अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रिबितरण गरिरहेको अबस्थामा प्रहरीको छापा
Monday Feb 18, 2019
वि.सं.२०७५ फागुन ६ सोमवार ११:०४

निरंजन कुमार साह, जनकपुरधाम ६ । धनुषाको बिदेह नगरपालिका बाट अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रिबितरण गरिरहेको अबस्थामा प्रहरीले छापामारी गरि नस्ट गरेको छ ।
बिदेह नगरपालिका वडा नम्बर ४ स्थित झिझा टोलमा कासिन्द्र भनिने कासी पासवान भट्टी संचालन गरि अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रिबितरण गरिरहेको विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खजुरीका इन्सपेकटर शंकर प्रशाद चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त भट्टीको खानतलासी गरि घरेलु मदिरा उत्पादन नष्ट गरेका छन ।
फलामे पाइप एक थान,गेलेन एक थान,तसला सानोठुलो गरि दुई थान,दुई सय लिटर को पलास्टीक डराम एक थान,तयारी अबस्थामा रहेको कच्चा पदार्थ २०० लिटर फेला पारी स्थानिय जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरेको हो ।
अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिएका भाडाकुडा समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएका छन ।संचालक पासवान भागनमा सफल भएको ईलाका प्रहरी खजुरीका इन्सपेकटर चौधरीले बताए ।























