CG Electronics
IME Life
NIMB

स्थानियको आबश्यकतामा मध्यनजर गरि बजेटको बाँडफाँड गर्नु पर्ने हुन्छ

NIMB
Himalayan Bank


काठमाडौं,२० भदौं । स्थानिय सरकारको गठन पछि देशै भरिका स्थानिय सरकार प्रमुखहरु सुबिधा भोगि भएका भन्ने जनगुनासो ब्यापक रुपमा चलिरहेको छ । कयौ नगरपालिका र गाउपालिकामा आफ्ना पक्षका कार्यकर्ताहरुलाई पालन पोषण गर्ने गरेका समाचारले संचार माध्यममा उच्च स्थान पाईरहेका छन् ।

स्थानिय आबश्यकताको पहिचान र प्राथमिकिकरणमा ध्यान दिएर योजना निर्माण तथा कार्यान्वयनमा लाग्नु र स्थानिय श्रोत परिचालनबाट समृद्द स्थानिय तह निमार्णको खाका तयार गरि बजेटको सहि सदुपयोग गर्न का लागि आफैले निति निर्माण गर्ने अधिकार समेत स्थानिय तहमा भएको अबस्थामा ओखलढुंगाको चिसंखुगढि गाउपालिकाले कस्तो बिकाश निमार्णको योजना तय गरेर अगाडि बढिरहेको छ त ?

आगामि योजना के छन त?

जसले चिसंखुगढि गाउपालिकाको समग्र बिकाश हुन सक्छ त? यिनै समसामयीक बिषयमा हाम्रा बिशेष सम्बाददाता डिल्ली शर्माले चिसंखुगढि गाउपालिकाका प्रमुख निशान्त शर्मा बाँस्तोला संग गर्नु भएको कुराकानी ।


अहिले के मा ब्यस्त हुनुहुन्छ ?

हामिले भर्खरै मात्र आर्थिक बर्ष २०७६÷०७७ को अनुमानित बजेट पास गरेर कार्यान्वयनका लागि अगाडि बढिरहेका छौ । टोल, बस्ती स्तरबाट छनोट भएका मागलाई सम्बोधन गर्ने र प्राथमिकिकरणको आधारमा बजेट बिनियोजन गर्ने कार्यमा ब्यस्त छौं ।

योजना निर्माण गर्ने क्रममा केलाई प्राथमिकतामा राख्नु भएको छ त ?


सबैभन्दा पहिलोकुरा आम जनताको आधारभूत आबश्यकता पिउने पानी, यातायात, बिजुली बत्ती शिक्षा, स्वास्थ्य जस्ता कुरालाई प्राथमिकतामा राखेर योजना छनोट गरेका छौ।ं तर प्रसस्त बजेट अभाबको कारण माग भएका योजनाहरु सम्बोधन गर्न कठिनाइ भईरहेको छ ।

योजना छनोटमा वडागत रुपमा समानुपातिक बजेट बिनियोजन छैन भन्ने गुनासो आएको छ नी ?

बजेट बिनियोजन गर्न पनि आफ्नै किसिमका कानुन तथा ऐनको परिधी भित्र रहेर काम गर्नुपर्ने हुन्छ। । बजेटको सिमा निर्धारण गर्न गाउपालिका स्तरमा बजेट सिमा निर्धारण समिति गठन गरिएको हुन्छ । त्यहि समितिको सिफारिस बमोजिम त्यहाँको जनसंख्या ,भौगोलिक अबस्था, साथै आम जनसमुदायको जीबन स्तरको अबस्थालाई समेत मध्यनजर गरि बजेटको बाँडफाँड गर्नु पर्ने हुन्छ ।

हाम्रो गाउ पालिकाको कुनैवार्ड यस्ता छन् जहाँ पीउने पानीको मुहान समेत छैन् त्यहाका जनतालाई पानी बोकेर खुवाउनु पर्ने समेत अबस्था छ ।त्यस्तो ठाउँमा पानी खुवाउन बजेट ब्यबस्थापन गर्नु पर्यो ,पानीको मुल भएको ठाँउमा खानेपानी योजना संचालनमा बजेट ब्यबस्थापन गर्नु पर्यो त्यहि कारण पनि समानुपातिक बजेट ब्यबस्थापनले स्थानिय उपभोक्ताको माग संबोधन नहुन सक्छ ।

तपाईहरु निर्बाचित हुदै गर्दा घोषणपत्र लिएर जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्दताहरु त ओझेलमा परे भन्छन नी ?


