CG Electronics
IME Life
NIMB

प्रधानमन्त्री र सरकारका प्रबक्ताकै कुरा बाझिए पछी भिडियो कन्फरेन्स विवाद यसरी भयो थप छताछुल्ल

NIMB
Himalayan Bank


काठमाडौं, १२भदौं । भिडियो कन्फरेन्सलाई लिएर प्रधानमन्त्री र सरकारका प्रवक्ताकै कुरा बाझिएको छ । प्रधानमन्त्री केपी ओली र उनका प्रमुख सल्लाहकार विष्णु रिमालले त्यसलाई मन्त्रिपरिषद् बैठक भनेका थिए ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने त्यो मन्त्रिपरिषद् बैठक नभएको बताएका छन् ।

‘त्यसलाई हामीले क्याबिनेट बैठक भनेका छैनौं । त्यहाँ एजेन्डा पनि थिएन र पास पनि गरिएन’, मन्त्री बाँस्कोटाले प्रतिनिधिसभा बैठकमा भने, ‘प्रविधिमा पहिलो प्रयास हो, गर्न सक्ने रहेछौं भनेका छौं ।

यति कुरालाई लिएर सार्वभौमसत्ता संकटमा पर्दैन ।’ ‘कार्यवाहक प्रधानमन्त्री उपप्रधानमन्त्री ईश्वर पोखरेलाई तोकिएको छ ।

त्यसैले हामीले क्याबिनेट बैठक भनेका थिएनौं । सरकारको प्रवक्ताको हैसियतले मैले भिडियो कन्फरेन्सपछि मिडियालाई बताएको थिएँ कि आज प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो, सामूहिक रुपमा हामीले नमस्कार गर्यौं ।

उहाँले फर्काउनुभयो’, उनले भने, ‘यो पहिलो प्रयोग थियो । उहाँले विभिन्न मन्त्रीज्यूहरुसित कैयौं विषयमा जानकारी लिनुभयो ।

आफूलाई लागेका सल्लाहसुझाव पनि दिनुभयो । काम गर्न निर्देशन दिनुभयो । आफू एकदमै ठीक भइरहेको र आफ्नो स्वास्थ्यप्रति चिन्ता, चासो र शुभेच्छा राख्नुहुने आमजनता, दाजुभाइ, दिदीबहिनीलाई धन्यवाद पनि दिनुभयो ।

मन्त्रीहरूले पनि थप स्वास्थ्यलाभको शुभकामना दिए । मैले यति नै बताएको थिएँ ।’ उक्त कुरालाई बेग्लै ढंगले लगिएको उनले सुनाए ।

‘सरकारले मुलुकको सार्वभौमसत्तामाथि कुनै गडबडी पो गर्दै छ कि ? सरकारले गर्नै नहुने काम गरेको छ कि भन्ने होला’, उनले भने, ‘त्यो कानुनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादनसम्बन्धी कुरामा भिडियो कन्फरेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ ।’

मन्त्रिपरिषद्को कार्यसम्पादन नियमावली संशोधन गरिएको विषय र प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का सदस्यसित भिडियो कन्फरेन्स गरेको विषयलाई लिएर केही प्रश्न, केही भ्रम र केही आलोचना आएको उनले सुनाए ।

प्रधानमन्त्री सदनलाई जानकारी दिएरै सिंगापुर गएको उनको भनाइ थियो । ‘उहाँको उपचार चलिरहेको छ र तेस्रो डोज दिइएको छ ।

अरु चारवाटा डोज दिनुपर्ने बाँकी छ । केही समयभित्र त्यो सम्पन्न हुनेछ’, उनले भने, ‘तर, हामीले प्रविधिलाई प्रयोग गर्यौं प्रविधि प्रयोगका विषयमा केही प्रश्न पनि उठे ।’

बैठकमा कार्यवाहक तोकेर भिडियो कन्फरेन्सबाट बैठक सञ्चालन गरेकामा अन्य सांसदले असन्तुष्टि जनाएका थिए । ‘कार्यवाहक भएपछि किन गर्नुपर्यो भिडियो कन्फरेन्स ?’, सांसद प्रेम सुवालले भने, ‘दिल्लीबाट पनि भिडियो कन्फरेन्स गर्ने योजना छ कि ?’

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...