IME Life
NIMB

वडा कार्यालय हराएपछि गाउँलेलाई तनाव

NIMB
Himalayan Bank

मकवानपुर : बकैया गाउँपालिका–७ का स्थानीय नारायण बहादुर गुरुङ शनिबार बिहान वडा कार्यालयको बाटो भएर गाउँतिर जाँदै गर्दा कार्यालयको बोर्ड नै देखेनन् ।

कतै झरेको होला भन्ठानेर गुरुङले खासै चासो देखाएनन् । सोही बाटो फर्किँदा पो थाहा भयो, बोर्डसँगै कार्यालयका सबै सामान हराइसकेका थिए । बिहानभरी गाउँले दंग परे । कसैले चोरी भएको पनि आशंका गरे । धेरैबेरको खैलाबैलापछि थाहा भयो, गाउँलेलाई थाहै नदिएर वडा कार्यालय सुटुक्क सारिएको रहेछ !

सामुदायीक वनको भवनमा रहेको वडा कार्यालय शुक्रबार साँझै करिब तीन किमि दुरीमा रहेको हात्तिखोलमा सारेको थाहा पाएपछि स्थानीय शनिबार दिनभर आक्रोशित भए । देशकै ठूलो वडा कार्यालयमा पर्ने पूर्वी मकवानपुरको बकैया–७ का स्थानीयले यसरी वडा कार्यालय सारेको आफैँलाई पत्तो नभएकोमा गुनासो गरेका छन् ।

आइतबार उनीहरुले दिनभर वडा कार्यालय सारिएको स्थानमा आएर आन्दोलन गरे । साथै पुरानै स्थानमा लैजानुपर्ने भन्दै उनीहरुले कार्यालयमै तालाबन्दी गरिदिएका छन् ।

भाइकै घरमा वडा कार्यालय !
७ नम्बर वडा अध्यक्ष रामकाजी लामिछानेले हात्तिखोलास्थित आफ्नै भाइको घरमा वडा कार्यालय सारेका हुन् ।

‘वडा अध्यक्षको भाइको घरमा वडा कार्यालयको बोर्ड झुण्ड्याइएको देखियो तर सामान राखेको कार्यालयमा ताला लगाइएको रहेछ’, नारायण गुरुङले भने, ‘कार्यालय फिर्ता ल्याउन आइतबार दबाव दिएका छौँ ।’

गाउँलेले चुनावमा जिताए तर अहिले गाउँलेकै कुरा नसुनेर एकलौटी निर्णय गरेको भन्दै यस्तो कदमपछि वडाध्यक्षको ब्यापक विरोध भएको छ । ‘अध्यक्षको खल्तीको सामान जस्तो जहाँ पायो त्यहीँ कार्यालय सार्ने भए जनताले जिताएर पठाएको के अर्थ ?’ गुरुङले भने, ‘वडा कार्यालय सबैको पायक पर्ने स्थानमा नभए हामी सञ्चालन हुन दिँदैनौँ ।’

स्थानीय सरोज ढुङ्गेल आक्रोश पोख्छन्, ‘वडा कार्यालय आईपुग्न चार घण्टासम्म हिँड्नुपर्छ, सबैलाई पायक पर्ने स्थानमा रहेको कार्यालय अध्यक्षले आफ्नो भाइको घरमा सारेर जनतालाई दुख दिने काम गरेका छन् ।’

वडा कार्यालय खोज्दै हात्तिखोला पुगेका गाउँलेले सल्लाहविपरित कार्यालय सारिएको भन्दै आइतबार दिनभर कार्यालय घेराउ गर्दै सञ्चालन गर्न दिएनन् । करिब दुईसयको संख्यामा वडा कार्यालय पुगेका उनीहरुले वडा कार्यालय पुरानै स्थानमा फर्काउन माग गर्दै तालाबन्दी गरेका छन् ।

प्रहरीको समन्वयमा वडा कार्यालयका कर्मचारी आफैँले तालाबन्दी गर्ने विवाद समाधान भएपछि मात्र ताला खोल्ने सहमतिपछि असन्तुष्ट स्थानीय फर्किएका छन् । वडाध्यक्ष लामिछानेले भने एकान्तमा सेवा सुविधा नभएको स्थानमा वडा कार्यालय राख्दा सेवाग्राहीको धेरै गुनासो आएपछि कार्यालय सारिएको बताएका छन् ।

‘जंगल नजिक कुनै पसल पनि छैन, कर्मचारीलाई बस्न पनि समस्या भयो’, अध्यक्ष लामिछानेले भने । बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले भने सबै वडाबासीलाई पायक पर्ने स्थानमा स्थायी कार्यालय राख्न समन्वय गरिने बताए ।

त्यसो त, केही वडा सदस्यले समेत आफूहरुलाई जानकारी नदिएरै कार्यालय सारिएको बताएका छन् । वडा सदस्य सोमबहादुर माझीले भने, ‘हामीलाई पनि थाहै नदिएर अध्यक्षले आफ्नो भाइको घरमा कार्यालय लैजानुभएछ !’

अर्का वडा सदस्य शान्ती बिकले पनि आफूलाई झुक्याएर कार्यालय सारिएको भन्दै गुनासो गरिन् । बिकले वडाध्यक्षको यो कदम मान्य नहुने बताएकी छन् । असन्तुष्ट स्थानीय भने साविककै सामुदायीक वनको भवनमा अस्थायी कार्यालय धेरैलाई पायक पर्ने बताउँदै आएका छन्।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...