CG Electronics
IME Life
NIMB

रेडलाइट एरिया किन नखोल्ने ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

यो संसारमा वेश्यावृत्ति कहिलेदेखि सुरु भयो, कुनै प्रामाणिक दस्तावेज त छैन तर प्राचीन ग्रन्थहरूमा समेत वेश्यावृत्ति आदिम कालदेखि अस्तित्वमा थियो भनेर पढ्न पाइन्छ ।

कानुन बनाएर कर उठाए पनि नउठाए पनि वेश्यावृत्ति र यौनकर्मी धेरै देश र समाजमा छन् भन्ने कुरा कसैबाट लुकेको छैन । कसले रहरले, कसले सौखले त कसले बाध्यताले पैसा वा आनन्दका लागि शरीरको किनबेच गरिरहेका छन्, त्यो बहसको बेग्लै पाटो हुनसक्ला ।

 

मानिसको यौनचाहना कुनै कानुनको दफा र धारा लगाएर रोक्न सकिने कुरा होइन । हाम्रो समाजमा बेलाबखत यौनकर्म भनेको विवाहितले मात्र गर्ने कुरा हो भन्ने पाखण्ड पनि देखिन्छ । विज्ञानका अनुसार पनि सामान्यत: १४ वर्ष भएपछि कुनै पनि केटा वा केटीमा यौनचाहनाको प्रारम्भ हुन्छ र एक–अर्काप्रति आकर्षण पैदा हुन थाल्छ ।

 

हाम्रो समाजले विवाह नगरी यौनसम्बन्ध राख्न हुन्न भन्थ्यो र आज पनि भन्छ । त्यसो भन्नुको एउटा मुख्य कारण यौन अनुशासन कायम गर्नु हो भने अर्को चाहिँ यौनसम्पर्क पछि हुनसक्ने गर्भाधान र त्यसले अविवाहित युवतीको जीवनमा ल्याउन सक्ने सामाजिक समस्या नै हो ।

 

विवाहअघि कुनै युवती गर्भवती भइन् भने समाजले दुत्कार्छ र स्विकार गर्दैन । विज्ञानको विकाससँगै गर्भनिरोधक साधनको विकासले यो समस्या निराकरणमा ठूलो भूमिका खेलेको छ । अब वयस्क युवायुवतीहरूले कोसँग यौनसम्बन्ध राख्ने वा नराख्ने, कसरी राख्ने भन्ने कुरा उनीहरूको चाहना र अधिकारको कुरा भएको छ । आपसी सहमतिमा जो कसैले बन्दकोठा भित्र सम्बन्ध राख्न पाउनु उनीहरूको व्यक्तिगत अधिकारको कुरा पनि हो ।

 

के हो रेडलाइट एरिया ?

रेलको विकासको सुरुवातताका युरोपका रेलमा ब्रेकम्यानको काम गर्नेहरूले राति रातो लालटिन बोक्थे जसले गर्दा आपतकालीन अवस्थामा रेलका चालक दलका सदस्यले उनीहरूलाई सहजै चिनून् र सम्पर्क गर्न सकून् ।

 

यिनै ब्रेकम्यानहरू फुर्सदको समयमा रेलमार्ग आसपासका वेश्यालयहरूमा मन बहलाउन जान्थे र आफूले बालेको रातो लालटिन आफू भएको कोठाको झ्याल बाहिर वा कोठाको भित्रपट्टी झ्यालमा राख्थे । त्यसै कारण उनीहरूलाई खोज्दै कोही आइपुगे भने पनि कहाँ छन् भनेर सजिलै पत्ता लाग्थ्यो । कालान्तरमा रातो बत्ती बलेको झ्याल भने पछि त्यो यौन किनबेच हुने ठाउँ हो भनेर चिनिन थाल्यो र बिस्तारै त्यस्तो क्षेत्रलाई रेडलाइट एरिया भनिन थाल्यो । अहिले रेडलाइट एरिया भनेपछि वेश्यावृत्तिका लागि छुट्याइएको ठाउँ हो  भनेर बुझिन्छ ।

 

कानुनी मान्यता 

 

कहिले र किन ?

 

एथेन्सका विधायक सोलोनले २ हजार ६ सय ९ वर्षअघि वेश्यावृत्तिलाई कानुनी मान्यता दिएको अप्रामाणिक तथ्य इन्टरनेटमा उपलब्ध लेखहरूमा पढ्न पाइन्छ ।

 

विवाहलाई जोगाउन, यौन दुराचार र विवाहपश्चात् पनि हुने असीमित यौन चाहनालाई सम्बोधन गर्ने हेतुले त्यतिबेलै वेश्यावृत्तिलाई कानुनी मान्यता दिई व्यवस्थित गर्न खोजिएको पाइन्छ । अहिले संसारका ७७ देशले वेश्यावृत्तिलाई पूर्ण रूपमा कानुनी मान्यता दिएका छन् भने ११ मुलुकले आंशिक रूपमा मान्यता प्रदान गरेका छन् । थाइल्यान्ड जस्तो देश त यौन पर्यटनकै कारण प्रख्यात छ ।

 

पाखण्डी हुने कि नहुने ?

