  काठमाडौँ । कर सम्बन्धी शिक्षा र सूचना पाउने करदाताको...