CG Electronics
IME Life
NIMB

उद्यमी रामकुमारको रहष्य : जहाँ हात हाल्यो त्यही छलाङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

  काठमाडौँ, ७६ पुस २४। उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?
यस्तो लाग्छ,कवि लेखनाथ पौड्यालले उनैलाई हेरे यी कविताको पक्ति कोरेका हुन् ।हाम्रै वरपर देख्छौं टुप्पाबाट पलाएकाहरु । उनीहरुको घमण्डको उचाई । तर केही यस्ता सफल व्यवसायी हुन्छन् । जो संघर्षको भट्टीमा खारिएर दुखको आरनमा अर्चापिएर स्पातिलो बनेका । ती यति लचकदार हुन्छन् कि पत्याउनै गाह्रो पर्ने !
हो फलेकै वृक्ष झुक्छ । फल लागेकै वृक्षमाथि जो जसले जति प्रहार गरोस् उसले मिठो फल नै प्रदान गर्छ ।

आज समाज हिंस्रक र बैगुनी बन्दै छ । अर्काको प्रगतिमा जल्ने र केवल मै खाउँ र मै बाँचु अरु सब निर्वलहरु मरुन् भन्नेहरुको भीडमा यस्ता जव्वर व्यक्ति पनि भेटिदाँरहेछन् जो आफ्नो भन्दा अरुको भलाई र खुसीमानै आफ्नो खुसी देख्न सक्ने, उनी हुन् रामकुमार श्रेष्ठ ।
फ्ल्यासब्याक
बुबा तुलसी नारायण श्रेष्ठ आमा लक्ष्मी श्रेठ को गर्भबाट २०२४ सालमा तनहुँको बन्दिपुरमा जन्मेका रामकुमार ६ दिदीबैनी दाजुभाइ मध्येका कान्छा हुन् । मध्यम किसान परिवारमा जन्मेका श्रेष्ठको बाबु तुलसीनारायण साधारण लखेपढ गर्नसक्ने थिए । यद्यपि उनले आफ्ना सन्तानहरुको शिक्षादीक्षामा कुनै कसुर बाँकी राखेनन् ।
०२५ सालमा तनहुँको सदरमुकाम दमौली सरेपछि प्राय बन्दिपुरे नेवारहरु दमौली, पोखरा चितवन झर्दापनि बन्दिपुर छाडेनन् ।
नेवारको मुख्य पेशा भनेको व्यापार तर तुलसीनारायण अब्बल कृषक थिए ।

गोठमा १९ वटा गाई र तीनदर्जन बाख्रा थिए । सदरमुकाम सरेपछि बन्दिपुरको व्यापारमा मन्दीका साथै आफ्ना आफन्तहरु अन्यत्र लागेपनि बच्चाहरुको पढाईको ख्याल गरेरनै तुलसीनारायणको परिवार बसाइँ सरेनन् ।
व्यापारमा इन्ट्री
तर रामकुमार पचास साठी हजार बोकेर ०४० सालमा लमजुङको सदरमुकाम बेसीशहर झरे ।
२०२८ सालमा कुन्छाबाट लमजुङको सदरमुकाम बेसीशहरमा सरेपनि बाटोको एक्सेर थिएन । डुम्रेबाट बेसीशहर हिडेरनै यात्रा गर्नुपर्ने थियो र पनि पर्यटनको आगमन अत्याधिक थियो । थ्रोङपास गर्ने पर्यटकका लागि यो रुटको विकल्प थिएन । विदेशी पर्यटकको यात्रालाई ध्यानमा राखेरनै उनीहरुले उनले टुरिष्ट प्रोभिजन सप चलाए । छ महिना राम्रै भयो ।
तर त्यत्तिमा मनचित्त अडेन । तिनताका टुरिष्टहरु खोलाको छेउ खेतबारी, तथा खाली जमिनमा टेन्ट टाँगेर बस्थे । असुरक्षित पनि थियो । त्यसैलाई मध्यनजर गरी श्रेष्ठले टिकानिधि दनाईको दुई तलेघर भाडामा लिएर दशकोठाको होटल तथा लज संचालन गरे । छुट्टै ट्वाइलेट बाथरुम सहितको । लमजुङमा शौचालय निर्माण गर्ने उनी पहिलो व्यक्ति हुन् ।
०४३ सालमा तनहुँकै भानु माविबाट एसएलसी पास गरेपछि शंकरदेव कलेज काठमाडौमाबाट बिकम सके ०४९ सालमा ।
सरकारी जागिरतिर मन नगएको पनि होइन । तर जागिरमा भन्दा व्यापार व्यावसायमै उनको मन गयो । बेसीशहरमै टुकुचे पिक होटल सुरु गरे । जहाँ कुक वेटरहरुको सेवा सहितको ।
त्यसपछि पछाडि फर्कनु परेन

