IME Life
NIMB

१३वर्षीय छोरीलाई बालात्कार गरेको आरोपमा बाबु पक्राउ

NIMB
Himalayan Bank

दाङ  ः दाङमा आफनै बाबुबाट  १३ वर्षिया बालिका बलात्कृत भएकी छन । तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको तथ्य बाहिर  आएको छ ।

पछिल्लो समय बलात्कारकै कारण योनीमा घाउ आएपछि उपचारका क्रममा बाबुबाट बालिका बलात्कृत भएको  खुल्यो ।

छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा उनलाई  नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।

उनले बालिकाको जिल्ला बाहिर उपचार भइरहेको र रिपोर्टमा समेत बलात्कार भएको पुष्टि भएपछि बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकोे बताए ।  बालिका उपचारमा रहेकाले उनी जिल्ला फर्के लगतै कानुनी प्रक्रिया अघि बढ्ने सापकोटाले जानकारी दिए ।

अस्पताल भर्ना भएकी ११ वर्षीय बालिका बलात्कृत

दिल्लीको रोहिणी सेक्टर दिल्ली के रोहिणी सेक्टर १५ स्थित ईएसआईसी अस्पतालमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

 

हिन्दूस्तान टाइम्सका अनुसार एक सफाईकर्मीले उपचारका लागि भर्ना भएकी ति बालिकाको बलात्कार गरेका हुन् प्रहरीले आरोपीलाई गिरफ्तार गरेको छ ।

 

उनीविरुद्ध बलात्कार र अपहरणको मुद्दा दर्ता गरिएको छ । प्रहरीका अनुसार स्वास्थ्यमा खराबी भएपछि केही दिन पहिलेमात्रै बालिकालाई अस्पतालको वार्डमा भर्ती गरिएको थियो ।

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

 

सिरहाको जिरोमाइल–बरियारपट्टि सडकखण्डस्थित सुखिपुर नगरपालिका–२ मा गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सुखीपुरबाट जिरोमाइलतर्फ आउँदै गरेको स ९ प १११ नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स २ प १३०९ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा स ९ प १११ नं को मोटरसाइकलका चालक सिरहाको बरियारपट्टी गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते यादवको उपचारको क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिनुभयो ।

सोही दुर्घटनामा परी स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नगरपालिका–५ निमचोक निवासी २६ वर्षीय राम उदगार महतो गम्भीर घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेकोे इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...