 

एउटा स्वस्थ मानिसमा यौनचाहना हुनु आश्चर्यको विषय होइन । चाहे त्यो पुरुष होस् वा स्त्री । विवाह एउटा संस्था हो जसले यौनकर्मलाई अनुशासित तथा मर्यादित तुल्याउन सहयोग गर्छ तर यौनसम्बन्ध राख्न पाउनु र यौन सन्तुष्टि प्राप्त गर्नु फरक कुरा हो । आफ्नो श्रीमान् वा श्रीमतीसँग यौन चाहना पूरा भएको भए संसारमा कसैले पनि अर्को विकल्प खोज्दैनथ्यो होला र वेश्यावृत्तिको विकास पनि हुँदैनथ्यो होला । वेश्यावृत्ति गर्नु र थप यौन सम्बन्ध राख्नु पनि फरक कुरा हो ।

 

सामान्यतया: वेश्यावृत्ति भन्नाले पैसा वा कुनै चिजका लागि एक–अर्कालाई शरीर सुम्पेर मनोरञ्जन गर्नु–गराउनु भन्न सकिन्छ । कसैले आफ्नो प्रेमी वा वैवाहिक सम्बन्धमा हुँदाहुँदै पनि एकअर्काको चाहनामै यौन सम्बन्ध राख्न राजी हुन्छन् र मर्यादित रूपमा सम्बन्ध राख्छन् भने त्यो उनीहरूको निजी सम्बन्ध हो । विवाहितले अविवाहितसँग पनि राख्ला, अविवाहितले विवाहितसँग पनि राख्ला त्यो पूर्णत: उनीहरूको निजी चाहना र निर्णयको कुरा हो । कुनै पनि सम्बन्ध नैतिक र अनैतिक भन्ने हुँदैन । यदि कसैले जर्बजस्ती वा ललाइ–फकाइ कुनै प्रलोभन वा डर–धम्की देखाई करणी गर्छ वा यौनशोषण गर्छ भने त्यसलाई अपराध मान्नुपर्छ तर दुई जना वयष्क महिला–पुरुषले सहमतिमा सम्बन्ध राख्छन् भने त्यहाँ कानुन र समाजको नियमको कुनै मूल्य हुँदैन ।

 

अब कुरा गरौं, समाजले उठाउने प्रश्न के आफ्ना छोरी–बुहारी बेचेर पैसा कमाउने ? एउटा खुला सत्य के हो भने अहिले समाजमा लुकीछिपी भैरहेको यौन कारोबारमा पनि कसै न कसैका छोरी–बुहारी नै सक्रिय छन् र किन्न जाने पनि हामीमध्ये कोही र कसैका छोरा नै हुन् । समाजकै पुरुष र समाजकै स्त्रीबिना यो कार्य सम्भव छैन । हाम्रो र समाजको एउटा आदर्शवादी अनुहार छ अर्को व्यभिचारी दिमाग छ । हामी खुलेर भन्न र स्विकार गर्न डराउँछौं । कुनै नांगो तस्बिर वा भिडियो आयो भने हामी सबै हेर्न उत्सुक हुन्छौं, लुकीलुकी हेर्छौं तर बाहिर नैतिकवान आदर्शवान देखिन पनि पछि हट्दैनौं ।

 

के सामान्य मानिस के उच्च ओहदामा बसेका मानिस समाजमा यौनका भोका र अतृप्त आत्माहरू जताततै छन्, जो आदर्शको खोल ओढेर वा मुखुण्डो लगाएर अन्धकारमा सिकार खोज्न भौंतारिइरहेका छन् । शरीर बेचेर माथि पुग्ने स्त्री र शरीर किनेर वा मागेर पद–पैसा बाँड्ने पाखण्डीहरूको कमी छैन हाम्रो समाजमा । अब धेरै आदर्शको खोल नओढौं ।

 

यदि कसैलाई आफनो शरीर बेच्न र कसैलाई किनेर मन बहलाउन अनि जिन्दगी चलाउन मन छ भने बाटो खुला गरिदिनु पर्छ । बरु त्यसलाई कसरी कानुनी दायरामा ल्याई मर्यादित बनाउने विधि निर्माण गरौं जसले गर्दा कसैले यौनको भोककै लागि अबला र कलिला बालिकाहरूको बलात्कार नगरोस् । बलात्कारी अपराधी हो, पुरुष होइन ।

 

विवाह र यौन ?