मान्छेहरु एकप्रकारले चकित खाएको अवस्था थियो त्यो । उनीले एकपछि अर्को सफलता हात पार्दै गए । जीवनमा कहिल्यै पछि फर्कनु परेन उनलाई । सबैसँग मिल्न सक्ने, मिजासिला श्रेष्ठको अहिले सानदार टुरिष्ट होटल छ बेसीशहर सेरामा । लमजुङ बेसीशहरमा थुपै्र राम्रा होटलहरु बनिसकेका छन् तर पनि पर्यटक, कर्मचारी देखि भिआईपीहरु उनको होटलमा पाएसम्म अन्त बस्न रुचाउदैनन् ।
होटलमा मात्रै झण्डै दर्जन युवायुवतीले रोजगार पाएका छन् । बाउ दुष्ट र नेवार ईष्ट कहिल्यै हुँदैन भन्नेहरुका लागि श्रेष्ठ अपवाद हुन ।
मनका सफा र दिल फराकिला भएका श्रेष्ठ आज करोडौको मालिक बन्दापनि घमण्डको राप उनमा कहिल्यै पैदा नभएको एमाले युवानेता विवश बुढाथोकी बताउँछन् । नेपाली काँग्रेसका जिल्ला सभापति तथा हिमालयन गेट वे रिसोर्टका संचालक भेषबहादुर पौडेल त रामकुमार श्रेष्ठ आफ्ना लागि सदैव प्रेरणाको स्रोत भएको ठान्छन् ।
हुनपनि श्रेठले कहिल्यै मैखाउँ मैलाउँको व्यावहार देखाएनन् । जोजसलाई भेटे उद्यमी बन्न हौसला प्रदान गरे । लामो समय वैदेशिक रोजगारमा आफ्नो समय खर्च गरेका अर्जुन गुरुङ अहिले श्रेष्ठकै प्रेरणाले उद्यमी बनेका छन् ।
मर्स्याङ्दी युवा क्लव बेसीशहरका अध्यक्ष जुन तामाङ श्रेष्ठलाई आफ्नो गन्तव्य निरन्तर अविरल बग्ने गंगा ठान्दछन् ।
जहाँ हात हाल्यो त्यही छलाङ
लमजुङ उद्योग वाणिज्य संघको २०७२ को निर्वाचनमा ठूलो पंक्ति श्रेष्ठलाई हराउन लाग्यो । प्रगतिशील तर्फका उम्मेदवार थिए श्रेष्ठ । लमजुङ व्यावसायीहरुमा काँग्रेसकै बोलावाला थियो ।
तर त्यस्तो बेलामा पनि श्रेष्ठले अत्याधिक मतले उद्योग वाणिज्य संघको अध्यक्षमा जिते । उद्योग वाणिज्य संघ धरासायी थियो । चरम घाटामा भएको संघलाई उनले नाफामा ल्याइदिए ।
एकपैसाको लोभ गरेनन् । कर्मचारीहरुले तलव खाना पाएका थिएनन् । आफ्नै घरबाट पैसा लगेर कर्मचारीहरुलाई तलव खुवाए । ०५४ सालदेखिनै विभिन्न सामाजिक संघ संस्थामा आवाद्ध श्रेष्ठ होटल व्यवसायी संघको अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघको अध्यक्ष, रोटरी क्लव अफ लमजुङको अध्यक्ष, हुँदै ०७२ मा उद्योग वाणिज्य संघको अध्यक्ष बनेका हुन् ।
लमजुङमै ठूलो र आधुनिक इट्टा उद्योग संचालन गरेका श्रेठको उद्योगमा झण्डै डेढसय जति कामदार रहेका छन् । उनको उद्योगमा काम गर्नेले सरकारले निर्धारण गरेको न्यूनतम् पारिश्रमिक भन्दा दोव्वर छ ।
त्यत्रा कामदार छन् कोही कसैको गुनासो छैन । कामदारलाई उनले कामदारको जस्तो व्यवहार देखाउदैनन् । भन्छन् यिनीहरु छन् र त म छु । कामदार भगवान हुन उनको मान्यता छ ।

०५४ सालमा दिपज्योति प्रधानसँग लगनगाँठोमा कसेका हुन उनले । जस्ता रामकुमार त्यो भन्दा सहनसील छन् दिपज्योति । छोरा रोविन बिबिए र छोरी रोविना ११ पढ्दै छन् ।

उनै श्रेष्ठ अहिले उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सदस्य, लमजुङ सीप विकास प्रतिष्ठान गैरी क्याम्पसका संचालक समितिका सदस्य, जनविकास कलेजका सदस्य, रेडियो मस्र्याङ्दीका संचालक सदस्य समेत छन् ।
श्रेष्ठ यिनै विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै जर्मनी, फ्रान्स, बेल्जियम, चाइना, भुटान, इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया सिंगापुर, सिक्किम लगाएत भारतका विभिन्न क्षेत्र भ्रमण गरिसकेका छन् । अहिले लमजुङमा पर्यटन प्रवर्धन तथा प्रत्येक गाउँहरुमा होम स्टेका लागि श्रेष्ठको भूमिका अग्रणी रहेको पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य किसान संगीत बताउछन् ।

प्रस्तुति :- अञ्जनकुमार हिमाली

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...