माछापुच्छ्रे बैंकको थप २ शाखारहित सेवा

Sunday Sep 30, 2018
वि.सं.२०७५ असोज १४ आइतवार १३:५४
काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले इलाम र म्याग्दीमा २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ र म्याग्दीको रघुगंगा गाउँपालिकास्थित राखु भगवतीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
योसहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म २९ शाखारहित बैंकिङ सेवा सुचारु भइसकेको जनाइएको छ । बैंकले नेपालमै पहिलोपटक शाखारहित बैंकिङ सेवामा पनि तुरुन्त खाता खोल्ने व्यवस्था गरेको जनाएको छ ।
त्यस्तै, चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । बैंकले आफ्ना ८६ शाखा, २ एक्सटेन्सन काउन्टर, १ सय १७ एटिएमलगायत २९ शाखारहित बैंकिङ सेवाबाट सेवा दिइरहेको छ ।