CG Electronics
IME Life
NIMB

१ लाख ३१ हजार कर्मचारीको समायोजन सकियो,२० हजारका लागी लोकसेवा खुल्दै

NIMB
Himalayan Bank

 


काठमाडौं चैत्र १४ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेको छ ।

आज बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लालबाबु पण्डितले समायोजनाको काम सम्पन्न भएको घोषणा गरे ।मन्त्रालयका सहसचिव सुरेश अधिकारीका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दीमा ४० हजार ७ सय ६९ समायोजना भएका छन् ।

प्रदेशमा २२ हजार २ सय ९७ दरबन्दीमा १४ हजार ६ सय ५९ समायोजन सम्पन्न भएका छन । स्थानीय तहमा ६६ हजार ९ सय ८ जनामा ३१ हजार ४३ जना समायोजना भएको अधिकारीले बताए । स्थानीय तहमै साविकका स्थानीय निकाय, जिविस र अन्य सेवाका गरी थप १२ हजार ९७ कर्मचारी समेत स्थानीय तहमा समायोजन भएका छन् ।

समायोजन महाशाखाका सहसचिव केदारप्रसाद पनेरुले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनसँगै कर्मचारी समायोजनाको काम सकिएको जानकारी दिए । सहसचिव अधिकारीले समायोजनको गुनासोलाई चैत भित्रमा सम्बोधन गरिने बताए ।

पत्रकार सम्मेलनमा मन्त्री लालबाबु पण्डितले रिक्त रहेका कर्मचारीको पदपूर्तिका लागि लोक सेवा आयोगमार्फत छिट्टै भर्ना खोल्ने बताए । ‘१५ देखि २० हजार नयाँ कर्मचारी भर्नाका लागि लोक सेवा आयोगलाई आग्रह गर्दैछौं,’ मन्त्री पण्डितले भने ।

समायोजनको काम कुशलतापूर्वक सम्पन्न गरेको भन्दै मन्त्री पण्डितले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिश मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको प्रशंसा गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका २७३०२ कर्मचारीको सूची सूची आज सार्वजनिक गर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सकिएको औपचारिक घोषणा गरेको छ । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी संघीय संरचना अनुसार कर्मचारीको समायोजन सकिएको घोषणा गरेको हो।

मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजन सकिएको घोषणा गरिएको हो । समायोजन महाशाखा प्रमुख के्दार पनेरुका अनुसार कूल १ लाख ३१ कर्मचारी समायोजन भएका छन् । जसमध्ये संघमा सूची ४८४०९ दरबन्दी रहेकोमा ४०७६९ समायोजन भएका छन् । यस्तै प्रदेश तहमा २२२९७ दरबन्दी रहेकोमा १४६५९ समायोजन भएका छन् । स्थानीय तहमा कूल ६६९०८ दरबन्दी रहेकोमा निजामती सेवाबाट ३१ हजार ४३ ,साविकका स्थानीय तह १०५४० साबिकको जिविसबाट १२४१ र अन्य सेवा ३१६ गरी जम्मा १२ हजार ९७ कर्मचारी समायोजन भएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य, निजामति सहित सबै सेवाका कर्मचारीको समायोजन सकिएको घोषणा गरिएको छ। यद्यपि स्वास्थ्यका कर्मचारीको समायोजन सूची भने सार्वजनिक भएको छैन।

मन्त्रालयका अनुसार स्वास्थ्यका सहित एक लाख ३१ हजार कर्मचारी समायोजन भएका हुन्। जसमध्ये स्वास्थ्यका २७ हजार ३ सय २ जना कर्मचारी समायोजन भएको जनाइएको छ । कर्मचारी समायोजनका क्रममा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी भने फाजिलमा परेका छन्। स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा २ हजार ३ सय ९४ र संघमा २ हजार ७५ जना कर्मचारी समायोजन भएको जानकारी गराइएको छ ।

समायोजन प्रक्रिया टुंगिए पनि पत्र बाँड्ने र गुनासो व्यवस्थापन भने नियमित नै रहने मन्त्री लालबाबु पण्डितले पत्र दिने काम बाँकी रहेको र जायज गुनासो सुनुवाई हुने बताए ।
कर्मचारीहरुमा स्थानीय तह प्रदेश र स्थानीय तहप्रतिको बुझाई गलत रहेको सुनाए । उनले काठमाडौंमा पनि स्थानीय तह रहेको र हुम्लामा पनि संघ रहेको सुनाए ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...