CG Electronics
IME Life
NIMB

राष्ट्रियसभामा पेस भयो मिडिया काउन्सिल विधेयक,पारित हुने प्रक्रिया यस्तो छ

NIMB
Himalayan Bank

अमिर लामा (संवाददाता )

काठमाडौं, १२भदौं । ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ राष्ट्रियसभामा पेस भएको छ।

विधेयकमाथि विरोधको सूचना दिएका नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले फिर्ता लिएपछि विधेयक पेस भएको हो।

संचारमन्त्रीले सरोकारवालासँग छलफल गरेर परिमार्जन गर्ने प्रतिबद्धता जनाएपछि कांग्रेसका सांसदले दर्ता गराएको विरोधको सूचना फिर्ता लिएका हुन्।

यसपछि मात्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विधेयक सभामा पेस गरेका थिए। ‘राष्ट्रियसभा नियमावली २०७५ को नियम १०० को उपनियम २ बमोजिम विधेयक प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु,’ सभाका अध्यक्ष गणेश तिमल्सिनाले भने। विधेयक पेस गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयकलाई अझ बढी राम्रो बनाउने कुरामा सोच्न सकिने बताए।

‘जहाँसम्म जरिवानाको कुरा छ। त्यस्ता विषयमा हामी सोच्न सक्छौं, काउन्सिलले नै गर्ने वा अदालती निरुपणको विषय बनाउने?’, मन्त्री बाँस्कोटाले भने, ‘महासंघसित पनि यसमा छलफल भएको छ।

विधेयकलाई राम्रो बनाउने कुरामा हामी सकारात्मक हुन्छौं।’ विधेयकमा कतिपय अर्डर नमिलेका विषयलाई छलफलका क्रममा मिलाउन सकिने उनले बताए। विधेयकमा काफी छलफल गर्न सकिने उनको भनाइ थियो।

‘हाम्रा अरु विभिन्न प्रक्रिया पनि छन्। महासंघ र प्रतिपक्षी दलकै नेतासँग पनि कुरा भएको छ। विधेयकलाई समृद्ध बनाउन आउने सबै कुरालाई हामी स्वागत नै गर्छौं।

विधेयकमा सबै कुरा खराब छैन। त्यसैले यसलाई फिर्ता लिनुपर्ने देखिँदैन,’ उनले भने, ‘यो एउटा प्रस्ताव हो। धारणा हो। यसमा भएका केही व्यवस्थाले पछिल्ला प्रवृत्तिलाई सम्बोधन गर्न खोजेको छ।’ विधेयकलाई राम्रो बनाउन जुनसुकै निकायबाट आउने सुझाव पनि आफूहरुले स्वागत गर्ने मन्त्री बाँस्कोटाले उल्लेख गरे।

उनले विधेयक फिर्ता लिनुपर्ने भन्ने प्रस्ताव आवश्यक नरहेको बताए। मन्त्री बाँस्कोटाअघि सांसद राधेश्याम अधिकारीसहित सरिता प्रसाई, अनिता देवकोटा र प्रकाश पन्तका तर्फबाट विधेयकमाथि विरोध गर्नुको कारण खुलाएका थिए। उनले करिब एक दर्जन कारण खोतल्दै विधेयक फिर्ता लैजानुपर्ने बताएका थिए।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...