 

यौनकै लागि विवाह गर्नेहरू मूर्ख हुन तर समाजले विवाहपछि यौन सम्बन्ध राख्नेलाई मात्र राम्रो मान्छ । त्यसैले कतै यौनकर्म विवाहितको मात्र अधिकार हो भन्ने भ्रम सिर्जना हुन्छ । यौन स्वस्थ मानिस जो कसैलाई गर्न मन लाग्न सक्छ र उनीहरूले आफ्नो यौनसाथी रोज्न सक्छन् । एक जनासँग मात्र यौनसम्पर्क राख्नुपर्छ भन्ने कुरा आदर्शवादी हो ।

 

कसैले राख्छ भने त्यो राम्रो हो । विवाहितले त घरमै सम्बन्ध राख्ला रे तर अविवाहित जोडीलाई सम्बन्ध राख्न मन लाग्यो भने कहाँ जाने ? सहमतिमा कुनै होटल वा लजमा माया, प्रेम, बास्ना जेसुकै होस् साटिरहेका जोडीलाई समात्न बारम्बार नेपाल प्रहरी किन जान्छ ? के झ्यालका पर्दा लगाएर अनि कोठाका चुकुल लगाएर कोठाभित्र सुत्नु गैरकानुनी हो ? प्रहरीलाई यो अधिकार कानुनको कुन धारा र दफाले दिएको छ ? समातेर कसैको व्यक्तिगत अधिकार र इज्जतमाथि खेलवाड गर्नु निर्लज्ज व्यवहारबाहेक केही होइन ।

 

यौन चाहना सबैमा हुनसक्छ । कुनै विधवालाई, कुनै विधुरलाई, कुनै सम्बन्धविच्छेद गरेको पुरुष वा स्त्रीलाई, उमेर ढल्किएकोलाई, वृद्धवृद्धा जो कसैलाई हुनसक्छ । आफ्नो यौन साथी कसलाई चुन्ने दुईजनाको नितान्त व्यक्तिगत कुरा हो ।

 

यदि उमेर पुगेका जो कोही आपसमा सहमत हुन्छन् भने सार्वजनिक ठाउँमा बाहेक गोप्य तरिकाले सम्बन्ध राख्दा समाज र कानुनका सिङ ठाडा हुन आवश्यक छैन । कसैलाई पनि कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने र सार्वजनिक रूपमा हुर्मत लिने अधिकार छैन । एउटाको श्रीमान् अर्काकै श्रीमतीसँग वा कसैकी श्रीमती कुनै परपुरुषसँग आफ्नै रहर, सहमति र चाहनामा शारीरिक सम्बन्ध राख्छन् भने पनि कसैले टाउको दुखाउनु जरुरी छैन । आफ्नो जिन्दगीको व्यवस्थापन गर्ने र आफूले चालेको कदमको भागिदार उनीहरू आफैं हुने हो । त्यसैले कानुनको दुरुपयोग गरेर अनि पाखण्ड देखाएर दोहोरो चरित्र प्रदर्शन गर्ने काम सबैले छोड्नुपर्छ ।

 

के नेपालमा  रेडलाइट एरिया खोल्ने ?

 

हो, सकेसम्म हरेक वडामा हरेक जिल्लामा वा सातै प्रदेशमा खोल्न पहल गर्नुपर्छ । यसले धेरै हदसम्म यौन अपराध रोक्न सहयोग गर्छ । समाजमा व्याप्त बलात्कार र यौनहिंसाका पछाडि यौनदमनको पनि मुख्य भूमिका छ । यौन दमनका कारण नै अब कसैले कसैलाई बलात्कार नगरोस् ।

 

कसैलाई शरीर किन्न र बेच्न मन छ भने कुनै निश्चित ठाउँ छुट्याइदिऊँ जसले गर्दा कुनै रोकटोक अनि भयबिना मानिसहरूले आफ्नो चाहना पूरा गर्न पाऊन् । सरकारले कर उठाओस्, स्वस्थ यौन सम्बन्धका लागि चेतना जगाओस् र उक्त स्थानलाई मर्यादित बनाओस् । अर्को कुरा सहमतिमा माया साट्न कुनै होटल वा लजमा पुगेका जोडीलाई तर्साउने र सामाजिक रूपमा मानमर्दन गर्ने अपराध पनि प्रहरीले नगरोस् ।

 

यति गर्न सके धेरै मात्रामा समाजमा व्याप्त यौन कुण्ठा एवं यौन दमनको व्यवस्थापन हुन्छ । सबैले आफ्नो हैसियत तथा चाहनाअनुसार यौन चाहना पूरा गर्छन् । कसैले यौन बेचेरै जिन्दगी चलाउँछु भन्छ भने पनि त्यो उसको अधिकार हो ।

 

कसैले पनि नचाहिँदो आदर्श देखाएर पाखण्ड प्रदर्शन गर्नुभन्दा आफ्नो अनुहार राम्रोसँग ऐनामा हेर्नु उपयुक्त हुन्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ठूलो साहस गर्नुभएको छ— यो समाजरूपी जमेको पोखरीमा ढुंगा फ्यालेर । उहाँले भनेअनुरूप रेडलाइट एरिया खोलेर यौनकर्मलाई व्यवस्थित गर्न सके समाज फोहोरी होइन सभ्य र मर्यादित हुँदै जाने थियो ।

साप्ताहिकबाट

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...