Nabil Bank
Everest Bank Limited
prabhubank

अमेरिकाको हार्डफोर्ड गोलीकाण्डमा एक नेपालीको मृत्यु, अर्का घाइते

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । अमेरिकाको मेरिल्यान्डस्थित हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

गत बिहीबार भएको घटनामा ४१ वर्षीया वृन्दा गिरीको मृत्यु भएको हो भने अर्का नेपाली पूर्ण आचार्य घाइते भएका हुन्।

घटनामा गिरीसहित अन्य तीनजनाले ज्यान गुमाएका छन्। तीनजना घाइते भएका छन्।

स्नोचीया मोसेली नामकी २६ वर्षीय महिलाले अन्धाधुन्ध गोली प्रहार गरी आफूमाथि पनि गोली चलाएको समाचारमा उल्लेख छ। हतियारधारी महिलाको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सीएनएनले लेखेको छ।

बाल्टिमोर सन अनलाइनले नेपालकी वृन्दा गिरी दुई सान्तानकी आमा भएको लेखेको छ। उनी केही महिना अघिमात्र नेपालबाट त्यहाँ पुगेको समाचारमा उल्लेख छ। उनका श्रीमान काशिराम गिरी ६ वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका थिए र हालै श्रीमतीलाई अमेरिका लगेका थिए।

बाल्टिमोरकै शिक्षक ह्यारी भण्डारीलाई उद्‍धृत गर्दै गिरी १६ वर्षीय छोरी र ११ वर्षीय छोरासहित गत मे महिनामा अमेरिका गएको समाचारमा उल्लेख छ।

विश्व बैंकको आइडीए-२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने ?

विश्व बैंकको आइडीए-२१ बैठक समापन गर्दै अर्थमन्त्रीले...

वि.सं.२०८१ असार ७ शुक्रवार १८:४०

  काठमाडौँ, ७ असार– अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकअन्तर्गतको...

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई...

वि.सं.२०८१ असार ७ शुक्रवार १८:३७

  काठमाडौँ, ७ असार– विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ...

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको...

वि.सं.२०८१ असार ३ सोमवार २१:३५

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ...

मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ अध्यक्ष ढकालको आग्रह

मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप...

वि.सं.२०८१ असार २ आइतवार १८:३६

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको...

नेपालमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष ढकाल

नेपालमा लगानीको वातावरण बन्दै गएको छ :...

वि.सं.२०८१ जेठ ३० बुधवार १८:५६

  काठमाडौँ, ३० जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष...

आईएलओको ‘गभर्निङ बडी’ मा नेपाल निर्वाचित

आईएलओको ‘गभर्निङ बडी’ मा नेपाल निर्वाचित

वि.सं.२०८१ जेठ ३० बुधवार १५:५६

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद...