CG Electronics
IME Life
Ncell NPL

२८ घन्टापछि निकालियो तिलाको छातीमा गडेको तीनवटा छड

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । दाङको घोराहीमा आइतबार दिउँसो एउटा डरलाग्दो दुर्घटना भयो । दुईवटा मोटरसाइकल ठोक्कियो । त्यसमध्ये एउटा मोटरसाइकल उछिटि्टएर बाटोमा हिँडिरहेकी तिला परियारलाई लाग्यो । उनी रड बोकेको ट्याक्टरमा ठोक्किन पुगिन् र उनको छातीमा तीनवटा रड छिर्‍यो ।

उनको एउटा घाँटीबाट बाहिर निस्कियो भने दुईवटा रड कुमबाट बाहिर निस्कियो ।

सोच्दा पनि आङ जिरिङ्ग हुने दुर्घटनामा परी घाइते तिला दाङको घोराही उपमहानगरपालिका ३ झिङ्नीकी हुन् । उनी घोराहीमा कपडा सिलाउने पसलमा रहेका श्रीमानका लागि खाना लिएर आएकी थिइन् । श्रीमानलाई खाना दिएर बिग्रेको मोवाइल बनाउन दिएर फर्किँदै गर्दा उनी दुर्घटनामा परेकी हुन् ।

दिउँसो साढे दुई बजेतिर दुर्घटना भएपछि घाइतेलाई दाङकै उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगियो । राप्ती उपक्षेत्रीय अस्पतालले भैरहवा मेडिकल कलेजमा रिफर गर्‍यो । त्यसपछि सुरु भयो तिलाको अत्यासलाग्दो उपचार यात्रा ।

छातीमा गोपिएको तीनवटा रड निकाल्न दाङदेखि भैरहवा, काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर हुँदै टिचिङसम्म पुर्‍याइयो । उनलाई उपचारका लागि लिएर आएका पत्रकार जनक नेपालीका अनुसार खाल्डाखुल्डी भएको सडकमा रड हल्लिएर ल्याउन निकै समस्या भएको थियो ।

‘लमहीदेखि भालुवाङसम्म ल्याउनै २ घण्टा लाग्यो, रडहरु हल्लिएर झन् समस्या हुने हुनाले विस्तारै ल्याउनुपर्थ्यो’ उनले भने ।

तिलालाई राति साढे १ बजेतिर भैरहवा मेडिकल कलेजमा पुर्‍याइएको थियो । डाक्टरहरुले समस्या हेरे । एउटा रड मुटु नजिक रहेको देखेपछि उपचार गर्न डराए । ‘एउटा रड मुटुमा छ कि भन्ने कुरा गर्नुभयो । यो अपरेशन गर्नका लागि चाहिने मेसिन छैन । हामी गर्न सक्दैनौं भन्नुभयो’ नेपालीले  भने ।

त्यसपछि आफन्तले काठमाडौंतर्फ ल्याए । उनीहरु सोमबार दिउँसो ११ बजे काठमाडौं आइपुगे । ट्रमा सेन्टरमा उपचारका लागि लगियो । त्यहाँ पनि भैरहवामा जस्तै ‘मुटुमा रड भित्र गडेको भए उपचार गर्न कठिन हुन्छ, टिचिङ लैजानुस्’ भने ।

आफन्तले बेहोस अवस्थामा रहेकी तिलालाई दिउँसो साढे २ बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याए ।

त्यहाँ उनको शल्यक्रिया गरी रड निकालियो । अपरेसन सकिँदा बेलुका साढे साढे ६ बजेको थियो । ‘बाँच्लाजस्तो लागेको थिएन । आफन्तहरु सबै रुँदै आएका हौं’ नेपालीले भने ‘भैरहवामा एउटा पेनकिलर हालिदिनुस् भन्दा पनि मान्नुभएन ।’

तिलाको सोमबार बेलुकासम्म होस आएको छैन । त्रिवि शिक्षण अस्पतालमा डा. उत्तमकृष्ण श्रेष्ठसहितको टिमले तिलाको अपरेसन गरेको थियो । जुन अपरेसनले उनको शरीरबाट साढे २८ घण्टापछि रड निकाल्न सफल भयो ‘कम्तीमा विरामी बचाउन सक्यौं । दशैं मान्ने गरी घर पठाइदिन्छौं भन्नुभएको छ’ नेपालीले भने ।

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...