बलात्कार पछि हत्या गरिएकी श्रेयाको शव ९ दिनपछि आफन्तले बुझे

Wednesday Oct 03, 2018
वि.सं.२०७५ असोज १७ बुधवार १४:४८
बलात्कार पछि हत्या गरिएकी पोखरा–२२ पुम्दीभुम्दीकी १० वषीया श्रेया सुनारको शव परिवारले बुझेका छन् । उनको ८ असोजमा बलात्कार पछि हत्या भएको थियो । उनका शव ९ दिनपछि आफन्तले बुझेका हुन् ।
दोषी पत्ता पक्राउ परिसकेको, उसले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेकाले अदालतसमक्ष हदैसम्मको कारबाहीको माग गरी मुद्दा दायर गर्ने प्रहरीले आश्वासन दिएपछि शव बुझेको मृतकका हजुरबुवा लिलाबहादुर सुनारले जानकारी दिए ।
पोखरा महानगरपालिका–२२ कोदीका २७ वर्षीय छिमेकी कुशुम पौडेलले बलात्कारपछि हत्या गरेको सरकारी वकिलसँग पनि स्वीकार गरेका थिए । श्रेयाको ८ असोजमा हत्या भए पनि गत मंगललबार मात्रै उनको शव फेला परेको थियो ।
प्रहरीले कुशुमलाई मंगलबारै पक्राउ गरेको थियो भने सोही दिन उनले आफ्नो अपराधसमेत स्वीकार गरेका थिए । आफन्तले शव बुझेसँगै बुधबारै रामघाटमा दाह–संस्कारसमेत गरे ।