Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

पूर्व राजा ज्ञानेन्द्रले किन गर्दैछन् यी देशहरुमा भ्रमण

Machhapuchchhre Bank Limited

 

पूर्वराजा ज्ञानेन्द्रवीर बिक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती भ्रमणहरु राजनीतिकदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा ब्यस्त छन् ।

२०७५ भदौ २९ गतेबाट थाइलैण्ड भ्रमणमा निस्केका शाह एक महिना पुरै विदेशमा विताउने छन् । २९ भदौमा विदेश भ्रमणमा निस्केका पूर्वराजा शाह ३० असोजमा नेपाल आइपुग्नेछन् । यो समयमा उनी थाईलैण्ड, श्रीलंका, भारतदेखि माल्दिभ्ससम्मको यात्रा गर्नेछन् ।

२९ भदौमा थाइलैण्ड निस्केका पूर्व राजा शाहको परिवारले त्यहाँ शुद्ध पारिवारिक भ्रमण सम्पन्न गरेका छन् । पूर्व अधिराजकुमारी हिमानी शाहका छोरीहरु पूर्णिका र कृतिकासँगको भेटघाट गरेपछि पूर्व राजपरिवारको टोली अहिले श्रीलंका पुगेको छ ।

५ असोजबाट सुरु भएको श्रीलंका भ्रमण २० असोजसम्म हुनेछ । १५ दिन लामो यो भ्रमण भने राजनीतिक हुनेछ ।

स्रोतका अनुसार, श्रीलंकामा पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतीय, चिनियालगायतका सार्क र सार्क बाहिरका देशमा राजनीतिक व्यक्तिहरुसँग महत्वपूर्ण भेटघाट र वार्ता गर्नेछन् । त्यो भेटघाट के उद्देश्यका लागि हुनेछ भनेर नखुले पनि भेटवार्ता भने निकै महत्वपूर्ण हुने स्रोतहरुको भनाइ छ ।

श्रीलंकापछि पूर्व राजाको भ्रमण माल्दिभ्स हुनेछ । मादिभ्सको यात्रा भने शाह परिवारको घुमघामका लागि मात्रै हुनेछ । अहिलेसम्म पूर्व राजा र उनको परिवार माल्दिभ्स गएको छैन ।

२७ असोजसम्म माल्दिभ्समा रहने यो टोलीले २७ असोजमा भनेर भारतको मुम्बई पुग्नेछ । मुम्बईमा हुने महायज्ञमा निमन्त्रणा मान्न पुग्ने राजपरिवार बडादशैं २०७५ को फूलपातीका दिन ३० असोजमात्रै नेपाल फर्किने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार, पूर्वराजा शाहको भ्रमण दलमा पूर्व महारानी कोमल, वुहारी हिमानी हुनेछन् । साथै, पूर्वराजा ज्ञानेन्द्रका सहयोगी सागर तिमिल्सना, पुराना मित्र प्रभु शमशेर राणा, हिमानीका सहयोगी स्मिता सिंह त्यसैगरी, हस्तबहादुर मल्ल अनि भान्से, सुसारे र नानीहरुको टोली पनि साथमै रहेको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक : मुख्य सचिव

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०१

  काठमाडौँ। सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐन भावनामा...