Nabil Bank
prabhubank
nic bank

डा. केसीको जीवन रक्षाको माग गर्दै कांगेसद्वारा संसद अवरुद्ध

मिडिया स्पेस सोलुसन्स प्रालि
k|ltlglw;ef a}7s
;+3Lo ;+;b ejg, gofFafg]Zj/df cfOtaf/ a;]sf] k|ltlglw;efsf] a}7snfO{ cj?4 ub}{ k|d’v k|ltkIf bn g]kfnL sfFu|]; . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं माघ १७ ।  अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा शुरूमा सभामुखसँग समय लिएर कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले डा. केसीको जीवन रक्षाको माग गर्ने बाटो नबन्दासम्म संसदको बैठक चल्न नदिने बताए ।

उनले वार्तामार्फत् निकास खोज्न आग्रह गरे । प्रतिपक्षी दलको नेताको उपस्थिति विना संवैधानिक परिष्दको बैठक बसेकोप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति पनि असन्तुष्टि जनाएको छ ।

‘सभामुख महोदय यो सभा सरकारको उत्पत्तिको लागि मात्र होइन, सरकारलाई जनताप्रति निरन्तर उत्तरदायी बनाउनु सभामुखको भूमिका हो,’ रिजालले भने । स्व. कृष्णप्रसाद भट्टराईको भूमिका स्मरण गर्दै सभामुखलाई आगामी दिनमा सत्ता र पतिपक्षको साझा नेताको रुपमा काम गर्न आग्रह गरे ।

रिजालले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदानको अवमूल्यन गरेका कारण आफूहरूले संसदको बैठक अवरुद्ध गर्नुपर्ने अवस्था आएको उनले बताए ।

‘सहज रुपमा प्रतिपक्षले संसद अवरुद्ध गर्दैन, प्रतिपक्षसँग त्योबाहेक अर्को विकल्प हुँदैन, सरकार गलत बाटोमा हिँडेका कारण संसदको बैठक अवरुद्ध गर्यौ,’ रिजालले भने, ‘अवरोध नगरेको भए सरकारलाई बाध्य गरायौं, संसद सरकारलाई सच्चाउने थलो हो ।’

सभामुख कृष्णबहादुर महराले कांग्रेसको समेत सहभागितामा छलफल भएको र प्रक्रियामा सहभागी भएकाले विरोध गरिराख्नु नपर्ने बताए ।

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटे

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटे

वि.सं.२०८१ जेठ २ बुधवार २३:०३

  काठमाडौं । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ...

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

वि.सं.२०८१ जेठ २ बुधवार १९:४९

  काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको...

लामिछानेलाई क्यानले आईसीसी टी–२० खेल्न पठाउने

लामिछानेलाई क्यानले आईसीसी टी–२० खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:४७

  काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले...

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै...

वि.सं.२०८१ जेठ २ बुधवार १९:४४

  काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध पार्टी अध्यक्ष...

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई

वि.सं.२०८१ जेठ २ बुधवार १९:३८

  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई...

अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’

अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी...

वि.सं.२०८१ जेठ २ बुधवार १९:३५

  काठमाडौं । अर्थमन्त्री वर्षमान पुन सरकारको नीति तथा कार्यक्रममा...