IME Life
NIMB

राष्ट्रसंघमा प्रधानमन्त्री ओलीको सम्वोधनः मलाई दुई तिहाई समर्थन छ, राजनीतिक स्थिरता भएको छ

NIMB
Himalayan Bank

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई गएराति सम्बोधन गर्नु भएको छ । विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्था बारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो ।

प्रधानमन्त्री ओलीले बहुपक्षीय सद्भाव हाल विश्वको आवश्यकता रहेको बताउनुभयो । उहाँले अन्तराष्ट्रिय कानून प्रतिको पवित्रता कायम गर्नु पर्नेमा जोड दिनुभयो ।

 

विश्वस्तरका समस्या समाधानका लागी साझेदारी र सहयोगको नीति अपनाउनुपर्नेमा जोड दिदै प्रधानमन्त्री ओलीले नेपाल मानवअधिकारको संरक्षण, सुरक्षा र समानताको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

 

उहाँले अमेरिकाको एक पक्षीय नीतिप्रति असहमति जनाउनु भयो । विना कुनै शत्रुता, सबैसँग मित्रताको पक्षमा नेपाली परराष्ट्र नीति रहेको प्रधानमन्त्रीको भनाइछ ।

 

स्वतन्त्रताको लडाईमा रहेका यमन, सिरिया, प्यालेष्टाइनका जनताको मागको सुनुवाइ हुनुपर्नेमा समेत प्रधानमन्त्रीको जोड थियो । प्रवासी श्रमिकहरुको मानवअधिकारको सुरक्षा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

 

वर्तमान आफू नेतृत्वको सरकार संघदेखि केन्द्रसम्म पूर्ण दुई तिहाइ बहुमत प्राप्त सरकार भएकाले समृद्धि र सुशासनका लागि प्रयासरत रहेको उहाँको भनाइ छ ।

 

विदेश नीतिबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले भर्खरै चौथो विमष्टेक सम्मेलन सम्पन्न गरेको र सार्क पनि यथावत रहेको जानकारी दिँदै सबै छिमेकीसँग समान सम्बन्ध राख्ने विदेश नीति रहेको उल्लेख गर्नु भयो ।

 

प्रधानमन्त्री ओलीले संघको बैठकमा २६ मिनेट सम्बोधन गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्र संघमा सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन परिसरमा नेपाली कांग्रेस निकट् व्यक्तिहरुले मुलुकमा बढी रहेको दण्डहिनताको विषयप्रति आक्रोश व्यक्त गर्दै कालो टिसर्ट लगाएर विरोध प्रर्दशन गरेका थिए ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्य’ विषयमा अन्तरक्रिया, संवादमार्फत विवाद समाधानको आवश्यकता औंल्याइयो

काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्य’ विषयमा अन्तरक्रिया, संवादमार्फत...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१३

  काठमाडौं। नेपालस्थित पाकिस्तान दूतावासले काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्यः कानुनी, कूटनीतिक...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...