CG Electronics
IME Life
NIMB

राजपाका प्रदेश मन्त्री र प्रदेश संसदबिच घमसाघमसी 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
निरंजन कुमार साह, जनकपुरधाम १२ फागुन । प्रदेश नम्बर दुई का राजधानी जनकपुरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक जनकपुरमा तीन दिन देखि  जारी छ।
शुक्रवारदेखि प्रारम्भ भएको प्रदेश स्तरीय बैठकमा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवको अध्यक्षतामा भएको बैठकमा अध्यक्ष मण्डल सदस्य महन्त ठाकुर , राजेन्द्र महतो,शरत सिंह भण्डारी,राजकिशोर यादव, अनिल झा को साहभागिता मा भएका छन ।
प्रदेश नम्बर दुईका सरकारको काम कारवाही, पार्टीको नीति लगाएतको समिक्षा गर्न बसेको बैठक लगातार तीन दिनदेखि जारी रहेका छन । बैठकको पहिलो दिन राजपा अध्यक्षमण्डल र प्रदेश नम्बर दुईका मन्त्री तथा सांसदहरुबीच मन्त्रीहरुको कार्यसम्पादन बारे छलफल भएको थियो भने दोस्रो दिन स्थानीय पालिकामा राजपाबाट निर्वाचित प्रमुख,उपप्रमुखहरुको कार्यसम्पादन, मूल्याङ्कन, समस्या, चुनौतीबारे छलफल भएको भएका छन ।
पहिलो दिनको छलफलमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री राम नरेश राय र समाजिक विकासमन्त्री नवलकिशोर साहको कार्यशैलीप्रति सांसद तथा राज्यमन्त्रीले व्यापक आलोचना गरेका छन भने प्रदेश सरकारमा राजपाबाट चुनिएका मन्त्रीहरुको भूमिका तथा कामकारवाही सन्तोषजनक हुन नसक्दा जनता र पार्टी कार्यकर्तामा सरकारको अनुभूति नै हुन नसकेको भन्दै बैठकमा मन्त्रीद्धयको आलोचना भएका छन ।
केहीदिन अगाडि  हृदयघात  भएपछि निवासबाटै मन्त्रालका कामकाज गर्दै आएका मन्त्री रामनरेश रायबारे सांसदहरु झनै बढी असन्तुष्ट देखिएका छन । ‘मन्त्रीज्यूको कार्यशैलीबाट जनताका साथै आफ्नै पार्टीका सांसद तथा कार्यकर्ताहरु समेत सन्तुष्ट छैनन ।
मन्त्री रायले पनि जनअपेक्षा अनुसा काम गर्न नसकेको स्वीकार गरेको हो । ‘स्थानीय तहदेखि प्रदेश तथा केन्द्र सरकारसम्म जिम्मेवार पदमा पुगिसकेपछि जनअपेक्षा अनुसार काम हुन सक्दैन त्यसैले आलोचना हुनु स्वभाविक छ ।
भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र समाजिक विकासमन्त्री नवलकिशोर साहले आफ्ना आफ्ना समस्या र चुनौतीहरु राखेका थिए। तर मन्त्रीले बोलिसकेपछि राज्यमन्त्रीहरु भने उनीहरुको विरोधमा खनिएका थिए। उनीहरुले मन्त्रीले राज्यमन्त्रीसँग समन्वयनै नगरी काम गरेको गुनासो पोखदै  मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाएका छन ।
मन्त्रीले मनमौजी काम गर्ने गरेको, कार्यविभाजन नगरेको, मन्त्रालयको कामहरु निकै सुस्त रहेको राज्यमन्त्रीले आरोप लगाएका थिए।
शुक्रवारदेखि प्रारम्भ भएको प्रदेश स्तरीय बैठकमा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवको अध्यक्षतामा भएको बैठकमा प्रदेशका साँसद, राजपाबाट निर्वाचित मेयर, उपमेयर, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री लगायतको सहभागिता रहेको थियो ।
पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...