CG Electronics
Ncell NPL
NIMB

एक इन्जिनियर यसरी बने पुरुष यौनकर्मी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

‘तिमीलाई थाहा छ, तिमी कहाँ उभिएको छौ । यहाँ शरिरको मोल मोलाई हुन्छ ।’

म अर्थात् एक पुरुष, निलो, गुलाबी बल्ब राखिएको यो कोठामा आफूलाई बेच्नका लागि उभिएको थिएँ ।

मैले जवाफ दिएँ, ‘हो, थाहा छ तर पैसाको लागि म जे पनि गर्नेछु ।’

म अघिल्तिर अधबैंसे महिला… होइन उनी तेस्रोलिङ्गी थिइन् । उनलाई सुरुमा देख्दा त डराएको थिएँ । उनले मलाई भनिन्, ‘तँसँग धेरै एटिट्युड छ । तर यहाँ चल्दैन ।’

दिनको ९–१० घण्टा एक आइटी कम्पनीमा काम गर्ने म त्यतिबेला डराएको थिएँ । लाग्यो कि मेरो विवेक मरिरहेको छ । म एउटा यस्तो परिवारको हुँ जहाँ कसैले पनि सोच्न सक्दैन कि मैले यतिसम्म गर्न सक्छु । तर मेरा आवश्यकताले मलाई यहाँ धकेल्यो ।

मैले सोधें, ‘म कहिलेसम्म यहाँ बस्नुपर्छ ? भोलि मेरो अफिस छ ।’

एउटा नयाँ मालः

‘जा गएर अफिसमा नै काम गर । यहाँ के गरिरहेको छस् ?’ यस्तो जवाफ पाएपछि म चुप बसें । केही मिनेटमा नै म यो बजारका लागि एउटा नयाँ माल भएँ ।

ती तेस्रोलिङ्गी मसँग अचानक नरम भएर बोलिन्, ‘तेरो फोटो पठाउनुपर्छ । नपठाए कसैले कुरा गर्दैन ।’

यो सुन्ने बित्तिकै मेरो हालत खराब भयो । मेरो तस्बिर सार्वजनिक हुँदै थियो । आफन्तले मेरो तस्बिर देखे मेरो भविष्य के होला, यस्तै सोचेर डराएँ ।

सुरुमा दायाँबाट, त्यसपछि बायाँबाट र अन्तिममा अगाडिबाट मेरो तस्बिर खिचियो । त्यसबाहेक अन्य दुई आकर्षक तस्बिर पनि मागियो ।

मेरो अगाडि नै ती तस्बिर कसैलाई ह्वाट्सएपमा पठाइयो । तस्बिर सँगै लेखिएको थियो, ‘नयाँ माल हो, रेट धेरै लाग्छ । कम पैसाको चाहिए अरुलाई नै पठाउँछु ।’

मेरो मूल्य तोकिँदै थियो, अन्त्यमा पाँच हजार रुपैयाँमा तय भयो ।

यसमा मैले क्लाइन्टका लागि सबैकुरा गर्नु थियो । यो सबै कुनै फिल्ममा नभई मसँग भइरहेको थियो । निकै अचम्म लागिरहेको थियो ।

म जिन्दगीमा पहिलो पटक यस्तो गर्दैथिएँ । प्रेम र भावना बिना कसरी गर्ने ? एक अपरिचितसँग कसरी गर्ने होला भन्दै मेरो दिमाग घुमिरहेको थियो ।

पहेंलो ट्याक्सी चढेर म त्यही दिन कोलकाताको एक इलाकामा रहेको घरमा छिरें । घरभित्र ठूलो फ्रिज थियो, जसमा रक्सीको बोतल भरिएका थिए । घरमा निकै ठूलो टिभी पनि थियो ।

उनी सायद ३२–३४ वर्षकी विवाहित महिला थिइन् । कुराकानी सुरु भयो र उनले भनिन्, ‘म त गलत ठाउँमा फँसे । मेरा श्रीमान् समलिङ्गी हुन् र अमेरिकामा बस्छन् । म सम्बन्धविच्छेद पनि गर्न सक्दिनँ । एक सम्बन्धविच्छेद भएकी महिलासँग कसले विवाह गर्छ ? मेरो पनि विभिन्न कुरामा रुची हुन्छ, भन म के गरुँ ।’

