Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

ट्रम्पले भने यौन शोषणको आरोपमा सत्यता छैन

Machhapuchchhre Bank Limited

 

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्रेट काभानाघलाई सिफारिस गर्नुभएको छ र उहाँका सम्बन्धमा अमेरिकी सिनेटको न्यायिक समितिमा हप्तौंदेखि सुनुवाइ भइरहेको छ ।

आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि नै न्यायाधीश नियुक्ति गरिसक्ने राष्ट्रपति ट्रम्पको योजनामा यस प्रकरणले ठूलो समस्या निम्त्याइरहेको छ ।

आरोप लगाउने महिलाले यौन शोषणका सम्बन्धमा विश्वसनीय आधार प्रस्तुत गर्न सके “हामीले निर्णय गर्नुपर्ने हुन्छ”, राष्ट्रपतिले भन्नुभएको छ ।

ट्रम्पले काभानाघ एकजना कुशल व्यक्ति रहनुभएको बताउँदै उहाँबाट कुनै विपरीत कार्य होला भन्ने अनुमान गर्न पनि नसकिने बताउनुभयो ।

काभानाघका सम्बन्धमा न्यायिक समितिमा सोमबार सुनुवाइ हुँदैछ । समितिको बैठकमा काभानाघ र यौन शोषण भएको भन्दै खुला चुनौती दिने क्यालिफोर्निया कलेजका प्राध्यापक क्रिस्टाइन ब्लासी फोर्डलाई आआफ्ना तर्क प्रस्तुत गर्न आमन्त्रण गरिएको छ ।

फोर्डको भनाइमा मदिरा सेवन गरेका काभानाघले केही दशकअघि आफूमाथि आक्रमण गरेको आरोप लगाउनुभएको छ । काभानाघले फोर्डको आरोप अस्वीकार गर्नुभएको छ र काभानाघ आफैंले न्यायिक समिति समक्ष उपस्थित भएर जवाफ दिन तयार रहेको बताउनुभएको छ ।

फोर्डका कानुन व्यवसायीहरुले समितिमा बयान लिनुअघि अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) लाई अनुसन्धान गर्न दिनुपर्ने आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपतिकी उम्मेदवार रहिसकेकी हिलारी क्लिन्टनले ह्वाइट हाउसले एफबीआईलाई यौन शोषणका सम्बन्धमा जाँचका लागि आदेश दिनुपर्ने बताउनुभयो ।

विगतमा समेत राष्ट्रपतिबाट सिफारिस र मनोनयन गरिएका व्यक्तिमाथि संसदीय सुनुवाइकै क्रममा एफबीआईलाई अनुसन्धानका लागि आग्रह गर्ने गरिएको उहाँले बताउनुभयो ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल, प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिलाई टेलिफोन

विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल, प्रधानमन्त्रीद्वारा...

वि.सं.२०८१ चैत ७ बिहीवार २३:२०

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति...

ग्लोबल रिसाइक्लिङ डेको अवसरमा एड्भान्स्ड ब्याट्री रिसाइक्लिङका साथ दिगो प्रतिबद्धता बलियो बनाउदै बीवाईडी

ग्लोबल रिसाइक्लिङ डेको अवसरमा एड्भान्स्ड ब्याट्री रिसाइक्लिङका...

वि.सं.२०८१ चैत ५ मंगलवार ०९:१५

  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री...

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमिरे

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म,...

वि.सं.२०८१ चैत ३ आइतवार ०७:१४

  काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए एकता महाधिवेशन...

प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुन्छौं : प्रधानमन्त्री

प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित...

वि.सं.२०८१ फागुन २६ सोमवार १२:५३

  काठमाडौं । सरकारले सन् २०२५–३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन...

जब ब्राजिलियन डीजे एलोकले चार्टड विमानमा आएरै एलओडीमा नचाए

जब ब्राजिलियन डीजे एलोकले चार्टड विमानमा आएरै...

वि.सं.२०८१ फागुन २५ आइतवार ११:०७

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति...