API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

एसएसपी बढुवा प्रतिस्पर्धामा ४ महिला एसपी

 

काठमाडौं,  यसपटकको एसएसपी बढुवाको प्रतिस्पर्धामा ४ जना महिला एसपीहरुको दाबेदारी रहेको छ । एसपीहरु किरण बज्राचार्य, दुर्गा सिंह (चन्द), मीरा चौधरी र किरण राणाबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत रहँदा मानव बेचबिखनविरुद्ध उत्कृष्ट काम गरेकी बज्राचार्य सन् २०१६ मा ‘टीआईपी रिपोर्ट हिरो’मा छानिएर वर्ष हिरो व्यक्ति घोषित भएकी थिइन् ।

उनलाई तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरी र वैदेशिक विभागका अध्यक्षसमेत रहेका सिनेट बोब कोर्करले अवार्ड प्रदान गरेका थिए । बज्राचार्य अहिले २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रमुख छिन् ।

त्यस्तै, बढुवाको प्रतिस्पर्धामा रहेकी एसपी सिंह कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धानमा समन्वयकारी भूमिका निर्वाह गर्न हाल कञ्चनपुरमा खटिएकी छिन् ।

यसअगाडि दाङको प्रहरी प्रमुख रहेकी उनी त्यहाँ आपराधिक सञ्जाल निर्मूल पार्न सफल भएकी थिइन् । बाराको प्रहरी प्रमुख रहेकी एसपी चौधरी पनि एसएसपी बढुवामा बलियो दाबेदार हुन् ।

डीएसपी हुँदा काठमाडौंको बालाजु वृत्त, पाल्पाको प्रहरी प्रमुख र एसपी हुँदा मकवानपुरको प्रहरी प्रमुख भएर उनले कार्यसम्पादन गरिसकेकी छिन् ।

बढुवाको प्रतिस्पर्धामा रहेकी एसपीहरु बज्राचार्य, सिंह र चौधरी नेपाल प्रहरीमा अब्बल अधिकृतका रुपमा चिनिन्छन् । उनीहरु तीनैजना व्यावसायिक प्रहरी अधिकृत हुन् ।

एक वर्ष भक्तपुरको प्रहरी प्रमुखको रुपमा काम गरेकी एसपी राणा हाल प्रहरी मुख्यालयको महिला, बालबालिका निर्देशनालयमा कार्यरत छिन् ।

तुलनात्मक रुपमा कार्यसम्पादनमा कमजोर रहँदै आएकी राणा एसएसपीमा बढुवा हुने सम्भावना न्यून रहेको उच्च स्रोतको दाबी छ ।

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२३

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको...

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:४६

  अरुणकुमार सुवेदी अर्थविद् एवम विश्लेषक हुन् । शेरबहादुर देउवा...

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:५२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक...

वि.सं.२०८१ माघ ४ शुक्रवार १९:५८

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...