CG Electronics
Ncell NPL
NIMB

के सेक्समा प्राप्त हुने ‘आनन्द’ नाप्न सकिन्छ ?

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

के सेक्समा प्राप्त हुने ‘आनन्द’ नाप्न सकिन्छ ?

विश्वमा मानव मात्र एक यस्तो प्राणी हो, जसका लागि यौन सम्बन्धको उद्देश्य प्रजननमात्र नभई आत्मिक सुख पनि प्राप्त गर्नु हो।

इटलीका वैज्ञानिक एवं रोम टोर भर्गेटा विश्वविद्यालयमा मेडिकल सेक्सोलोजीका प्राध्यापक इम्यानुअल जनीनीका अनुसार मानवबीच बन्ने सबन्धमा प्रजननका साथै यौन सुखको पनि निकै महत्व हुन्छ।

उनका अनुसार वैज्ञानिकले यौन सम्बन्धका क्रममा प्राप्त हुने सुखद अनुभव या आनन्दलाई मापन गर्ने कोशिश गर्दै आएका छन्। सेक्स र यसबाट प्राप्त हुने आनन्दसँग जोडिएको एक प्रश्न सधै समाजमा सोधिन्छ, सेक्सका दौरान महिला र पुरुषले कति यौन सुख प्राप्त गर्छन् होला?

अर्को शब्दमा यसलाई कामोत्तेजना या अर्गाज्म भनिन्छ। प्राध्यापक जनीनीले इटलीका कयौं विश्वविद्यालयका अनुसन्धानकर्मीसँग मिलेर महिलामा अर्गाज्म (कामोत्तेजना) मापन गर्न एक अनुसन्धान गरे। उनको अनुसन्धानको प्रतिवेदनलाई जर्नल प्लस वानमा ‘अर्गाज्मोमिटर–एफ’ नामबाट २९ अगष्टमा प्रकाशित गरियो । पहिलोपटक महिलामा प्राप्त हुने अर्गाज्मबारे अध्ययन गरिएको हो। यो अध्ययनमा महिलाको अर्गाज्म मापन गर्नका लागि साइकोमेट्रिक टुलको प्रयोग गरियो।

प्रोफेसर जनीनी भन्छन्, ‘हाम्रो उद्येश्य थियो सेक्ससँग सम्बन्धित अलग क्रिया, जस्तो सम्भोग, हस्तमैथुन र अन्य यौन तरिकाबाट महिलामा यौन सुखको मात्रा मापन गर्नु।’

के हो अर्गाज्मोमिटर ?

प्राध्यापकका अनुसार अर्गाज्मोमिटर कुनै उपकरण या मेशिन होइन। अर्गाज्मोमिटरको अर्थ हो, अर्गाज्म या यौन सुखलाई मापन गर्नु। जसरी पीडा मापन गर्ने कुनै उपकरण छैन, अर्गाज्म मापन गर्ने पनि कुनै उपकरण हुँदैन।

उनी अगाडि भन्छन्, ‘विश्वमा पीडानाशक औषधिलाई एनालग स्केलअनुसार मापन गरेर बेचिन्छ । पीडा र आनन्द दुवै एक सिक्काका अलग पाटा हुन्, यसैले यसलाई मापन गर्न कुनै मेशिनको साटो स्केल प्रयोग गर्न सकिन्छ, जसरी स्केलबाट पीडाको मात्रा पत्ता लगाउन सकिन्छ, हामीले त्यही स्केलको माध्यमबाट अर्गाज्मको मात्रा मापन गर्‍यो, किनभने यी दुवै अनुभूतिको सम्बन्ध मष्तिष्कको एउटै भागबाट हुन्छ, कुनै एक चिजले कसैलाई पीडा दिन सक्छ भने त्यही चिजले अर्को व्यक्तिलाई सुख दिन सक्छ।’

