CG Electronics
IME Life
NIMB

राष्ट्रपति सीको सम्बोधनः रेलमार्गको सम्भाव्यता अध्ययनदेखि केरुङ – काठमाडौँ सुरुङ मार्ग बनाइदिनेसम्मको चर्चा

NIMB
Himalayan Bank


काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन्।

दुईदिने भ्रमणको पहिलो दिन शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त घोषणा गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सम्मानमा रात्रिभोज आयोजना गरेकी थिइन्।

‘हामी चीन-नेपाल हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरू गर्नेछौं,’ आफ्नो सम्बोधन क्रममा राष्ट्रपति सीले भने, ‘काठमाडौंबाट केरुङसम्मको सुरुङ मार्ग परियोजना अगाडि बढाउन हामी सक्रिय हुनेछौं। अरनिको राजमार्गलाई विभिन्न चरणमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याउनेछौं।’

दुई देशबीच बहुआयामिक ‘कनेक्टिभिटी’ सञ्जाल निर्माण गर्न बढीभन्दा बढी नाका खोलेर सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

‘नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन हामी मद्दत गर्नेछौं,’ उनले भने, ‘यसबाट दुई देशका जनताबीच समझदारी बढ्नेछ भन्ने मलाई आशा छ।’

२०७२ सालको भुइँचालोपछि नेपालको पुनर्निर्माण परियोजनामा सक्रियतासाथ सहयोग गरिरहेको जानकारी दिँदै राष्ट्रपति सीले सन् २०२० मा मनाउन लागेको नेपाल भ्रमण वर्ष सफल बनाउन सक्दो सहयोग गर्ने पनि बताए। त्यस अवधिमा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

दुई देशका विभिन्न सहरलाई ‘भगिनी सहर’ का रूपमा अघि बढाउन उत्प्रेरित गर्ने उल्लेख गर्दै सीले भने, ‘लुम्बिनी बुद्धको जन्मस्थल हो। चीनमा बुद्ध धर्म मान्नेहरूको संख्या संसारमै बढी छ। आगामी दिनमा बुद्ध धर्म मान्ने चिनियाँहरू बढीभन्दा बढी नेपाल घुम्न जानेछन्।’

उनले जलवायु परिवर्तनप्रति नेपाली पक्षको चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको र जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतामा नेपाल पक्षको उपयुक्त मागलाई चीनको समर्थन रहने बताए। ‘हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाउँदै विशेषगरी हिमाली क्षेत्र र सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं,’ सीले भने।

आफ्नो पहिलो नेपाल भ्रमणमा नेपाली नेताहरूसँग भेटेर दुई देशबीच सम्बन्धका नयाँ खाका र योजना बनाउन सकेकोमा आफूलाई अत्यन्तै खुसी लागेको उनले उल्लेख गरे। यो चिनियाँ राष्ट्रपतिको २३ वर्षपछिको पहिलो नेपाल भ्रमण हो।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...