CG Electronics
Ncell NPL
NIMB

विप्लवको कार्यक्रम नियाल्न पुलिस क्लबमा ‘सुरक्षा समिति’को कमाण्ड पोष्ट

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजधानीको प्रदर्शनीमार्गमा आयोजना गरेको जनसभालाई लक्षित गरेर सरकारले काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

काठमाडौंको बबरमहल, लैनचौर र कालिमाटीबाट निस्किएको जुलुस तथा कार्यक्रम स्थलको सुरक्षार्थ ८ सय भन्दा बढी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले रातोपाटीलाई जानकारी दिए ।

जिल्ला सुरक्षा समिति काठमाडौँले विप्लवको कार्यक्रम नियाल्नका लागि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा ‘कमाण्ड पोष्ट’ खडा गरेको छ ।

कमाण्ड पोष्टमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं प्रहरी प्रमुख, नेपाली सेनाका कर्णेल, राष्ट्रिय अनुसन्धान विभागका एसपी र सशस्त्र प्रहरी बलका एसपीले संयुक्त रुपमा कार्यक्रम स्थलको बस्तुस्थिति बारे निगरानी गरिरहेका छन् ।

पार्टी पुनर्गठन दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको सभामा करिब १२ हजारको संख्यामा कार्यकर्ता तथा समर्थक उपस्थित हुने सुरक्षा निकायले आँकलन गरेका छन् ।

कार्यक्रम स्थलको सुरक्षार्थ प्रदर्शनीमार्गमा काठमाडौंका प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा उल्लेख्य संख्यामा नेपाल प्रहरीका सिनियर अफिसरहरु खटिएका छन् ।

शनिवारको जनसभालाई स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्म ‘प्रकाण्ड’ लगायतले सम्वोधन गर्ने कार्यक्रम छ । सो पार्टीका महासचिव विप्लव भने अहिले ‘भूमिगत’ अवस्थामा आफ्ना राजनीतिक गतिविधि चलाउँदै आएका छन् ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...