यिनै हुन् नेपालका १२ सय विद्यार्थीलाई अष्ट्रेलिया पठाएर विचल्ली पार्ने नाइके विष्णुहरि
Sunday Feb 24, 2019
वि.सं.२०७५ फागुन १२ आइतवार १०:०६
काठमाडौ फागुन १२ । वैदेशिक रोजगारीमा जे जस्तो ठगी छ त्यो भन्दा डरलाग्दो लुट छ शैक्षिक परामर्श केन्द्रको । नाम शैक्षिक परामर्श केन्द्र तर धन्दा म्यानपावर व्यवसायको झैं । शैक्षिक परामर्श केन्द्रका नाममा म्यानपावरको झैं व्यवसाय गर्ने धन्दा मौलाउदै मात्र गएका छैन् । यो क्षेत्रका धमिराहरुका कारण एक पछाडि अर्का विद्यार्थीहरुको विदेशमा बिचल्ली हुने क्रम बढ्दै गएको छ ।काठमाडौंका शहरका चोक चोक र गल्ली गल्लीमा कन्सलटेन्सी व्यवसाय । जहाँ शहरका सौन्दर्यलाई समेत कुरुप पार्ने गरी कन्सलटेन्सीका वोर्डहरु देख्न पाइन्छ । तर बाहिर जे देखिन्छ भित्र यिनीहरुको लुटधन्दा निकै डरलाग्दो छ ।
हालै मात्र अध्ययनका लागि अष्ट्रेलियामा पुगेका १२ सय नेपाली विद्यार्थीहरुको बिच्चली परेपछि यस्का रहष्य एक पछाडि अर्को बाहिरिएको छ । र यो डरलाग्दो माखेसांग्लोमा संग्लग्न रहेको भेटिएका छन् विष्णुहरि पाण्डे । जो इक्यान नामक कन्सलटेन्सी व्यवसायीहरुको छाता संगठनका अध्यक्ष पनि ।
उनकै कारण १२ सयभन्दा बढी नेपाली विद्यार्थीहरुको बिचल्ली भएको हो ।
पाण्डे नै सञ्चालक भएको रोयल कन्सल्टेन्सी नेपालको लागि आधिकारीक एजेन्ट भएको छ । त्यही कारण यो गैरकानुनी धन्दाको मुख्य नाइके नै उनै पाण्डे रहेको समेत खुलासा भएको छ ।
अष्ट्रेलियामा रहेको एआइबिटी कलेजको एजेन्ट नै इक्यानका अध्यक्ष पाण्डे रहेको भेटिएसँगै यो तथ्य पर्दाफास भएको हो । पाण्डेको स्वामित्वमा रहेको रोयल एजुकेशन फाउन्डेशनले उक्त कलेजको एजेन्टको काम गर्दै आएको छ ।
अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी एआईबीटीमा मनपरी रुपमा विद्यार्थी पठाए पाण्डे लगायत दर्जन कन्सल्टेन्सीका सञ्चालकहरु हाल सम्पर्क बिहिन भएका छन् ।
सो कलेजका नेपाली विद्यर्थाीहरु पठाउने कन्सलटेन्सीहरुमा एक्सपर्ट भिसा एण्ड एजुकेशन सर्भिसले २ सय भन्दा धेरै विद्यार्थी पठाएको भेटिएको छ । यसरी विद्यार्थीलाई रुवाउने विभिन्न आठ वटा कन्सलटेन्सीहरु भेटिएको छ । यस्ता कन्सलटेन्सीहरुमा सबैभन्दा धेरै विद्यार्थी ठग्नेमा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्विसेस र मर्सि एजुकेसन भएको पीडा विद्यार्थीहरुले पोखेका छन्।
अल्फाबिटा, कंगारु एजुकेसन, डल्फिन, एबिसी माइग्रेसन एन्ड एजुकेसन, काठमान्डु इन्फोसिस र कैलाश एजुकेसन पनि विद्यार्थी ठगी प्रकरणमा मुछिएका छन् ।
























