NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

फिल्म निर्माणको ‘ब्याकबोन’ हो प्रोडक्शन म्यानेजर–अरुण रेग्मी

NIMB
leapmotornepal (citroen)

काठमाडौं, ११ भदौं ।  जानी नजानी कला क्षेत्रमा प्रवेश गरेका व्यक्ति हुन् अरुण रेग्मी । रंगमञ्चदेखि टेलिफिल्म, फिल्म हुँदै प्रोडक्शन म्यानेजरसम्मको यात्रा तय गरेका छन् उनले । रजतपटको चल्तिका प्रोडक्शन म्यानेजर हुन् । निरन्तरको मेहनत र काम प्रतिको लगावले नै उनी हाल यो स्थानसम्म पुगेका हुन् । उनले ३५ भन्दा बढी नाटक, २० भन्दा बढी फिल्म, १५ भन्दा बढी टेलिफिल्म तथा १०० भन्दा बढी फिल्महरुमा प्रोडक्शन म्यानेजरको काम सम्हालिसकेका छन् । कसरी आइपुगे त अरुण फिल्म क्षेत्रमा ?

उनको जन्म ग्रामिण मध्यम वर्गीय परिवारमा उदयपुर जिल्लामा भयो । उनको परिवार कृषि व्यवशायमा आवद्ध थिए । अध्यनको लागि उनलाई अविभावकले राजधानीमा बसोवास गर्ने व्यवस्था मिलाइदिएका थिए । उनलाई कला क्षेत्रमा प्रवेश गर्छु जस्तो लागेको थिएन । विद्यालयमा हुने स्टेज शो मा उनले आफ्नो प्रस्तुती दिने गर्दथे । सन्तोष पन्तको अभिनय पर्दामा हेरेर त्यही नक्कल गर्दै साथिहरुलाई देखाउँथे । उनको अभिनय देखेर साथीहरुले प्रशंसा गर्ने गर्दथे । जसले उनलाई हौशला मिल्ने गर्दथ्यो । आफूले अभिनय गर्छु भनेर उनले सन्तोष पन्तलाई चिठी समेत लेखेका थिए ।
रंगमञ्चमा प्रवेश


एसएलसी पछिको फुर्सदको समयमा के गर्ने भनेर बसिरहेका थिए । त्यतिवेला शहरका भित्तामा पोष्टर टाँसिन्थ्यो, कलाकारको आवश्यकता । पोष्टरको सूचना पछ्याउँदै उनी अरुणिमा फिल्म प्रोडक्शन पुगे । २०४७ सालमा ३०० रुपियाँमा आवेदन फर्म भरे र अरुणिमा फिल्मको कलाकारको रुपमा अनुबन्ध भए । त्यहीबाट उनले नाटकमा अभिनय गर्दै कलाकारितामा पाइला चाले । नाटकमा अभिनय गर्दा गर्दै उनलाई कलाकारको पहिचान दिलायो । उनको माग बढ्न थाल्यो । फरक–फरक क्यारेक्टरमा एकै दिनमा २–३ शोजहरु पनि गर्न थाले । २०५१÷५२ सालतिर एक नाटकको लागि एक महिना अभ्यास गर्नुपथ्र्यो भने एक शो बाट रु ५०० पारिश्रमिक प्राप्त गर्थे । त्यतिबेला नाटकको क्रेज लोभलाग्दो थियो । ‘अहिले त नाटक हेर्न २–३ सय दर्शक हुन्छन्, त्यतिवेला त कम्तिमा पनि हजार–पन्ध्र सय दर्शक हुन्थे’ उनी स्मरण गर्छन । अरुणले अहिले पनि मिलेसम्म नाटक हेर्न छुटाउँदैनन् । त्यस समयको चर्चित नाटक ‘जुकाको अदालत’ लगायतका नाटकहरुमा उनले अभिनय गरे ।