प्राध्यापक जनीनी भन्छन्, ‘महिलामा यौन सुखका लागि क्लिटोरिस सबैभन्दा महत्वपूर्ण भाग हो, तर यसबाट सधै आनन्द नै प्राप्त हुन्छ भन्ने छैन। बलात्कारमा पनि यौन सम्बन्ध हुन्छ, क्लिटोरिसमार्फत् उत्तेजना पैदा गर्ने प्रयास हुन्छ। तर यस्तो यौन सम्बन्धमा पीडा हुन्छ। हाम्रो मष्तिष्कले सन्देश दिन्छ, यो यौन सम्बन्धमा पीडा छ, आनन्द होइन।’

कसरी भयो यस्तो अध्ययन ?

यो अध्ययनमा ५ सय २६ महिलालाई सामेल गरिएको थियो। जसमा १ सय १२ महिलामा यौनसम्बन्धी कुनै न कुनै समस्या थियो । अन्यमा भने समस्या थिएन। उनीहरुलाई एक अनलाइनको माध्यमबाट छनौट गरिएको थियो। अनुसन्धानकर्ताहरुले वेबसाइटका माध्यमबाट जवाफ दिनुपथ्र्यो।

महिलालाई सोधिएका कयौं प्रश्नमध्ये एउटा अर्गाज्मोमिटरसम्बन्धी थियो । महिलाहरुले उनीहरुका अर्गाज्म सुखलाई ० देखि १० सम्मको अंक दिनुपथ्र्यो। शुन्यको अर्थ थियो कुनै अर्गाज्म हुँदैन । १० को मतलब थियो, पूर्ण रुपमा सन्तुष्टि।

महिलाहरुले तत्काल जवाफ दिनुपर्दैनथ्यो। उनीहरुले यौन क्रियाको तत्कालै या केही हप्ता या महिनाभरमा जवाफ दिन सक्थे। सेक्स सम्बन्धका बारेमा प्राध्यापक जनीनी भन्छन्, ‘कुनै पनि व्यक्तिले हस्तमैथुन, सम्भोग, ओरल सेक्स या अन्य कुनै पनि सेक्स प्रक्रियामध्ये कुनमा बढी आनन्द प्राप्त भयो भन्नेबारेमा बताउन सक्थे।’

प्राध्यापक जनीनीका अनुसार यौन सुखमा पुरुषको हात, उसको लिंग या जिब्रोको सबैभन्दा बढी भूमिका हुन्छ भन्ने सोचको परम्परावादी हो, अध्ययनबाट यौन सुखमा आधा भूमिका महिलाको पनि हुन्छ भन्ने तथ्य प्राप्त भएको छ। ‘जसरी पुरुषमा कहिलेकाही शीघ्रपतन हुन्छ, महिलामा पनि अर्गाज्म प्राप्त गर्न कहिले कम या कहिले बढी समय लाग्छ, यौन सम्बन्धको आनन्द महिलाका लागि परिवर्तन भइरहने कुरा हो ।’ उनी भन्छन्। अर्गाज्म महिलाको उमेरसँगै पनि बढ्दै जाने हुन्छ ।

‘तर अर्गाज्मको सिधा सम्बन्ध उमेरसँग हुन्छ भनेर हामी भनिरहेका छैनौं, जब महिलामा महिनावारी हुन्छ, उनीहरुको अर्गाज्ममा पनि परिवर्तन हुन्छ। महिलामा ३० देखि ३५ वर्षको उमेरमा अर्गाज्मको स्तर उच्च हुन्छ,’ प्राध्यापक जनीनी भन्छन् । उनका अनुसार महिलामा अर्गाज्म कस्तो हुन्छ भनेर थाहा पाउन हस्तमैथुन सबैभन्दा राम्रो तरिका हो। यसका अलावा महिलामा अर्गाज्ममा धेरै फरक हुन्छ, जबकी पुरुषमा यो धेरै हदसम्म समान हुन्छ।

 

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...