Nabil Bank
prabhubank
nic bank

बद्नाम भएका मन्त्रीहरु को–को ?

मिडिया स्पेस सोलुसन्स प्रालि

रमेश कुमार बोहोरा
काठमाडौं । सरकार निर्माण भएको आज ९ महिना ५ दिन पूरा भएको छ । यसवीचमा ९ वटा काम पनि जनताको प्रत्यक्ष फाइदा हुने गरी भएको छैन । सरकार भने अनावश्यक गफ गर्न र आश्वासनको खेती गर्न मै व्यस्त छ ।

 

विपक्षीहरुले के भन्छन् र उनीहरुको जवाफ कसरी दिने भन्ने बाहेक सरकार, प्रधानमन्त्री, मन्त्री र उनका अरौटेभरौटेहरुको ध्यान गएको छैन । प्रधानमन्त्रीले हालै गरेको मन्त्रालयको समीक्षामा पनि मन्त्रीहरुले सहयोग नगरेको र आफ्नो सोंच अनुसार नचलेको भनी मनगढन्ते कुरा गरेका छन् । तर, उनले कुन मन्त्रीले के काममा सहयोग गरेनन्, त्यो भने प्रष्ट पारेका छैनन् । आफू अलोकप्रिय भएपछि जनताले आलोचना गर्न थालेर त्यसलाई ढाकछोप गर्न उनले मन्त्रीहरुमाथि दोष थुपारिरहेका छन् । तर काम नगर्ने मन्त्रीहरुलाई भने उनले बर्खास्त गर्न सकेका छैनन् ।

 

मन्त्री बनाउने र हटाउने निर्णय भने प्रधानमन्त्रीले एक्लै गर्न सक्छन् । भाषणमा भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै आएपनि उनका मन्त्रीहरु भने कमाउनमै व्यस्त छन् । मन्त्रीले कमाएको पैसा ओली, उता माओवादीका नेता प्रचण्ड र गुटगत रुपमा अन्य प्रमुख नेताले पाउने गरेको बताइएको छ । मन्त्रीहरुको आलोचना भइरहँदा पनि ओली चुपचाप छन् । यसको अर्थ मन्त्री बनाउँदा पनि ठुलो धनराशी लिएको हुनसक्ने अनुमान सोझै लाउन सकिन्छ ।

 

गृहमन्त्री रामबहादुर थापा मगरले गृह प्रशासनमा राम्रो गर्छु भने पनि उनी अहिले कलंकित भएका छन् । केही राम्रा योजना अघि सारेका उनलाई ओलीले नै गर्न नदिएको बताइएको छ । थापा अघि बढेपछि आफूलाई अप्ठ्यारो हुने डरले ओलीले प्रचण्डलाई पोल लाएर प्रचण्डले थापालाई थर्काएका थिए । ‘मन्त्री रहने कि सिंह बन्ने’ भनेर प्रचण्डले हप्काएपछि थापा अहिले निरीह बनेका छन् । आफ्नो योजनामा असहयोग गरेपछि जागीर टिकाउनका लागि मात्रै भएपनि थापा मन्त्री बनेका छन् । आफूले गरेको योजना सम्भव नभएपछि वा अरुले असहयोग गरेपछि राजिनामा दिएर स्वतन्त्र जीवन बिताएको भए उनको चर्चा अहिले व्यापक हुनेथियो । यसअघि माधव कुमार नेपाल प्रधानमन्त्री र गृहमन्त्री भीमबहादुर रावल रहेको बेला गृहराज्यमन्त्री रिजवन अन्सारीले आफुलाई जिम्मेवारी नदिएको भन्दै राज्यमन्त्री राजिनामा दिएका थिए । त्यसपछि रिजवनको उचाई बढ्दै गएको छ ।

 

३३ किलो सुनकाण्डमा मुछिएकालाई सफाइ दिनु र त्यो सुन कहाँ छ भनेर अझै पनि जनतामाझ प्रष्ट जवाफ नदिनुले ३३ केजी सुन खाने प्रधानमन्त्री, गृहमन्त्री र पार्टीकै प्रमुख नेताहरु हुन् भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

 

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको यतिधेरै समय वितिसक्दा पनि काण्डमा संलग्नलाई पक्राउ गरेर कारवाही गर्न नसक्ने सरकारले ठुला कुरा गर्नुको कुनै पनि अर्थ रहँदैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि अहिले निष्क्रिय भएका छन् । यसअघि सामान्य प्रशासन मन्त्री हुँदा कमाएको उनको इज्जत अहिले सकिएको छ । कर्मचारी व्यवस्थापन गर्न नसक्नु र सासन प्रशासनमा कमजोर देखिनु उनको अहिलेको समस्या हो ।
३ पटक सम्म कास्कीबाट निर्वाचन जितेका एमालेका रविन्द्रप्रसाद अधिकारी पर्यटन मन्त्री भएपछि भएको बदनामीले अहिले अरु नेताहरुपनि अचम्मित बनेका छन् । मन्त्री भएपछि शुरुदेखि नै उनी विवादित र विभिन्न काण्डमा नाम जोडिन थाले । विमान प्रकरण होस् वा अन्य प्रकारका काण्डले उनलाई नराम्ररी थला पारेको छ । एकले अर्कालाई आरोप लगाएर उनी उम्कन खोजेका छन् ।