नाटक हुँदै टेलिफिल्मका अभिनय तर्फ उनको पाइला बढ्यो । ‘प्रहरी अनुरोध’, ‘टेलिफोन’ लगायतका टेलिफिल्म चर्चित थियो । ‘प्रहरी अनुरोध’ टेलिफिल्ममा उनको नेगेटिभ क्यारेक्टर थियो । तत्कालिन समयमा लामो कपाल हुने केटाहरुलाई प्रहरीले पक्राउ गर्दै कपाल काट्ने अभियान नै चलाएको थियो । लामो कपाललको कारणले कालिमाटीबाट उनी पक्राउ परे । उनले आपूm प्रहरी अनुरोध टेलिफिल्मको कलाकार हुँ भने पनि पत्याएनन् । उनले प्रहरी प्रधान कार्यालयमा सम्पर्क गर्दै प्रहरी हिरासतबाट मुक्त भए । साथी समूहको उक्साहटमा उनले विभिन्न त्रियाकलापहरु गरे । २०४६ सालको दोश्रो जन आन्दोलनका क्रममा उनी प्रहरी हिरासतमा पुगे । आन्दोलनमा सहभागी नहुने शर्तमा रिहा भए ।

फिल्ममा प्रवेश
‘श्री स्वस्थानी’ फिल्मको लागि कलाकार आवश्यक रहेको पोष्टरमा देखिएको विज्ञापनलाई पछ्याउँदै उनी प्रोडक्शन कम्पनी पुगे । त्यहाँ उनले अडिशन दिए र फिल्म युनिटले उनलाई ‘नारद’को भूमिकामा अभिनय गर्ने अवसर दियो । फिल्ममा अभिनय गर्ने क्रममा उनको भेट निर्देशक तुलसी घिमिरेसँग भेट भयो । फिल्म ‘रहर’को लागि तुलसी घिमिरेले कलाकार खोजीरहेको थिए । तेस्रो लिङ्गीको भूमिकाको एक वाक्य बोल्न लगाए, अरुणले अभिनय सहित त्यो काम गरे । उनले फिल्ममा अभिनय गरे र तुलसी घिमिरेसँग सहकार्य बढ्दै गयो । उनले अन्य फिल्महरुमा काम गर्ने अवसर पाउँदै गयो ।

अनि प्रोडक्शन म्यानेजर
उनलाई तुसली घिमिरेले कलाकारीता मात्र नभएर अन्य कामहरु गर्न सुझाए । फिल्मका कामहरु नजिकबाट नियालिरहेका थिए । ‘आफ्नै माताहतमा ४०–५० जना मान्छे, प्रोडक्शन म्यानेजरले जे भन्छ सबैले त्यही गर्ने, निर्देशकसँग सिधा सम्पर्क, अहो !’ विकल्पमा उनले प्रोडक्शन म्यानेजर गर्ने सोच बनाए । पहिला उनले स्व.गोपाल भुटानीको असिस्टेन्टको रुपमा कला निर्देशन गरे । पछि ‘वलिदान’ फिल्मबाट असिस्टेन्ट प्रोडक्शन म्यानेजरको रुपमा काम गर्न थाले । फिल्म ‘साइत’बाट उनले प्रोडक्शन म्यानेजरको काम सम्हाले । ब्लक बस्टर फिल्म ‘दर्पण छायाँ’ को प्रोडक्शन म्यानेजर पनि उनैले सम्हालेको थिए । काम गर्दै जाँदा उनी प्रोडक्शन म्यानेजरमै रमाए ।