बाध्यता वा शौखः

हामी दुबैले रक्सी पियौं । उनले हिन्दी गीत बजाइन् र नाच्न सुरु गरिन् । हामी दुबै डाइनिङ रुमबाट बेडरुममा गयौं ।

अहिलेसम्म उनले मलाई निकै प्रेमपूर्वक कुरा गरिरहेकी थिइन् । काम सिद्धिने बित्तिकै पैसा दिएर भनिन्, ‘ल अब यहाँबाट गइहाल् ।’

उनले मलाई टिप पनि दिइन् । मैले उनलाई भनें, ‘मैले यो सबै पैसाको बाध्यताका कारण गरिरहेको छु ।’

उनले भनिन्, ‘तेरो बाध्यतालाई शौख बनाइदिन्छु ।’

मेरो बाध्यता जुन कोलकाताबाट सयौं किलोमिटर टाढा मेरो घरबाट सुरु भएको थियो ।

मेरो निम्न मध्यम बर्ग परिवारले मलाई अभागी सोच्थ्यो किनभने मेरो जन्मपछि नै बुवाको जागिर खोसियो । समयसँगै म परिवारबाट टाढिएँ । मेरो सपना एमबीए गर्नु थियो तर इन्जिनियरिङ गर्न बाध्य बनाइयो र जागिर भेटियो कोलकातामा ।

अफिसमा सबैजना बांग्ला बोल्थे । भाषा र अफिसको राजनीतिका कारण म तनावमा हुन थालें । बाथरुम गएर रुन थालें भने कार्डको इन र आउट टाइमलाई नोट गरेर भनिन्थ्यो, ‘यो सिटमा छैन ।’

मेरो आत्मविश्वास क्षीण हुन थाल्यो । डिप्रेशनले क्रमशः मलाई गाँज्न थाल्यो । डाक्टरलाई पनि भेटें तर समस्या सिद्धिएनन् ।

जिम्मेवारी र समस्याको पहाड काँधमा यति भारी लाग्न थाल्यो कि मैले इन्टरनेटमा सर्च गर्न सुरु गरें । एमबीए गर्नका लागि, घरमा पैसा पठाउनका लागि, कोलकाताको यो जागिर छोडेर भाग्नका लागि मैले जसरी पनि पैसा कमाउनु थियो ।

यसैबीच मैले इन्टरनेटमा मेल एस्कर्ट अर्थात् पुरुष यौनकर्मी बन्ने बाटो देखें । यस्तो फिल्ममा मात्र देखेको थिएँ । पुरुष यौनकर्मी बन्नका लागि प्रोफाइल बनाइने केही वेबसाइटबारे थाहा पाएँ ।

यहाँ शरिरको व्यापार हुन्थ्योः

प्रोफाइल लेख्न डर लागिरहेका थियो । म त्यो प्रवेशद्वारमा उभिएको थिएँ जहाँ म सँग दुईवटा बाटो बचेका थिए ।

– एउटाः प्रवेशद्वारबाट पछि हटेर आत्महत्या गरुँ

– दोस्रोः प्रवेशद्वार पार गरेर यौनकर्मी बनूँ ।

मैले प्रवेशद्वार नाघ्ने निर्णय गरें ।

मैले जुन महिलालाई भेटें त्यसमा विवाहित, सम्बन्धविच्छेद भएका, विधवा र किशोरी पनि समावेश थिए । यीमध्ये धेरैका लागि म मानिस नभई माल थिएँ । जबसम्म उनीहरुको इच्छा पूरा हुँदैनथ्यो सबैले निकै राम्रोसँग कुरा गर्दथे । आफ्ना श्रीमानसँग सम्बन्धविच्छेद गरेर मसँग विवाह गर्नेसम्म भन्थे तर बेडरुममा बिताएको केही समयपछि सबै प्रेम कता हराउँथ्यो कता ।

सुन्न पाइन्थ्योः

– ‘ल, यहाँबाट निस्किहाल् ।’

– ‘पैसा उठा र भाग ।’

