CG Electronics
Ncell NPL
NIMB

ट्रम्पले भने यौन शोषणको आरोपमा सत्यता छैन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्रेट काभानाघलाई सिफारिस गर्नुभएको छ र उहाँका सम्बन्धमा अमेरिकी सिनेटको न्यायिक समितिमा हप्तौंदेखि सुनुवाइ भइरहेको छ ।

आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि नै न्यायाधीश नियुक्ति गरिसक्ने राष्ट्रपति ट्रम्पको योजनामा यस प्रकरणले ठूलो समस्या निम्त्याइरहेको छ ।

आरोप लगाउने महिलाले यौन शोषणका सम्बन्धमा विश्वसनीय आधार प्रस्तुत गर्न सके “हामीले निर्णय गर्नुपर्ने हुन्छ”, राष्ट्रपतिले भन्नुभएको छ ।

ट्रम्पले काभानाघ एकजना कुशल व्यक्ति रहनुभएको बताउँदै उहाँबाट कुनै विपरीत कार्य होला भन्ने अनुमान गर्न पनि नसकिने बताउनुभयो ।

काभानाघका सम्बन्धमा न्यायिक समितिमा सोमबार सुनुवाइ हुँदैछ । समितिको बैठकमा काभानाघ र यौन शोषण भएको भन्दै खुला चुनौती दिने क्यालिफोर्निया कलेजका प्राध्यापक क्रिस्टाइन ब्लासी फोर्डलाई आआफ्ना तर्क प्रस्तुत गर्न आमन्त्रण गरिएको छ ।

फोर्डको भनाइमा मदिरा सेवन गरेका काभानाघले केही दशकअघि आफूमाथि आक्रमण गरेको आरोप लगाउनुभएको छ । काभानाघले फोर्डको आरोप अस्वीकार गर्नुभएको छ र काभानाघ आफैंले न्यायिक समिति समक्ष उपस्थित भएर जवाफ दिन तयार रहेको बताउनुभएको छ ।

फोर्डका कानुन व्यवसायीहरुले समितिमा बयान लिनुअघि अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) लाई अनुसन्धान गर्न दिनुपर्ने आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपतिकी उम्मेदवार रहिसकेकी हिलारी क्लिन्टनले ह्वाइट हाउसले एफबीआईलाई यौन शोषणका सम्बन्धमा जाँचका लागि आदेश दिनुपर्ने बताउनुभयो ।

विगतमा समेत राष्ट्रपतिबाट सिफारिस र मनोनयन गरिएका व्यक्तिमाथि संसदीय सुनुवाइकै क्रममा एफबीआईलाई अनुसन्धानका लागि आग्रह गर्ने गरिएको उहाँले बताउनुभयो ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...