प्रोडक्शन म्यानेजरकै रुपमा आउने व्यत्तिहरुको भविष्य उज्वल रहेको अरुण बताउँछन् । ‘हाम्रो दिमागमा प्रोडक्शन म्यानेजर भन्ने वित्तिक्कै आलु प्याज किन्ने, सपिङ गर्ने, कलाकारलाई फोन गर्ने मात्रै सम्झन्छन् । त्यो होइन फिल्म बनाउँदा लगभग ५०–६० प्रतिशत भार प्रोडक्शन म्यानेजरको टाउकोमा पर्छ । स्थानीयसँग स्वीकृती लिने देखि सम्पूर्ण टिमलाई नै कतातिर लैजाने त्यो प्रोडक्शन म्यानेजरको टाउकोमा पर्छ । कतिपय ठाँउमा बजेट बढ्नु पनि प्रोडक्शन म्यानेजरको हात हुन्छ । कतिपय ठाँउमा सम्पूर्ण युनिटकै हात हुन्छ । त्यसैले फिल्म उत्पादनको ब्याकबोन हो ।’

शुटिङको समयमा हुन सक्ने अवरोधको व्यवस्थापनको काम प्रोडश्न म्यानेजरको हो । गाह्रो काम छ नि ? अरुण आफ्नो यसैमा रमाउने बानी परिसकेको र गरिरहँदा गाह्रो नहुने बताउँछन् । फ्लोरमा जानुभन्दा दुई देखी साँढे दुई महिनाको समय प्रि–प्रोडक्शनमा काम गर्नुपर्ने उनी बताउँछन् । कतिपय अवस्थामा म्यूजिकको डमि लिएर शुटिङ गरिन्छ । शुटिङ सकेर फर्कदा गीत नै अर्को बन्ने गरेकोले उनले सकेसम्म हतार नगरी फाइनल सामग्री गुणस्तरीय आउटपुट आउने गरि काममा जाने गरेका बताउँछन् । असिस्टेन्ट प्रोडक्शन म्यानेजर १५ हजार पारिश्रमिक बुझेका उनले हाल एउटा फिल्ममा प्रोडक्शन म्यानेजरको रुपमा काम गरेवापत ४ लाखसम्म पारिश्रमिक बुझ्ने गर्छन् ।

अरुणको तिघ्रामा खरी लगाइदेउ
फिल्म ‘लहना’मा उनी प्रोडक्शन म्यानेजरको रुपमा काम गर्दै थिए । उनलाई निर्देशक तुलसी घिमिरेले मादल बजाउँदै ग्रामिण परिवेशमा गीत गाउँदै मादल बजाउने पात्रमा अभिनय गर्न भने । उनले हुन्छ भने, तर क्यमरा रोल भयो उनले सकेनन् । दीलिप रायमाझी, निरुता सिहं लगायतका कलाकार देखि स्थानीयले समेत यसरि गर्ने भनेर सिकाए । तर उनले सकेनन् । उनको पसिना छुट्यो । फिल्मको शुट अर्को दिन गर्ने भनियो । उनी अभ्यासमा व्यस्त भए । तर, ताल–सुर केही मिल्दैन । उनले २ दिन अभ्यास गर्ने मनशायले दीलिप रायमाझीलाई फकाए । २ दिन काम प¥यो भनेर निर्देशक तुलसी घिमिरेलाई भन्न । दीलिप पनि कामको चापले व्यस्त थिए । दीलिपको प्रस्ताव निर्देशकले माने । उनले अभ्यासको लागि समय पाए । मादलमा अभ्यास नगरि उनले तिघ्रामा मादल बजाए जसरी मादलको अभ्यास गरे । ४–५ दिन पछि फिल्मको शुट निरन्तरता दिइयो । क्यामरा रोल भयो तर उनले मादलको ताल मिलाउनै सकेनन । बाइड शटमा उनको अभिनय र क्लोज शटमा उरुकै हात राखेर चिट गर्दै अभिनय गरियो । उनी हाँस्दै स्मरण गर्छन, सानो भूमिकाको लागि २–३ दिनको अभ्यास र २–३ दिन व्यर्थ भयो ।’ फिल्म यनिटका साथीहरुले भन्ने गर्थे, ‘अरुणको तिघ्रामा खरी लगाइदेउ’ ।

