CG Electronics
IME Life
NIMB

थोत्रा र च्यातिएका अर्बौं नोट राष्ट्र बैंकले यसरी जलाउँछ,नोट छाप्न वार्षिक ४ अर्ब रुपैयाँ लगानी

NIMB
Himalayan Bank


काठमाडौं – नोट च्यातियो वा फोहोर भयो भने हामी बैंकले साटिहाल्छ नि भनेर ढुक्क हुन्छौं । पानीले भिजेका, झुत्रा भएका नोट बैंक तथा वित्तीय संस्थाहरुले साटेका पनि हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरु हामीबाट संकलन गरेका नोट लिएर नेपाल राष्ट्र बैंक पुग्छन् । राष्ट्र बैंकले ती नोट साट्छ । काम लाग्ने खालका नोटलाई सेतो फेरि बजारमा पठाइन्छ भने बाँकी कामै नलाग्ने नोट जलाइन्छ । र, त्यसबो साटो नयाँ नोट छापिन्छ । राष्ट्रको आवश्यकता अनुसार राष्ट्र बैंकले नोट छपाइ गर्छ । नोट छपाइका लागि वार्षिक ४ अर्ब रुपैयाँ विदेशिन्छ ।

नयाँ नोट राष्ट्र बैंकले चीन, जर्मनी, स्वीडेन, बेलायत, नेदरल्याण्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसीयालगायतका मुलुकहरुमा छाप्छ । राष्ट्र बैंकले आवश्यकता अनुसार छपाइएका नयाँ बजारमा निश्काषन गर्नुका साथै झुक्रिएका पुरानो नोटहरुसँग सटही पनि गर्छ । यो वर्ष पनि राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नयाँ नोट निष्काशन गरेको नेपाल राष्ट्र बैंकका प्रपक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । मुलुकभर ७८ वटा नोट कोषहरु सञ्चालनमा छन् । नोटकोषहरु राष्ट्रिय वाणिज्य र नेपाल बैंकका कतिपय शाखामार्फत् सञ्चालनमा छन् । ती नोट कोषबाट पुराना झुत्रा नोट राष्ट्र बैंकको प्रधान कार्यालय आउँछन । राष्ट्र बैंक पुगेपछि पुनः चलनचल्तीमा आउँदैनन् ।

स्ता काम नलाग्ने नोट राष्ट्र बैंकले जलाउने गर्छ । ५ वर्षमा राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार रुपैयाँ बराबरका विभिन्न दरका नोट जलाएको हो । यो वर्षमात्र राष्ट्र बैंकले ७६ अर्ब ९५ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको पुनः चलनचल्तीमा बजार पठाउन नमिल्ने झुत्रा नोटहरु जलाएको छ । गत आर्थिक बर्षमा यस प्रकारका ५६ अर्ब ४० करोड ५७ लाख ७० हजार रुपैयाँ बराबरका नोटहरु जलाइएका थिए । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा २५ अर्ब ७५ करोड २४ लाख १० हजार ४९५ रुपैयाँ, ०७२/७३ मा २६ अर्ब २७ करोड ७८ लाख ४३ हजार ७०५ रुपैयाँ, ०७१/७२ मा ४० अर्ब ५४ करोड ८१ लाख ७१ हजार ७४ रुपैयाँ र ०७०/७१ मा १९ अर्ब ३७ करोड ९६ लाख ४१ हजार ९३७ रुपैयाँ बराबरको नोट जलाइएको राष्ट्र बैंकले जनाएको छ ।

हाल बजारमा ४ खर्ब ९१ अर्ब रुपैयाँ बराबरका विभिन्न दरका नोटहरु चलनचल्तीमा छन् । चलनचल्तीमा पुगेका नोटहरुमा सबैभन्दा चाँडो साना दरका नोटहरु बिग्रिने प्रवक्ता निरौलाको भनाइ छ । ‘सानादरका नोटहरुलाई हेलचेक्राई गरेर चलाउने गर्छन्,’ उनले भने, ‘वर्षेनी ठूलादरका नोटभन्दा ५ देखि १०० दरका नोटहरुको जलन परिमाण बढी रहेको छ ।’ ५ वर्षमा ८१ करोड ९४ लाख ९८ हजार ८१३ थान बढी ठूलादरका नोटभन्दा सानादरका नोटहरु जलाइएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार ५ वर्षमा १ अर्ब १० करोड ३३ लाख २० हजार ३१६ थान ५, १०, ५० र १०० दरका नोट जलाइएका छन् भने २८ करोड ३८ लाख २१ हजार ५०३ थान ५०० र १००० दरका नोट जलाइएका छन् । योदेखि बाहेक पनि राष्ट्र बैंकले १, २, २५ र २५० दरका नोटहरु पनि केही परिमाणमा जलाएको छ । यी दरका नयाँ नोटहरुको छपाइ भने राष्ट बैंकले केही समययता बन्द गरेको जनाएको छ । नोट जलन प्रक्रिया झुत्रिएका नोट जलाउन राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग प्रमुखकै संयोजकत्वमा जलन समिति छ । झुक्रिएका तथा काम नलाग्ने नोटहरु राष्ट्र बैंकको थापाथली, नेपालगञ्ज, वीरगञ्ज, पोखरा, बिराटनगर, धनगढी, जनकपुर र भैरवाह शाखा कार्यालयहरुमा नोट जलन कार्य गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरूबाट संकलन भएका विभिन्न दरका नोटहरू राष्ट्र बैंकको ढुकुटीमा जम्मा गरिन्छ । बजारबाट झुक्रा भनिएका राष्ट्र बैंक ल्याइएका नोटहरुमा पहेलो स्टिकर टाँसिएको हुन्छ । त्यस्ता नोटहरुमा चल्ने तथा नचल्ने दुबै प्रकारका नोटहरु हुन्छन् । जम्मा भएका नोटहरुबाट राष्ट्र बैंकका कर्मचारीहरुले झुत्रा तथा पुराना, प्वाल परेको, च्यातिएको, रंग दलिएको, मौलिएको, टेप टाँसिएको र कोरिएको नोट र सुकिला नोटहरु छुट्याउने गर्छन् । नोटका बन्डलहरुमा सुकिला नोट र झुत्रा नोट तथा नोटहरु नचल्ने र चल्लने गरी छुट्याएपछि बजारमा पठाउन योग्य सुकिला नोटमा सेतो स्टिकर टाँसिन्छ र बजारमा पुनः चलनचल्तीमा पठाइन्छ । चलनचल्तीमा पठाउन अयोग्य नोटहरुको गणना गरी २ देखि ४ वटासम्म प्वाल पारिन्छ । राष्ट्र बैंकका कर्मचारीहरुले गणना गरिएका नोटहरुलाई जलाउनुभन्दा अगाडि नेपाल सरकारको प्रतिनिधी, नेपाल राष्ट्र बैंकको विभिन्न विभागको प्रतिनिधिको रोहवरमा कानूनी प्रक्रिया पूरा गरी जलाइन्छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...