CG Electronics
Ncell NPL
NIMB

एसएसपी बढुवा प्रतिस्पर्धामा ४ महिला एसपी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं,  यसपटकको एसएसपी बढुवाको प्रतिस्पर्धामा ४ जना महिला एसपीहरुको दाबेदारी रहेको छ । एसपीहरु किरण बज्राचार्य, दुर्गा सिंह (चन्द), मीरा चौधरी र किरण राणाबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत रहँदा मानव बेचबिखनविरुद्ध उत्कृष्ट काम गरेकी बज्राचार्य सन् २०१६ मा ‘टीआईपी रिपोर्ट हिरो’मा छानिएर वर्ष हिरो व्यक्ति घोषित भएकी थिइन् ।

उनलाई तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरी र वैदेशिक विभागका अध्यक्षसमेत रहेका सिनेट बोब कोर्करले अवार्ड प्रदान गरेका थिए । बज्राचार्य अहिले २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रमुख छिन् ।

त्यस्तै, बढुवाको प्रतिस्पर्धामा रहेकी एसपी सिंह कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धानमा समन्वयकारी भूमिका निर्वाह गर्न हाल कञ्चनपुरमा खटिएकी छिन् ।

यसअगाडि दाङको प्रहरी प्रमुख रहेकी उनी त्यहाँ आपराधिक सञ्जाल निर्मूल पार्न सफल भएकी थिइन् । बाराको प्रहरी प्रमुख रहेकी एसपी चौधरी पनि एसएसपी बढुवामा बलियो दाबेदार हुन् ।

डीएसपी हुँदा काठमाडौंको बालाजु वृत्त, पाल्पाको प्रहरी प्रमुख र एसपी हुँदा मकवानपुरको प्रहरी प्रमुख भएर उनले कार्यसम्पादन गरिसकेकी छिन् ।

बढुवाको प्रतिस्पर्धामा रहेकी एसपीहरु बज्राचार्य, सिंह र चौधरी नेपाल प्रहरीमा अब्बल अधिकृतका रुपमा चिनिन्छन् । उनीहरु तीनैजना व्यावसायिक प्रहरी अधिकृत हुन् ।

एक वर्ष भक्तपुरको प्रहरी प्रमुखको रुपमा काम गरेकी एसपी राणा हाल प्रहरी मुख्यालयको महिला, बालबालिका निर्देशनालयमा कार्यरत छिन् ।

तुलनात्मक रुपमा कार्यसम्पादनमा कमजोर रहँदै आएकी राणा एसएसपीमा बढुवा हुने सम्भावना न्यून रहेको उच्च स्रोतको दाबी छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...