र धेरैपटक गाली पनि…

यो समाजले हामीबाट मजा पनि लिन्छ र हामीलाई यौनकर्मी भनेर गाली पनि गर्छ ।

एकपटक एक श्रीमान्–श्रीमतीले मलाई सँगै बोलाए । श्रीमान् सोफामा बसेर रक्सी पिउँदै हामीलाई हेरिरह्यो । म उसकै अगाडि उुकी श्रीमतीसँग बेडमा थिएँ ।

यो काम दुबैको सहमतीमा भइरहेको थियो । सायद दुबैको यो कुनै इच्छा हुनसक्छ ।

यसैबीच ५० वर्ष नाघेकी एक महिला पनि मेरी क्लाइन्ट बनिन् । उनी मेरो जीवनको सबैभन्दा भिन्न अनुभव थियो ।

रातभरी उनले मलाई छोरा–छोरा भनेर कुरा गरिरहिन् । उनका छोरा र परिवारले उनलाई वास्ता नगरेको कहानी सुनाइन् । उनी परिवारबाट टाढा बस्छिन् ।

उनले मलाई भनिन्, ‘छोरा, यो धन्धाबाट निस्किऊ, यस्तो ठिक हुँदैन ।’

त्यो रात हामीबीच कुराकानीबाहेक केही भएन । बिहान उनले मलाई छोरा भनेर तोकिएको रकम पनि दिइन् जसरी एक आमाले आफ्नो छोरालाई स्कूल जाने बेलामा दिन्छिन् । मलाई साँच्चै नै ती महिलाका लागि दुःख लाग्यो ।

एक दिन मैले रक्सी पिइरहेको थिएँ र जीवनबाट थाकेको महसुस गरिरहेको थिएँ, मैले आमालाई सम्झिएँ र फोन गरें ।

आमालाई रिसमा भनेँ, ‘तपाईंले सोध्नु हुन्थ्यो नि, अचानक यति धेरै पैसा कसरी पठाउन थाल्यौ । आमा म धन्धा गर्छु …. धन्धा ।’

उहाँले भन्नुभयो, ‘चुप लाग्, रक्सी पिएर जे पनि बोल्छस् तँ ।’

यति भनेर आमाले फोन राख्नुभयो ।

मैले आमालाई आफ्नो वास्तविकता बताएको थिएँ तब उहाँले यो सुनेको नसुन्यै गर्नुभयो । मैले पठाएको पैसा समयमा नै घरमा पुग्थ्यो । म त्यो दिन बेस्सरी रोएँ । के मेरो महत्व पैसामा मात्र सिमित थियो ? त्यसपछि मैले आमासँग यसबारे कहिले पनि कुरा गरिनँ ।

म यो धन्धामा लागिरहें किनभने मैले यसबाट पैसा कमाइरहेको थिएँ । बजारमा मेरो माग थियो । कोलकातामा जागिर खाएसम्म र एमबीएमा भर्ना नभएसम्म यो काम गरिरहन्छु भन्ने सोचेको थिएँ ।

तर यो धन्धामा धेरैपटक अचम्मका मानिसहरु पनि भेटिए । कतिले शरिरमा घाउ बनाइदिन्छन् ।

यसको निशान शरिरमा पनि हुन्छन् र आत्मामा पनि । र यसको पीडा अन्य यौनकर्मीले मात्र बुझ्छन् समाजले जसरी हेरेपनि ।

यो व्यवसायमा गएकोमा मलाई कुनै अफसोस छैन ।

मैले एमबीए गरिसकें र यही एमबीएको बलमा आज कोलकाताभन्दा टाढा नयाँ शहरमा राम्रो जागिर गरिरहेको छु । खुसी छु । नयाँ साथी बनाएको  छु, जसलाई मेरो अतितबारे केही थाहा छैन । सायद म यो कुरा कसैलाई पनि बताउन सक्दिनँ होला ।

हामी बाहिर जान्छौं, फिल्म हेर्छौं । रानी मुखर्जीको ‘लागा चुनरीमे दाग’ फिल्म मलाई निकै मनपर्छ । सायद म त्यो फिल्मको कहानीमा आफैंलाई देख्छु ।

हो, अतितले मलाई धेरैपटक बिझाउँछ । यो मेरो जीवनको यस्तो अध्याय हो जुन म मरेपछि पनि कहिले पनि परिवर्तन हुनेछैन । रातोपाटीबाट

 

 

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...