स्वतन्त्र भएर काम गर्ने वातावरण छैन
आउट डोर शुटिङको लागि क्यामरा जता फर्काए पनि स्टुडियो हुन्छ । तर, हामीले इन्डोर शुटिङ गर्ने ठाउँ छैन । फिल्मको लगि चाहिने संरचना छैनन् । पुलिस चौकी छैन, हस्पिटल चाहियो छैन, घरको इन्डोर सिनहरु चाहियो छैन । निजीघरहरु भाडामा पाइन्छ तर, त्यहाँ स्वतन्त्र भएर काम गर्ने वातावरण छैन । भनेजस्तो सिनहरु पाउन सक्दैनौ । उनले भने ।

दुःख लाग्छ
५० को दशकको माध्यबाट प्रोडक्शन म्यानेजरको रुपमा काम थालेका उनले दुई दशक देखि यसैमा सक्रिय छन् । उनले रजतपटको सुरुवाती पुस्ता देखि पछिल्लो पुस्तासम्म काम गरिसकेका छन् । पहिले कलाकार देखि निर्माण युनिटम अनुशासनमा रहने भए पनि पछिल्लो समय कलाकार देखि निर्माण युनिटम अनुशासन नरहेको उनको बुझाई छ । पछिल्लो पुस्ताका कतिपय कलाकारहरुले अग्रज कलाकारहरु नै नचिन्ने कुरा दुःख लाग्ने उनले बताए ।
अभिनय गर्नमै आनन्द आउँछ । पछिल्लो समय प्रोडक्शन म्यानेजर हुँदा कामको प्रेसरले अभिनयमा ध्यान दिने समय मिलाउन सकेका छैनन् । उनले हाल इकयुपमेन्ट हाउस खोलेका छन् ।

छोरा प्रति आसा
अरुणका सुपुत्र अनुभव रेग्मी अहिलेका चल्तिका वाल कलाकार हुन् । घरमा उनका छोराले बलिउड स्टार सलमान खानको अभिनय गरिरहेका हुन्थे । फिल्म ‘दबगं’को ‘हुड हुड दबगं…..’ गीतमा अभिनय गर्दै अनुभव रमाइरहन्थे । यसबाट छोरामा अभिनय भोक रहेको उनलाई थाहा थियो । अरुण ‘भिजा गर्ल’ फिल्ममा प्रोडक्शन म्यानेजरको रुपमा काम गर्दै थिए । जहाँ कला निर्देशकको रुपमा कर्मा थिए । उनले एक वालकलाई यसरी–यसरी गर भन्दै सिकाइरहेका थिए । उनले कर्मालाई भने, ‘मेरो छोरा छ, उसलाई खेलाउन अडिशन लिन्छौ ?’ कर्माले पनि ल्याइदिन भने । कर्माले अभिनय गर्न लगाए अनुभवले अभिनय गरे । ‘भिजा गर्ल’मार्फत अनुभवले रजतपटमा डेब्यू गरे । अनुभवले ‘भिजा गर्ल’ फिल्ममा अभिनय गरिरहँदा विकास राज आचार्यले फिल्म ‘रिदम’ फिल्म बनाउँदै थिए । विकार राज आचार्यले अरुणसँग छोराको अभिनयबारे कुरा गरे । अनुभवले विकार राजको अगाडी अभिनय गरे । उनी फिल्ममा अनुबन्ध भए । ‘रिदम’ पछि विकास राज आचार्यकै अर्को फिल्म ‘नाईँ नभन्नु ल २’ मा पनि अनसभवले मौका पाए । सोही फिल्मबाट अनुभव लाइमलाइटमा आए । छोरा के भइदियोस् जस्तो लाग्छ ? अरुण भन्छन, ‘भोली नम्बर वान नायक बनेस् । फिल्म इण्ड्रस्टी धानोस् भन्ने चाहान्छु । एक–दुई दशक अनुभव भएर इण्ड्रस्टीमा रहोस् ।’
फिल्मी फण्डा । 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...