हामीले चुनावमा पार्टीको तर्फबाट घोषणापत्र जारी गरेर आम जनताको भलो हुने एजेण्डा लिएर नै घर दैलोमा पुगेका थियौं ।अहिले पनि तिनै घोषणा पत्रमा उल्लेख गरिएका प्रतिबद्दता पुरा गरिरहेका छौ । समय सापेक्ष रुपमा कुनै आबश्यकता थपिनु तथा प्राकृतिक बिपति बाहेक हामीले घोषणापत्रलाई नै आधारमानेर काम गरिरहेका छौ ।

अनि बिकाश जादुको छडि नभएको कारण सबै प्रतिबद्दता आजको आजै पुराहुने कुरा होइनन् आधार तपार गरेर अगाडी जाने हो ।जनताको बुझाइमा एकै चोटी पुराहुन्छ भन्ने परेको पनि हुन सक्छ तर हामी क्रमिक रुपमा घोषणापत्रमा उल्लेख भएका कुराहरु पुरा गर्न लागि परिरहेका छौ ।

तपाईहरु निर्बाचित भएर आएको पनि लामै समय बित्यो जनताले दीर्घकालिन बिकाशको अनुभब चाहिँ केलाई देख्ने त ?


हामी निर्बाचित भएर आउदा पहिलो कुरा त जनतालाई सेवा प्रबाह गर्ने भौतिकद संरचना कै अभाब थियो ।त्यसलाई पुरागर्न पुरानो भौतिक संरचनालाई मर्मत गरेर काम चलाई रहेका छौं । जम्मा ८ ओटा वार्ड मध्ये २ ओटा वार्डको भवन निर्माण सम्पन्न गरेर त्यहिबाट सेवा प्रदान गरिहहेका छौ। त्यसै गरि जनतालाई घर दैलोमा नै सैवा प्रदान गर्ने उद्देश्यले तीन अ‍ोटा वार्डमा कृषि, पशुका प्राबिधिक ब्यबस्थापन गरि घर आगनबाटनै सेवा दिई रहेका छौ।

जनताका बिभिन्न किसिमका प्रसासनिक कामहरुपनि वार्ड मार्फत नै संचालन गर्ने ब्यबस्था गरेर काम गरिरहेका छौ। सबैभन्दा ठुलोकुरा चिसंखुगढिका प्रत्येक टोल बस्तीमा सडक संजालको पहुँच पुगेको छ । अब क्रमिक रुपमा स्तरोन्नती तर्फ अगाडि बढि रहेको अबस्था छ ।भने यसै आर्थिक बर्र्ष भित्र यस गाउपालिकाका ९५ प्रतिशत घरधुरिहरुमा बिजुलि बत्ती बालेर देखाउछौ। शिक्षा, स्वास्थ्य रोजगारी सृजना लगायतका काम अगाडी बढि रहेका छन ।

तपाईहरुले आफ्नो नजिकका ब्यतिmहरुलाई मात्र योजना संचालनको जिम्मेवारी दिएर कार्यकर्ता पाल्ने काम गर्नु भएको जनगुनासो आउने गरेको छ नी ?


त्यो बिपक्षीले लाउने आरोप हो , कुनै पनि योजना संचालन गर्न कानुनी प्रकृया छन् । उपभोक्ता समिति गठन गर्न स्थानिय उपभोतmाहरुको भेलाले उपभोतmा समिति गठन गर्ने र उपभोतmा समिति संग योजना सम्पन्न गर्ने संझौता हुन्छ र इस्टीमेट अनुसारको काम भयो कि भएन सोको मुल्याङ्कन गरेर भुतmानी हुन्छ , त्यसरी काम गर्दा आफुलाई स्थानिय जनताले बिश्वास नगरे पछि लगाउने आरोप मात्र हो , कुनै कुनै योजना चाहिँ स्थानिय सरकारसंगको समन्वय तथा बिना जानकारी पनि संचालन गरिएका छन् त्यसको अनुगमन तथा मूल्याङ्कन समेतको जिम्मेवारी हामी संग छैन त्यस्ता किशिमका योजनाबाट न त स्थानिय जनताको आबश्यकताको पहिचान हुन्छ , नत समस्याको समाधान नै । त्यस्ता कार्यलाई निरुत्साहित गर्न हामी लागी परिरहेका छौं ।

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...