 

अर्थमन्त्री युवराज खतिवडा आएपछि जनताले केही राहत पाइएला भन्ने आशा गरेका थिए । तर जनतालाई सेवा दिने पक्षमा भने उनी कठोर भएका छन् । आफूलाई जति पैसा खर्च गर्न मिल्ने र जनताको न्यूनतम आवश्यकता पूरा गर्न पनि चासो नराख्ने उनी जेष्ठ १५ गतेबाट कलंकित भएका छन् । बृद्धभत्ता ५ हजार रुपैयाँ दिने नेकपाको घोषणा पछि जनताले आशा गरेपनि त्यो सम्भव नभएपछि खतिवडाविरुद्ध धारे लाउन थालिएको छ । उनीहरु मात्रै होइनन् अरु मन्त्रीहरु पनि बद्नाम बन्दै गएका छन । मन्त्रालयको जिम्मेवारी दिएपछि राम्रो काम गर भन्नुको सट्टा मन्त्रालयबाट अनुचित फाइदा उठाउनेमा सबैजसो प्रमुख नेता लागि परेका छन् । सरुवा बढुवा, ठेक्कापट्टा र अन्य गतिविधिमा उनीहरुको ध्यान गएको छ । जनतासँग प्रत्यक्ष सम्बन्ध राखेर उनीहरुको गुनासो सुन्नुको सट्टा मन्त्रीहरु सीमित स्वार्थमा लागेका छन् ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ २ नं. प्रदेशका राम्रै र हुनेखाने नेताका रुपमा चिनिन्छन् । तर, उनले पनि मन्त्रालयमा आएर जनताका पक्षमा काम गर्न सकेका छैनन । सडकमा खाल्डाखुल्टी बढिरहेका बेला त्यसलाई पुर्नुको सट्टा उल्टै जनतालाई गाली गरेर हिँड्ने काममा उनी लागिपरेका छन् । निर्माणको जिम्मा लिएर विभिन्न ठाउँमा सडक तथा पुल अलपत्र पारेको पप्पु कन्स्ट्रक्सनलाई नै निर्माणको जिम्मा दिएको छ सरकारले । निर्माणको जिम्मा दिएवापत नेताहरुले कमिशन पहिलेनै लिइसकेका छन् । कमिशन फिर्ता गर्नुपर्ने भएपछि पप्पुले नै जिम्मा पाएको छ । तर अहिले उसलाई ब्ल्याक लिष्टमा राखिएको छ ।

 

सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि अहिले आलोचित भएका छन् । सरकारले गरेका निर्णयलाई सकारात्मक भन्दा पनि नकारात्मक ढंगले प्रचार गर्ने र आफूलाई पत्रकारको ठेकेदार नै हुँ भन्ने उनी अहिले सरकारको अत्यन्तै घाँडो मन्त्रीका रुपमा देखा परेका छन् । पत्रकारसँग मितव्ययी व्यवहार गर्नुको साटो आफू नै महान् भएको भन्दै मुखमुखै लाग्न थालेका छन् । बाँस्कोटाको आलोचनाले सरकारलाई पनि समस्या परेको छ । ओलीको प्रियपात्रका रुपमा चिनिएका उनी ओलीको बालकोटमा रहेको घरमा नै बस्दै आएका छन् ।

 

‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता गरे शिक्षामा सुधार आउँछ : मन्त्री श्रेष्ठ

‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता गरे शिक्षामा...

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३०

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ठूला...

कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु : अर्थमन्त्री पुन

कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु :...

वि.सं.२०८१ वैशाख ३० आइतवार १८:५१

काठमाडौँ, ३० वैशाख– अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका...

‘विकासको मामिलामा राजनीति भन्दा माथि उठेर एकजुट हुन आवश्यक’ : मन्त्री महासेठ

‘विकासको मामिलामा राजनीति भन्दा माथि उठेर एकजुट...

वि.सं.२०८१ वैशाख २९ शनिवार २३:०१

  काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर...

आगामी बजेटले अर्थतन्त्र चलायमान हुन्छ, नागरिक उत्साहित हुनेछन : अर्थमन्त्री

आगामी बजेटले अर्थतन्त्र चलायमान हुन्छ, नागरिक उत्साहित...

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३३

  काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटले अर्थतन्त्र चलायमान...

विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौं : शिक्षामन्त्री श्रेष्ठ

विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौं :...

वि.सं.२०८१ वैशाख २५ मंगलवार १८:०५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा...

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग...

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५८

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका...