रक्सीको बोतल अगाडी राखेर नेताहरुलाई सराप्दै यसरी नाचे पूर्व राजा ज्ञानेन्द्र,कति पेग पिए त रक्सी?
Sunday Nov 25, 2018
वि.सं.२०७५ मंसिर ९ आइतवार १०:२९

काठमाडौ । राजतन्त्रको पुनर्स्थापनाको माग गर्नेहरुले हिन्दू धर्म र राजतन्त्रलाई एक अर्काको परिपूरकका रुपमा अथ्र्याउँदै आएका छन्।
स्वयं पूर्वराजा ज्ञानेन्द्रले पनि बहुसंख्यक हिन्दू धर्मावलम्बीहरुको बसोबास रहेको नेपाललाई लोकतन्त्र स्थापनापछि धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएकोमा बेलाबेला असन्तुष्टि जाहेर गर्दै आएका छन्।
हुन त, बढ्दो आधुनिकताबीच मदिराजन्य बस्तु सबै धर्मावलम्बीहरुका लागि ‘साझा प्रिय बस्तु’ बनिसकेका छन्। तर, खासगरी कट्टर हिन्दू धर्मावलम्बीहरुबीच मदिरा सेवन धार्मिक दृष्टिले अहिलेपनि बर्जित बस्तु हो।
राजतन्त्रकालमा विश्व हिन्दू महासंघले ‘हिन्दू सम्राट’ घोषणा गरेका पूर्व राजा ज्ञानेन्द्र र उनका छोरा पूर्व युवराज पारस मदिरा सहितको रात्रिभोजमा सरिक भएको देखिन्थ्यो। हुन त राजखान्दान होस् वा राणखान्दान मदिरा सेवन उनीहरूका लागि पहिलेदेखि नै नयाँ कुरा चाहिँ होइन।
दरवारमा कुटनीतिक पाहुनालाई स्वागत गर्दा होस् वा आन्तरिक जमघट सबैमा मदिरा सेवन एउटा परम्परा नै बनेको छ।
शुक्रबार दरवारमार्गमा रात्रिभोजमा खिचिएको एउटा तस्वीरमा पूर्वराजा ज्ञानेन्द्र र पूर्व युवराज पारस मदिराको बोत्लत अगाडि देखिएकोमा भने कतिपय राजावादीले नै अप्ठेरो मानेका छन्।
तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाहका ज्वाइँ राजीव शाह (जेठी छोरी पूजा शाहका पति) को जन्मदिनको अवसरमा दरवारमार्गस्थित त्रिसरा रेष्टुरेन्टमा सो रात्रिभोज आयोजना गरिएको थियो।
रात्रिभोजमा पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, छोरा पारस सहित उपस्थित भएका थिए। यसैगरी स्व राजा वीरेन्द्रका ज्वाइँ गोरख शमशेर लगायत पनि सो कार्यक्रममा उपस्थित थिए।
पूर्व राजपरिवारका ज्वाइँको जन्मदिनको अवसरमा आयोजना गरिएको रात्रिभोज भएकाले पूर्व राजपरिवारका अन्य सदस्य र नातेदारहरुको उपस्थिति थियो।
‘हामी चाहिँ हिन्दू धर्मको रक्षाका लागि राजतन्त्र पुनस्र्थापना आवश्यक छ भनेर हिँडिरहेका छौँ’, राजपरिवारका एक शुभेच्छुकले भने, ‘तर, पूर्वराजा र राजपरिवारका सदस्यले रक्सीको बोत्लत अगाडि राखेर खिचेको तस्वीर सार्वजनिक भएपछि हामी लज्जित भएका छौँ।’
निर्मल निवास निकटस्थ ती व्यक्तिका भनाईमा, गत सालपनि पूर्वराजपरिवारको तर्फबाट यस्तै तस्वीर सार्वजनिक भएको थियो।
‘मुलुकमा क्रिष्चियानिटी फैलिएकोमा सर्वत्र चिन्ता छ, भेटघाटमा पूर्वराजापनि यस्तै भन्छन्’, उनले भने, ‘तर, गत साल क्रिसमस डेका दिन त्यही रेष्टुरेन्टमा पुगेर पूर्व राजपरिवारले क्रिसमस बनाएको तस्वीर सार्वजनिक भयो।’
सार्वजनिक भएको तस्वीरमा रक्सीको बोतलसहित देखिएका पूर्वराजा शाह पछिल्लो समय धार्मिक उद्देश्यका साथ देशव्यापी दौडाहामा निस्कने गरेका छन्। उनी मुलुकका जुन ठाउँमा पुग्छन्, त्यहाँका धार्मिक अनुष्ठानमा पुगेर पुजाआजा गर्ने गर्छन्।
‘मठमन्दिरमा जाने र पुजाआजा गर्ने गर्दा राजसंस्थाप्रति विस्तारै समर्थन बढ्दै गएको छ’, ती शुभेच्छुकले भने, ‘तर भित्रभित्रै क्रिसमस मनाउने र रक्सीको बोतल अगाडि राखेर तस्वीर खिचाउने हो भने पूर्वराजपरिवार हिन्दू धर्मको संरक्षणप्रति गम्भीर छ भनेर कसरी मान्ने?’






















