CG Electronics
IME Life
NIMB

दशैँमा मदिराको व्यापार यसरी ह्वात्तै घट्यो,मदिराको आयातमा पनि गिरावट

NIMB
Himalayan Bank


काठमाडौं – यो पटकको दशैँमा मदिराको व्यापार घटेको व्यवसायीहरुको भनाई रहेको छ । मदिरा व्यवसायी महासंघका अध्यक्ष रवी केसीका अनुसार सामान्य समयमा साढे २ महिनामा बिक्री हुने मदिरा दशैँको १५ दिनमा बिक्री हुने गर्छ । तर, यो पटक विगतका समयमा जस्तो राम्रो व्यापार हुन नसकेको उनले बताए । ‘गएका वर्षहरुमा साढे २ महिनामा विक्री हुने मदिरा दशैँको समयमा एकै पटक बिक्री हुने गर्दथ्यो । यो पटक भने गएका समयका तुलनामा निकै कम व्यापार भएको छ, पहिले जस्तो मदिरा खपत हुन सकेको छैन,’ अध्यक्ष केसीले भने ।

मदिरा आयातमा १६ प्रतिशतले कमी भन्सार विभागको तथ्यांक हेर्ने हो भने पनि गत वर्षको तुलनामा यो वर्ष मदिरा जन्य वस्तु आयातमा कमी आएको देखिन्छ । चालू आर्थिक वर्षको यो दुई महिनामा गत वर्षको दुई महिनाको तुलनामा ६ करोड ६६ लाख रुपैयाँ बराबरले मदिरा आयातमा कमी आएको छ । यो गत वर्षको तुलनामा १६ प्रतिशतले कम हो । चालू आर्थिक वर्षको दुई महिनामा ३५ करोड २९ लाख ४६ हजार रुपैयाँ बराबरको मदिरा आयात भएको छ । सो आयात बापत सरकारले २० करोड २ लाख रुपैयाँ रजश्व असुल गरेको छ ।

गत आर्थिक वर्षको दोस्रो महिनासम्म ४१ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको मदिराजन्य वस्तु आयात भएको थियो । गत आर्थिक वर्षमा कुल ३ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको मदिरा जन्य वस्तु आयात भएको थियो । सो वापत सरकारले ४ अर्ब १८ करोड ८८ लाख रुपैयाँ राजश्व असुल गरेको थियो । आर्थिक वर्ष २०७४/७५ मा कूल ३ अर्ब ३ करोड ३८ लाख रुपैयाँ बराबरको मदिरा आयात भएको थियो । सो आयातका क्रममा ३ अर्ब ९९ करोड ९ लाख रुपैयाँ राजश्व सरकारले असुल गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालमा खपत हुने मदिरामध्ये ६० प्रतिशत अवैध र ४० प्रतिशत वैध रुपमा मदिराको बिक्री हुने गरेको छ । अहिले देशभर मदिरा बिक्री गर्ने करिब ६३ हजार बिक्रेता रहेका छन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा मदिरा उपभोग सम्बन्धमा गरेको एक अध्ययनले ९०.९ प्रतिशत मदिरा उपभोग हिसाबमा नआउने गरेको । नेपालमा बियर उत्पादन नेपालमा १० वटा बियर उत्पादक कम्पनीहरु संचालनमा छन् । गत आर्थिक वर्षमा सबै कम्पनीले मिलाएर एक करोड ४५ लाख १६ हजार अर्थात् १७ करोड ४१ लाख ९२ हजार बोतल बियर उत्पादन गरेका छन् । नेपालमा बियर उत्पादन सँगसँगै खपत पनि बढिरहेको छ । पछिल्लो तथ्याङ्कका अनुसार नेपालमा सबैभन्दा बढी बजार हिस्सा गोर्खा ब्रुअरीको रहेको छ । आर्थिक वर्ष ०७५/७६ मा ५६ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले ८१ लाख कार्टुन बियर उत्पादन गरेको छ । नेपालमा वर्षेनी बियरको बजार हिस्सा २० देखि ३० प्रतिशतले बढ्दै गएको छ ।

सरकारको गतिलो राजश्व आम्दानीको क्षेत्र पनि मदिराजन्य क्षेत्र हो । प्रत्येक आर्थिक वर्षमा सरकारले यो क्षेत्रबाट ७५ अर्बभन्दा बढी राजस्व असुल गरेको छ । नेपाली संस्कार तथा भोजभतेरमा समेत प्रयोग हुने गरेको मदिराजन्य वस्तु चाडपर्वका बेलामा समेत परिवारजनमा रमाइलोका रुपमा पिउने गरिन्छ । मदिराजन्य वस्तुले अन्य समयमाभन्दा पनि चाडपर्वका बेलामा बढी खपत हुने गर्छ ।

त्यसो भएता पनि यो पटक मदिरा पदार्थ खपतमा कमी आएको व्यवसायीहरु बताउँछन् । पछिल्लो समयमा मदिरा जनय वस्तु मध्ये बियरमा अल्कोहलको मात्रा कम हुने हुनाले युवावर्गमा पनि बढी रुचाइन थालेको छ । जन्म दिन, भेटघाट, बिहे भोजमा समेत मदिरा जन्य वस्तु राखिने प्रचलन बढेको छ । अझ नेवारीलगायत अन्य जनजातीहरुको संस्कारमा मदिरा अनीवार्य मानिने प्रचलन रहेको छ । नेवारी संस्कार अनुसार मदिरा भगवानलाई चढाइनुका साथै यसलाई सगुनको रुपमा पिइने समेत गरिन्छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...