Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

टी–२० विश्वकप क्रिकेट छनोटका लागि पारसको कप्तानीमा १८ सदस्यीय टोली छनोट

 

काठमाडौँ, २ असोज । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

कप्तान खड्का, आइसिसीका प्रतिनिधि अनिमूल इस्लाम र मुख्य प्रशिक्षक जगत टमाटा संलग्न छनोट समितिले १८ सदस्यीय टोली छनोट गरको हो । टोलीको उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।

नेपाली टोलीमा अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, सहाब आलम, शरद भेषवाकर, सोमपाल कामी र सुनिल धमला रहेका छन् ।

मलेशियामा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा चीन, म्यानमार, थाइल्याण्ड, भूटान, सिङ्गापुर र मलेशिया रहेका छन् ।

नेपालले पहिलो खेल असोज १७ गते म्यानमारसँग खेल्नेछ । दोस्रो खेल २० गते मलेशियासँग, २१ गते थाइल्याण्डसँग, २४ गते चीनसँग र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

विश्व केम्पो च्याम्पियनसिप : सात अन्तर्राष्ट्रिय पदकसहित नेपालको कीर्तिमान

विश्व केम्पो च्याम्पियनसिप : सात अन्तर्राष्ट्रिय पदकसहित...

वि.सं.२०८२ वैशाख २२ सोमवार ००:०१

  काठमाडौं । २१औँ विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीले अन्तरराष्ट्रिय...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य व्यवसायलाई कागजात पेश गर्न निर्देशन

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य...

वि.सं.२०८२ वैशाख १४ आइतवार २२:१५

  काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत...