CG Electronics
IME Life
NIMB

नेवानिको २७४ सिटे वाइड-बडी ८५ यात्रु बोकेर जापान उड्यो,१२ वर्ष पछी यसरी भयो उडान शुरु

NIMB
Himalayan Bank


काठमाडौं, १२भदौं ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १२ वर्षपछि फेरि जापान उडान सुरु गरेको छ। निगमले पहिलोपटक काठमाडौंबाट सिधा जापान उडान सुरु गरेको हो। युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजको जहाजबाट निगमले बिहीबार बिहान साढे २ बजे जापानको ओशाकाका लागि पहिलो उडान गरेको हो।

निगमका उपमहाप्रबन्धक तथा प्रवक्ता गणेशबहादुर चन्दका अनुसार पहिलो उडानमा ८५ यात्रु तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढासहित सरकारी कर्मचारी, व्यवसायी गरी थप ४९ जना पनि सहभागी छन्। जापानबाट यता आउन भने ७० यात्रुले टिकट खरिद गरेका छन्।

आज (बिहीबार) बिहान २ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमका वरिष्ठ क्याप्टेनहरू महेश्वरमान डङ्गोल र श्रवण रिजालले पहिलो उडान लिएर जापान गएका छन्। उताबाट फर्किंदा भने क्याप्टेन विजय लामा र इयान ग्राहम डेभिसले जहाज लिएर आउनेछन्।

निगमका अनुसार आगामी एक महिनासम्म ओशाकाका लागि एकतर्फी प्रतियात्रु ३७ हजार र दुईतर्फी ७२ हजार ८ सय १४ रुपैयाँ प्रवद्र्धनात्मक भाडा दर तोकिएको छ। ओशाका लागि प्रत्येक मंगलबार, बिहीबार र शनिबार नियमित उडान हुने तालिका निगमले बनाएको छ। काठमाडौंबाट ओशाकासम्म साढे ६ घण्टा र उताबाट फर्किंदा साढे ७ घण्टा ‘नन्स्टप’ उडान हुने गर्छ।

निगमले सिधा जापान उडान गरेको भने यो पहिलोपटक हो। यसअघि सन् १९९४ बाट २००७ सम्म निगमले १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७-२००’ जहाजबाट चीनको साङ्घाइ हुँदै ओशाका उडान गरेको थियो।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...