बच्चा जन्माएर कुलोमा बगाउने कुमारी आमा र प्रेमी परे थुनामा

Wednesday Oct 03, 2018
वि.सं.२०७५ असोज १७ बुधवार १४:४४
पर्वत /बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमा र उनका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन । एक कुमारी आमा पक्राउ परेकी छन ।
पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घाकी १७ बर्षिया अविवाहीत ती युवती सोही ठाउँ बस्ने उनका प्रेमी मनबहादुर मल्ल पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन ।
पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाले सोमबार युवती कुस्मा ९ नावालिका भएका कारण बाल सुधार गृह सानो ठिमी भक्तपुरमा राखेर अनुसन्धान गर्न आदेश दिएका छन भने उनका प्रेमी भनिएका मनबहादुर मल्ललाई पर्वत जिल्ला कारागारमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन ।
ती युवतीले गएको भदौ १८ गते सोमबार राती आफ्नै घरमा शिशुलाई जन्माएर घर नजिकै रहेको पानीको नहरमा फालेकी थिइन । बच्चा जन्माएर हत्या गरि फालेको दुई दिन पछि प्रहरीले ती युवतीलाई पक्राउ गरेको थियो ।
उनले प्रेमी मनबहादुरले बच्चा जे सुकै गर भनेपछि बाध्य भएर मारेर फालेको बयान प्रहरीमा दिएकी थिइन । गर्भ मनबहादुरको हो वा होइन भन्ने कुरा पनि डिएनए परिक्षण पछि मात्रै खुल्ने बताइन्छ ।