Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

एसिड आक्रमणकी घाइते सम्झनाको मृत्यु

काठमाडौं : तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ। आइतबार राति ११ बजेर ४० मिनेटमा १८ वर्षीया सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो। उनको आइसीयूमा उपचार भइरहेको थियो।

सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ। उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो। यस्तो अवस्था चिकित्सकीय भाषामा ‘मेजर बर्न (गम्भीर जलेको) हो।

मेडिकल भाषामा ‘सेप्सिस’ (संक्रमण) अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजंग बस्नेतले जानकारी दिए।
‘यस्तो अवस्थामा उपचारका लागि ल्याउँदै गर्दा नै शरीर चिस्याउनेदेखि पानी दिनेसम्मका साबधानीहरू अपनाउनुपर्छ’, उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँलाई यहाँ ल्याउनु अघि ती साबधानी अपनाउन सकेको देखिन्न।

हामीले कोसिस त गर्‍यौँ तर सफल भएनौँ।’

शरीरको २० प्रतिशत भन्दा बढी भाग जलेको अवस्थालाई मेजर बर्न भनिन्छ। बच्चाहरूमा भने १० प्रतिशत शरीर जल्नुलाई मेजर बर्न भनिन्छ। एसिडबाट शरीर जल्नु जीवनरक्षाका दृष्टिले अझ संवेदनशील हुन्छ।
अस्पताल पुर्‍याउनुअघि आइसले शरीर चिस्याउने लगायतका काम गर्न नसकेमा उपचार प्रभावकारी नहुने चिकित्सकको भनाई छ। चिकित्सकका अनुसार सम्झनाको अनुहार, टाउको, छाति, ढाड, हात लगायतका अंग जलेका थिए।

घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए। घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। रौतहट चन्द्रपुर ६ का दास दिदीबहिनी स्थानीय जनज्योति माविमा ७ कक्षा र ६ कक्षामा अध्ययनरत थिए।

मृतक सम्झनाको सोमबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी शव परिवारको जिम्मा लगाउने तयारी भएको अस्पतालले जनाएको छ।

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य व्यवसायलाई कागजात पेश गर्न निर्देशन

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य...

वि.सं.२०८२ वैशाख १४ आइतवार २२:१५

  काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत...

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

वि.सं.२०८२ वैशाख ११ बिहीवार २१:३४

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको...