CG Electronics
IME Life
NIMB

युरोप सपना बोकेका नेपाली युवाले युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा ज्यान गुमाए

NIMB
Himalayan Bank

काठमाडौं, असार १९ । मानव तस्करको फन्दामा परी युरोपेली मुलुक इटालीका लागि काठामाडौंबाट यात्रा तय गरेका २७ वर्षीय सन्तोष श्रेष्ठको त्रिपोलीमा बुधबार भएको आक्रमणमा निधन भएको हो। युरोप गएर भविष्य उज्वल पार्ने सपनामा परेका एक युवाको युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा ज्यान गुमाएका छन्। यो आक्रमणमा ४४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छ्न। १०० भन्दा बढी घाइते छन्।

पूर्वी त्रिपोलीको तजौरा शिविरमा रहेका उनलाई नेपाल पर्काउने पहल भइरहेको अवस्थामा आक्रमणमा परी निधन भएको दूतवासले जनाएको छ। लिबियामा युद्ध चर्किएपछि घरबार विहीन बनेकाहरूलाई त्यहाँबाट विभिन्न मुलुकमा शरणको लागि पठाइरहेको अवस्थामा त्यही मुलुक भएर युरोप लाने सपना देखाउँदै मानवतस्करले नेपाली युवालाई त्यहाँ पुर्‍याइरहेका छन्।

मानव तस्करको चङ्गुलमा परेर सन्तोष पनि अफ्रिकी महादेश हुँदै युरोप जान हिँडेका थिए। त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास संगठन ९आईओएम० लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले बुधबार राति पठाएको जानकारीमा उल्लेख छ, ‘असार १७ गतेको रात्रीकालीन आक्रमणमा परी नेपाली युवा श्रेष्ठसहित विभिन्न स्थानका शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ।’

नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको दूतावासले बताएको छ। उनका बाबुको नाम सोमप्रसाद र आमाको नाम सुन्तली भन्नेसम्म जानकारी आईओएमबाट आएको र नेपालमा परिवारलाई सम्पर्क गर्ने कार्य भइरहेको पनि दूतावासले जनाएको छ। श्रेष्ठको नेपालको ठेगाना पत्ता लगाउने पहल भइरहेको दूतावासले जनाएको छ।

आइएमओले श्रेष्ठलाई उद्धार गरी घर फर्काउने पहल गरेको दुई दिनमा नै आक्रमणमा निधन भएको हो। श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन यात्रासम्बन्धी कागजात मिलाउन भन्दै आईओएमले नेपाली दूतावासलाई पत्राचार गरेको राजदूत छविन्द्र आर्यालले जानकारी दिए।

युरोपको सपना देखेर लिबिया पुगेका नेपालीलाई यसअघि पनि उद्धार गरी नेपाल फर्काइएको थियो। बुधबार मात्रै टर्किस एअरलाइन्सबाट ८ नेपालीलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ। ६ जना नेपालीलाई स्वदेश फर्काउने कार्य अघि बढेको दूतावासको कार्यबाहक जिम्मेवारी समेत सम्हालिरहेका उपप्रमुख सुजन विडारीले जानकारी दिए। उनीहरू आईओएमको शिविर त्रिपोलीमा नै छन्।

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनाले विशेष सहयोग गरिरहेको र उनीहरूसँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको दूतावासले जनाएको छ।

दुई महिना अघिमात्र लामो पहल र प्रक्रियापछि द्वन्द्वग्रस्त लिबियाबाट २६ नेपाली युवालाई उद्धार गरी काठमाडौं फर्काएको थियो। फर्किएका नेपालीमार्फत् मानव तस्करसम्म पुगेर कारबाही गर्न आवश्यक रहेको सुझाव दूतावासले दिएको भएपनि त्यसमा काम अघि बढ्न नसक्दा तस्करको संजालले यसरी नेपालीलाई प्रलोभनमा पारेर अलपत्र पार्ने गरेका हुन्।

लिबियाबाट इटाली जान सहज रहेकै कारण इटाली पुग्ने प्रलोभनमा नेपाली युवा अलपत्र पर्ने, लाखौँ रकम गुमाउने र मृत्यु समेत बरण गर्न परेको भन्दै यसमा सुरक्षा संयन्त्र सक्रिय रहनुपर्ने सुझाव समेत दूतावासले दिएको छ।

मानव तस्करहरूले नेपालबाट यस्ता युवालाई ठूलो प्रलोभन देखाएर अफ्रिकी महादेश हुँदै युरोप र अमेरिका पुर्‍याउने गरेका छन्। यसमा प्रहरीले अध्ययन गरेर नियन्त्रण गर्न खोजेको भनिए पनि अझैसम्म कुनै पनि ब्यक्ति कारबाहीको दायरामा आएका छैनन्।

यसमा राजनीतिक नेतृत्व, कूटनीतिक निकायका व्यक्ति र सुरक्षा निकायको समेत मिलेमतो रहन सक्ने आंकल परराष्ट्र अधिकारीहरूले गर्दै आएका छन्। ुमानिस फर्किएका छन्। उनीहरूमार्फत संजाल चलाउनेसम्म किन सुरक्षा निकाय पुग्दैन रुु परराष्ट्रका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘हाम्रो संयन्त्रभित्र पनि गडबड छ। किनकि हामी भित्रका व्यक्तिहरू पनि म्यानपावर कम्पनी र विदेशमा बसेका एजेन्टसँग सम्पर्कमा हुन्छन्।’

पीडित, परराष्ट्रका कर्मचारी र सुरक्षा निकाय मिलेर सहकार्य गरेमा यस्ता मानवतस्करको जालो सहजै चिर्न सक्छन्। कतिपय माफिया र गलत व्यक्तिले राजनीतिक संरक्षणसमेत पाउने हुनाले पनि समस्या निम्तिएको तथा दूतावासले मात्र केही गर्न नसक्ने ती अधिकारीले जानकारी दिए।

शिविरमा रहेकाहरूमाथि गरिएको आक्रमणको भत्सर्ना गर्दै राष्ट्रसंघले समस्याको समाधान निकाल्न विद्रोही र सरकार पक्षलाई अग्रह गरेको छ। (अन्नपूर्ण दैनिकबाट)

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...