CG Electronics
IME Life
NIMB

टोयोटाका २ हाइब्रीड मोडल, नाडा अटो शोमा सार्वजनिक

NIMB
Himalayan Bank


काठमाडौं, ११ भदौं । टोयोटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिलले नाडा अटो शो २०१९ मा दुईवटा हाइब्रीड मोडलहरु र्याभ फोहाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन लन्च गरेको छ ।

टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो । दुईवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रिक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ती दिनुका साथै न्युनतम फ्युलको प्रयोजन गरी थोरै धुँवा इमिसन गर्ने कम्पनीले जनाएको छ ।

हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रिक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ ।

हाइब्रीडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन्, सइभी मोड जसमा ब्याट्री मात्र खपत भई शुन्य इमीसन हुन्छ, इको मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रीड ब्याट्रीको सहायतामा गतीवद्रघन बूस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ ।

नयाँ र्याभ फो हाइब्रीडको चाखलाग्दो विशेषतानै साधारण ड्राइभिङमा यस सवारीले २४ किमि प्रति लिटर माइलेज दिन्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यो सवारीको मुल्य रु. १३,४००,०००/– रुपैँया रहेको छ ।

यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ किमि प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यस सवारीको मुल्य रु. १३,१००,०००/– रुपैँया रहेको कम्पनीले जनाएको छ ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...