CG Electronics
Ncell NPL
NIMB

प्रधानमन्त्री १३ दिन विदेशमा बस्ने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं, ३ असोज । राष्ट्रसंघको ७३ औं महासभामा जाँदा प्रधानमन्त्री केपी ओली १३ दिन विदेश बस्ने भएका छन् ।

न्युयोर्कका लागि शनिबार उड्ने उनी छिटोमा असोज १८ गते आइपुग्ने छन् । त्यसबीच उनले कोस्टारिकाको पनि भ्रमण गर्ने भएका छन् ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं : शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट गरौं’ नारासहित मंगलबार महासभा सुरु हुँदैछ । प्रधानमन्त्री ओलीले असोज ११ गते साँझ उच्चस्तरीय सम्बोधन गर्ने छन् ।

 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ९ गते स्वागत गरेपछि ब्राजिलको सम्बोधनबाट महासभा आरम्भ हुनेछ । त्यसपछि अमेरिकाले सम्बोधन गर्नेछ ।

 

राष्ट्र संघमा नेपालको स्थायी प्रतिनिधि नहुँदा समन्वय गर्न कठिनाइ भइरहेको परराष्ट्रका अधिकारीले बताए । राष्ट्र संघको स्थायी प्रतिनिधिलाई फिर्ता बोलाएपछि सरकारले नया“ नियुक्ति गर्न सकेको छैन ।

 

महासभामा सहभागी हुने २१ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सांसदहरू, मेयर, परराष्ट्र अधिकारी र केही मन्त्रालयका अधिकारी रहनेछन् ।

 

प्रधानमन्त्री ओलीले प्रस्थान गर्दा वा फर्कदा खाडी मुलुक आसपासका राजदुत तथा नियोग प्रमुखलाई आफ्नो ट्रान्जिट पार्ने मुलुकमा भेला गरेर निर्देशन दिने कार्यक्रमको तयारीले अझै अन्तिम रुप पाएको छैन ।

 

प्रधानमन्त्री ओलीले अमेरिका आसपासका राजदूतलाई न्यूयोर्कमा भेला गराएर निर्देशन दिने कार्यक्रम पनि बन्दैछ ।

 

प्रधानमन्त्रीले न्यूयोर्कमा राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटेरसस“ग भेटवार्ता गर्नेछन् । विभिन्न राष्ट्र एवं सरकार प्रमुखहरुस“ग साइडलाइन वार्ताको तयारी भइरहेको अधिकारीहरुले बताए । ओलीले एसिया सोसाइटिमा पनि सम्वोधन गर्ने भएका छन् ।

 

प्रधानमन्त्रीले न्यूयोकमा रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र परिवेष्टित मुलकको विभिन्न कार्यक्रममा सक्रिय सहभागित जनाउनेछन । महासभाको साइडलाइनमा सार्क मन्त्रीस्तरिय अनौपचारिक बैठक बस्ने तय भएको छ ।

 

महासभा सकिएलगत्तै प्रधानमन्त्री ओलीले नेपाली स्थलमार्गबाट अमेरिका प्रवेश गर्ने एक ट्रान्जिट मुलुक कोष्टारिकाको औपचारिक भ्रमण गर्ने भएका छन । त्यहाँ उनले नेपालको द्वन्द्व ब्यवस्थापन विषयमा राष्ट्रसंघिय एक विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...